सार्क सम्मेलनको बाटो खुल्दै


imageफेबु्रअरीमा आयोजना प्रस्ताव
काठमाडौं, कार्तिक २३ – नेपालमा संविधानसभा निर्वाचन तोकिएको मितिमै हुने निश्चित देखिएपछि अब नेपालले नै आयोजना गर्नुपर्ने दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन पनि छिट्टै हुने संकेत देखिएको छ ।
अध्यक्ष राष्ट्र मालदिभ्सले दक्षिण एसियाली संगठन (सार्क) को ‘मिनिस्टर्स काउन्सिल’ को वैठक आगामी फेबु्रअरी महिनामा आयोजनाका लागि प्रस्ताव गरेको छ । आठै सदस्य राष्ट्रका विदेश मन्त्रीहरु संलग्न रहने मिनिस्टर्स काउन्सिलको वैठकले आसन्न शिखर सम्मेलनका लागि महत्वपूर्ण निर्णयहरु गर्छ ।
काउन्सिलकै वैठकमा आयोजक राष्ट्रले सम्मेलनको मीति प्रस्ताव गर्ने र त्यसमाथि सदस्य राष्ट्रहरुले आफ्नो राय (सहमति वा असहमति) दिने परम्परा रहेको छ । मंसीर ४ को चुनाव सम्पन्न भइसकेको अवस्थामा उक्त वैठकमा नेपालले सम्मेलनको मीतिको प्रस्ताव लिएर जानसक्ने परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् । ‘यो वैठकले शिखर सम्मेलनका लागि बाटो बनाउने काम गर्छ,’ मन्त्रालयका प्रवक्ता दिपक धितालले भने ।
हरेक वर्ष हुनुपर्ने सार्क शिखर सम्मेलन नेपालका आफ्नै आन्तरिक मामला र अन्य क्षेत्रीय कारणले दुई वर्षदेखि हुन सकेको छैन । सम्मेलन गराउन निम्ति यसअघि धेरै पटक काउन्सिलको वैठक राख्ने कोशिश भइसकेको छ । गत सेप्टेम्बर अन्तिम साता राष्ट्रसंघ महासभाका क्रममा सार्क विदेश मन्त्रिहरुको अनौपचारिक वैठक न्युयोर्कमा हुँदा शिखर सम्मेलन आयोजनाकै विषयमै छलफल केन्दि्रत भएको थियो ।
नेपालकै आन्तरिक स्थिति अनुकुल बन्दै आएको परिप्रेक्षमा मालदिभ्सले फेब्रुअरी १७-१९ का लागि काउन्सिल वैठक प्रस्ताव गरेको हो । नेपाल, मालदिभ्स र भुटानले यो प्रस्तावमा लिखित सहमति जनाइसकेका छन् । सबै सदस्य राष्ट्रले सहमति जनाइसकेपछि मात्र प्रस्तावित मीतिमा वैठक हुन्छ । नेपालले तेस्रो पटक शिखर सम्मेलन आयोजना गर्न लागेको हो ।
यस पटक सम्मेलन आयोजनाका लागि मन्त्रालयले एक तहको तयारी गरिसकेको छ । सम्मेलन दौरान आवश्यक पर्ने सवारी साधन, स्थल व्यवस्थापनलगायतका विषयमा गृहकार्य गरी त्यसनिम्ति वजेट प्रस्ताव समेत तयार भइसकेको अधिकारीहरु बताउँछन् । विशिष्ट अतिथिहरुका लागि झण्डै दुई दर्जन लिम्बोजिन गाडी खरिदका निम्ति अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकिएको छ ।
– See more at: http://www.ekantipur.com/np/2070/7/23/full-story/378839.html#sthash.aBWipBcJ.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.