क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ७–३ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान सान्टिएगोमा भएको खेलमा रियल मड्रिडले १४ औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्ता लिएको थियो । २७ औं मिनेटमा उनले रियलको अग्रता दोब्बर पारे । ३२ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि रियल मड्रिड ३–० को अग्रता लिन सफल भयो । ३८ औं मिनेटमा राकिटिचले पेनाल्टीमार्फत गोल गरे भने लगतै बाक्काले गोल गरेपछि सेभिल्लालाई रियल ड्रिडडको अग्रता ३–२ मा झारे ।
तर, दोस्रो हापमा पनि रियल मड्रिडको दबदबा कायमै रह्यो । ५३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे भने ६० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । ६३ औं मिनेटमा राकिटिचले व्यक्तिगत दोस्रो गोल गर्दा सेभिल्लालाई खेललाई ५–३ मा ल्यायो ।
तर, ७१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरे । ७६ औं मिेनटमा एमबीआ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सिमित भयो । ८० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ७–३ को जित निकाल्न सफल भयो ।