दलाल र म्यानपावरले ठगेका ६ सय उजुरी वैदेशिक रोजगार विभागमा


काठमाडौं— चालु आर्थिक वर्ष पहिलो तीन महिनामा दलाल र म्यानपावर कम्पनीले विदेश पठाइदिने भन्दै ६ सय २२ जनालाई ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ।
उक्त अवधिमा व्यक्तिगत र संस्थागत गरेर विभागमा ६ सय २२ जनाले २८ करोड १८ लाख २ हजार ३ सय ४७ रुपैयाँ दाबी गरेका छन् । सबैभन्दा बढी संस्थागत उजुरी परे पनि व्यक्तिगत उजुरीमा दाबी रकम धेरै छ । व्यक्तिगततर्फ २ सय ७० र संस्थागततर्फ ३ सय ५२ उजुरी परेका छन् । संस्थागततर्फ ५ करोड ५१ लाख ३४ हजार ४ सय ८८ र व्यक्तिगततर्फ २२ करोड ६६ लााख ७ हजार ८ सय ५९ रुपैयाँ दाबी गरिएको छ ।

त्यही अवधिमा विभागमा दुई पक्षबीच सहमति भई उजुरी फिर्ता, रकम तिरेको र मिलेको गरेर १ सय १० जनाले फरफारक गरेका छन् । उनीहरुको ६ करोड ५८ लाख ७० हजार ४ सय ८६ रुपैयाँ मिलाइएको छ । फरकमा ५९ संस्थागत र ५१ व्यक्तिगत उजुरी छन् । ४० जनाविरुद्ध विभागले ८ करोड २५ लाख ६९ हजार ४ सय ५० बिगो दाबीसहित अदालतामा मुद्दा दायर गरेको छ ।

विभागका निर्देशक दिवस आचार्यले पछिल्लो पटक विदेश जानेक्रम बढिरहेका कारण उजुरी र ठगिनेको संख्या पनि बढेको बताए । ‘विदेश पठाउने नेटवर्क काठमाडौंदेखि गाउँको घरसम्म फैलिएको छ, हामीले पनि जनचेतना फैलाउन सकेका छैनौं । त्यसैले ठगिनेको संख्या बढेको छ,’ उनले भने, ‘वैदेशिक रोजगारको नियम कडा भएपछि अन्य कारोबार रकम पनि कागज मिलाई वैदेशिक रोजगार नै बनाइर उजुरी गर्न ल्याउनेक्रम बढेको छ । यसले पनि संख्या र रकम बढी देखिएको हो ।’

विभागले तीन महिनामा ७० अभिमुखीकरण संस्थामा अनुगमन गरी १० तथा तीन म्यानपावरलाई स्पष्टीकरण सोधेको जनाएको छ । त्यस्तै विभागले सार्वजनिक गरेको तीन महिने प्रगति विवरणमा १ लाख नेपाली कामको खोजीमा विदेशिएका छन् । चालु आर्थिक वर्ष असोजसम्म ९७ हजार १ सय ८० नेपाली विदेश पुगेका हुन् ।

तथ्यांकअनुसार साउनमा ४५ हजार ३ सय ९७, भदौ २४ हजार १ सय २४ र असोजमा २७ हजार २९ नेपाली विदेशिएका छन् । तीमध्ये सबैभन्दा बढी मलेसिया गएका छन् । त्यहाँमात्र २३ हजार १ सय २७ जना गएका छन् । त्यस्तै कतारमा १४ हजार २ सय २८, साउदी अरब ७ हजार ७३, संयुक्त अरब इमिरेट्स (युएई) ६ हजार ४ सय ८, कुबेत २ हजार ८ सय ८१, दक्षिण कोरिया १ हजार २ सय ३२, बहराइन ६ सय ८६ र ओमानमा ३ सय ७४ जना गएका छन् । पुनः श्रम स्वीकृति लिनेको संख्या २५ हजार ५ सय ६३ छ ।
– See more at: http://nagariknews.com/main-story/story/9486#sthash.Bh1OHfKR.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.