वामदेवलाई माओवादीको स्वागत


बाँके, कार्तिक ११ – संविधानसभा निर्वाचनविरुद्ध विभिन्न जिल्लामा आक्रमक गतिविधिमा उत्रिएका नेकपा-माओवादी कार्यकर्ताले एमाले उपाध्यक्ष वामदेव गौतमलाई बर्दिया क्षेत्र नम्बर १ मा सहयोग गर्ने भएका छन् ।

बर्दिया सोरहवा ५ गन्धर्भ गाउँका करिब ७५ परिवारका माओवादी कार्यकर्ताले आइतबार गौतमलाई गाउँमै बोलाएर भव्य स्वागत गरी निर्वाचन बहिष्कारका भोट दिएर सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरूले पार्टी नीतिले निर्वाचन बहिष्कार गर्ने भने पनि स्थानीयस्तरबाट सहयोग गर्न लागेको जनाएका थिए । बहिष्कार गर्दा भोट खेरा जाने भएकाले पनि नेता गौतमलाई आफ्नो मत दिएर सहयोग गर्ने माओवादी कार्यकर्ता बताउँछन् । नेकपा माओवादी क्षेत्रीय सेक्रेटरी दिलीप गन्धर्भले गौतमलाई निर्वाचनमा सहयोग गर्ने

बताए । ‘यसको मतलब हामीले पार्टी परित्याग भने गरेका होइनौं । बहिष्कार गर्दा खेर जाने मत उहाँलाई दिएर सहयोग गर्न खोजेका मात्रै हौं,’ उनले कान्तिपुरसँग भने, ‘देशमा आमूल परिवर्तन गर्ने भनेर जनताको मत पाएपछि धोका दिएको पार्टीलाई सहयोग गर्दैनौं ।’ मानखोला छेउमै रहेको गन्धर्भ गाउँका सबैजसो मतदाता यसअघि हालको एमाओवादीमा लागेका थिए । पार्टी विभाजनपछि भने उनीहरू नेकपा-माओवादीमा आबद्ध भएका हुन् । उनीहरूले एमाओवादीले सपना देखाएर धोका दिएको आरोप लगाउँदै आएका छन् ।

उक्त गाउँका सबैजसो माओवादी कार्यकर्ताले सहयोग गर्ने सुनाएपछि गौतम निकै हषिर्त देखिन्थे । उनले गगन्धर्व गाउँका महिला र पुरुषलाई अबिर लगाइदिएर स्वागत गरे । निकै उत्साहित देखिएका गौतमले एमाओवादी पार्टीजस्तो सस्तो आश्वासन नदिने प्रतिबद्धता जनाए । उनले मंसिर ४ मा हुने निर्वाचनपछि संविधान निर्माणका लागि प्रतिबद्ध रहेको बताए । मानखोलाले गर्दै आएको कटान नियन्त्रण, स्थानीय सुकुम्बासी बस्दै आएको जग्गाको लालपुर्जा र सडकको स्तर वृद्धिका लागि सहयोग गर्ने नेता गौतमको भनाइ थियो । गन्धर्व समुदायले सारङी रेट्दै गीत गाउँदै स्थानीय समस्या सुनाएका थिए । उनीहरूले अल्पसंख्यक समुदायका रूपमा रहेको आफ्ना समुदायको हकअधिकार आगामी संविधानमा सुनिश्चिताका लागि आग्रह गरेका छन् ।
– See more at: http://www.ekantipur.com/np/2070/7/11/full-story/378199.html#sthash.fs6NNJb6.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.