राजधानीमै जलाइयो नरहरि आचार्य र राजेन्द्र पाण्डेको गाडी


सुशील कोइरालको गाडीमा पनि आगजनी
११ कात्तिक ,काठमाडौं – काठमाडौं क्षेत्र नं. ५ का कांग्रेसका उम्मेदवार नरहरि आचार्यले चुनावी प्रचारमा प्रयोग गरेको गाडीमा आगजनी भएको छ । धापासीको कृष्ण मन्दिर नजिकै सडकमा गाडी राखेर उम्मेदवार आचार्य मतदातासँग भोट माग्न घरदैलोमा हिडेंको समयमा आगजनी भएको हो ।
मोटरसाइकलमा आएका व्यक्तिहरूले  बिहान करिब साढे ९ बजेको समयमा पेट्रोल छर्केर उम्मेदवार आचार्यको बा ६ च ४१९ नम्बरको गाडीमा आगजनी गरेर भागेका थिए । आगजनीबाट गाडीको इन्जिन र अगाडिको भाग जलेको छ ।
सडकमा राखेको गाडीमा मोटरसाइकलमा आएका व्यक्तिले आगो लगाएर भागेका थिए । उम्मेदवार आचार्यको गाडीमा आगो लगाउने समूहको पहिचान हुन सकेको छैन । आज बिहानै प्रहरी र सेनाको उच्च निगरानीमा रहेको नारायणहिटी उत्तर ढोका अगाडि  एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि आगजनी भएको छ ।
नारायणहिटी अगाडि पार्क गरी राखेको नेता पाण्डेको गाडीमा आगो लगाएछि ‘नेकपा एमाले मुर्दावाद नेकपा-माओवादी जिन्दावाद’ भन्दै आगो लगाउने व्यक्तिहरू भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सेना र प्रहरी २४ घण्टा सुरक्षामा खटिने स्थानमै गाडीमा आगनजी भएपिछ चुनावी सुरक्षा रणनीतिमा समेत गम्भीर प्रश्न उठेको सुरक्षाविदहरूको भनाइ छ ।  महानगरीय प्रहरी प्रभागले आगो तत्काल निभाउन सकिएकाले ठूलो क्षति नभएको जनाएको छ ।

सुशील कोइरालको गाडी पनि जलाइयो
चुनावी प्रचारमा बाँकेमा रहेका नेपाली कांग्रसेका सभापति सुशील कोइरालको गाडीमा पनि अज्ञात समूहले आगो लगाएको छ ।नेपालगञ्जस्थित पार्टी कार्यालय अगाडि राखिएको कोइरालाको गाडीमा अज्ञात समूहले विहान आगो लगाएर भागेका थिए ।
गाडीमा लगाएको आगो स्थानीयबासीले तत्कालै निभाउन सकेकाले धेरै क्षति नभएको नेपाली कांग्रेसले जनाएको छ ।
– See more at: http://www.onlinekhabar.com/2013/10/131651/#sthash.sxSSHpWF.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.