इंग्लिस प्रिमियर लिग खेलमा चेल्सीले म्यानचेष्टर सिटीमाथि २–१ को जित फर्नान्डो टोरेस हिरो ।


Torresफर्नान्डो टोरेसको अन्तिम मिनेटको गोलको मदतमा चेल्सीले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा चेल्सीले म्यानचेष्टर सिटीमाथि २–१ को जित निकालेको हो ।

Torresजितसँगै ९ खेलबाट २० अंक जोडेको चेल्सी दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर आर्सनलको २२ अंक छ भने म्यानचेष्टर सिटी १६ अंकका साथ सातौं स्थानमा छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले आन्द्रे स्करलले ३३ औं मिनेटमा चेल्सीलाई सुरुवाति आग्रता दिलाए । खेलको ४९ औं मिनेटमा सर्जिओ एग्युरोले म्यानचेष्टर सिटीका लागि बराबरी गोल फर्काए । तर, खेल सकिनु अघि टोरेसले गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

टोरेसको गोलसँगै चेल्सीका प्रशिक्षक जोजे माउरिन्होले समर्थकहरुको भिडमा गएर खुसी मनाएका थिए । खे्लपछि सिटीका प्रशिक्षक म्यानुअल पेलेग्रिनीले जोजे माउरिन्होसँग हात मिलाउन अस्वीकार गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.