काठमाडौ, कार्तिक १३ – संविधानसभा निर्वाचनलाई प्रभावित हुन नदिन नेपाल र भारत सरकारले मंसिर ३ र ४ गते दुई दिन सीमा सिल गर्ने भएका छन् । मंगलबार दुवै देशका गृह मन्त्रालयहरूले यससम्बन्धी अनौपचारिक सहमति बनाएका हुन् ।
स्रोतका अनुसार मंसिर ४ र अघिल्लो दिन सीमा पूरै बन्द गरिनेछ । आकस्मिक अवस्थामा सरकारी अनुमतिबेगर दुवैतिरबाट आवतजावत बन्द हुनेछ । त्यसअघिका दुई दिन पूरै सीमा क्षेत्रलाई कडा निगरानीमा राख्ने, व्यापक तलासी गर्ने र अनावश्यक आवतजावत रोक्ने सहमति पनि दुवै पक्षबीच भएको छ । सीमा सिल गर्न दुवै देशले आ-आफ्ना क्षेत्रमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गर्नेछन् ।
– See more at: http://www.ekantipur.com/np/2070/7/13/full-story/378308.html#sthash.nsDUppAU.dpuf