मुक काजी गुरुङ, हङकङ
२७ अक्टोबर २०१३ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले नेपालीहरुको महान पर्व दशैं तथा तिहारको उपलक्ष्यमा बडा खाना कार्यक्रम सम्पन्न गरेका छन।
हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगरको प्रमुख अतिथ्यामा हङकङस्थित बिभिन्न संघसंस्थाका प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो भने संघका वर्तमान अध्यक्ष जजिन चाम्लिङको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। संघका उपाध्यक्ष कलजित गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई संघकै सचिव दुर्जोधन लिम्बुले निकै नै पारदर्शिक ढंगले सञ्चालन गरेका थिए।
कार्यक्रमको शुरुवातमा संघमा आवद्ध बिभिन्न पदाधिकारी तथा सदस्यहरुलाई संघमा सक्रियताका साथ योग्दान पु-याए वापत सम्मान गरेका थिए।
सम्मानित पदाधिकारी तथा सदस्यहरु निम्न प्रकार रहेको छ।
१,वरिष्ठ उपाध्यक्ष- मन बहादुर गुरुङ
२,सचिव- दुर्जोधन लिम्बु
३,कोषाध्यक्ष- कृष्ण प्रसाद गुरुङ
४,सह-क्वार्टर मास्टर- तेज गुरुङ
५,सह-सचिव- चन्द्र बहादुर पुन
६,आरपी हवल्दार- दिल बहादुर पुर्जा
७,प्रवक्ता तथा मिडिया- मुक काजी गुरुङ
८,सल्लाहकार- सुबेदार अनेरेरी कप्तान खु बहादुर गुरुङ
अन्य सम्मानित हुनेहरुमा हङकङकै दोस्रो सोलिसिटर तथा संघको कानूनी सल्लाहकार सहदेव राई र संघलाई बिभिन्न कोंणबाट सहयोग प्रदान गरे वापत नेपाली आर्ट्स एण्ड कल्चरका अध्यक्ष तथा हङकङ नेपाली महासंघका नव निर्वाचित महासचिव नन्द चङ्सुलाई पनि सम्मान गरेका थिए। यसैगरि अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत संघका सदस्य याम गुरुङको ज्येष्ठी सुपुत्री आस्था गुरुङ साथै प्रवक्ता एवं मिडिया मुक काजी गुरुङको सुपुत्री कश्मिना
गुरुङलाई पनि किन्डर गार्टेन अन्तर्गतको नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकोमा सम्मान गरेका थिए। स्मरण रहोस सम्मानित ब्यक्तित्वहरुलाई संघकै अध्यक्ष तथा मञ्चमा आसिन बिभिन्न संघसंस्थाका अध्यक्ष लगायत संघकै सल्लाहकारहरुद्वारा सम्मान पत्र प्रदान गरेका थिए।
लगत्तै कार्यक्रममा नयां सदस्यता लिने केहि सदस्यहरुलाई अध्यक्ष जजिन चाम्लिङ र संस्थापक अध्यक्ष जंग बहादुर गुरुङले खादा लगाई स्वागत तथा सम्मान गरेका थिए।
कार्यक्रममा संस्थापक अध्यक्ष जंग बहादुर गुरुङ लगायत प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगरले दशैं तथा तिहारको शुभकामना ब्यक्त गरेका थिए। यसैगरि अध्यक्ष जजिन चाम्लिङले ढिलै भए पनि नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना ब्यक्त गरे भने नजिकै आउंदै गरेको शुभ दिपावलीको पनि शुभकामना ब्यक्त गरे र कार्यक्रमलाई सफल पार्न उपस्थित सम्पूर्ण भूपू परिवार तथा कार्यसमिति लगायत आमन्त्रित पाहुनाहरुलाई बिशेष धन्यवाद ब्यक्त गरेका थिए।
अन्तमा, अध्यक्ष जजिन चाम्लिङले भारतीय सेनामा कार्यरत जो कोहि नेपालीहरुले दशैंतिहारको अवसरमा “बडा खाना” कार्यक्रमको आयोजना गर्ने हुंदा सोहि कार्यक्रमलाई निरन्तरता दिने अभिप्रायले नै उक्त “बडा खाना” कार्यक्रमको आयोजना गरेको बताए।
र कार्यक्रममा उचित ढंगले संघद्वारा तयार पारिएको पोशाक पहिरिए वापत संघकै कोषाध्यक्ष कृष्ण प्रसाद गुरुङकी धर्मपत्नी श्रीमती लक्ष्मीदेवी गुरुङलाई बेष्ट ड्रेस (उत्तम पहिरन)को उपाधि प्रदान गरिएको थियो भने अन्य मनोनयनमा परेका भूपूनीहरुलाई खादा लगाई सम्मान गरेका थिए।
अन्य विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत देउसीभैलो कार्यक्रमबाट उपस्थित महानुभावहरुबाट केहि आर्थिक संकलन गरे भने प्रवक्ता तथा मिडिया मुक काजी गुरुङको सुपुत्री कश्मिना गुरुङले गोर्खा पल्टन गीतको बोलमा एकल नृत्य पस्केकी थिइन भने नव आगन्तुक सदस्य किरण गुरुङले लोक गीत पस्केका थिए ।
HOLA PAISA TANNA XADAI XA K GARNU NI..