काँग्रेसको जनलहर देखेर विपक्षी तर्सिए : पौडेल


image.php१७ कात्तिक, दमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मंसिर ४ का लागि तय भएको संविधानसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आइतवार विहान दमौलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा तनहुँ क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका पौडेलले चुनाव नसर्ने भएकाले ढुक्क भएर चुनावी तयारीमा लागि रहन आग्रह गर्नु भयो ।

उहाँले चुनाव सार्ने विषय काँग्रेसलाई स्वीकार्य नुहने स्पष्ट पार्नु भयो । पौडेलले अब कसैको स्वार्थका लागि यो वा त्यो बहानामा निर्वाचन सर्न नसक्ने दावी समेत गर्नु भयो । पौडेलले काँग्रेसप्रतिको जनलहर देखेर विपक्षीहरु तर्सिएको समेत वताउनुभयो । उहाँले भन्नुभयो,’काँग्रेसप्रति जनताको लहर छ । त्यही लहर देखेर विपक्षीहरु तर्सिएर निर्वाचन सर्ने नचाहिँदो हल्ला फैलाएका हुन् । चुनाव कुनै हालतमा सर्दैन । ‘

उहाँले निर्वाचन नजिकिँदै गर्दा काँग्रेसतर्फ जनताको जनलहर बढ्दै गएकाले अबको निर्वाचनमा काँगे्रसले बहुमत ल्याउने दाबी गर्नुभयो ।
– See more at: http://www.onlinekhabar.com/2013/11/133442/#sthash.3zg8D3xt.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.