आर्सनललाई पराजित गर्दै चेल्सी लिग वान कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा माटाले सिजनको पहिलो गोल गर्दा चेल्सी २–० गोल अन्तरले पराजित भएको हो ।
खेलमा चेल्सीले २५ औं मिनेटमा सिजर एजप्लिक्युएटाको गोलबाट अग्रता लिएको थियो । ६६ औं मिनेटमा माटाले चेल्सीको अग्रता दोब्बर पारे । जोजे माउरिन्होले क्लब सम्हालेपछि धेरै समय बेच्नमा बिताएका उनको यो सिजनको पहिलो गोल थियो ।
अन्तिमा आठमा स्थान बनाउने क्रममा म्यानचेष्टर युनाइटेडले रनविचलाई ४–० ले पराजित गरेको छ । उसका लागि हर्नान्डेजले पेनाल्टीसहित २ गोल गरे भने फाविओ र जोनेसले १–१ गोल गरे ।