शनिबार राति भएको सिजनको पहिलो इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले पराजित


1378826_10201370693443680_497979938_nस्पेनिस ला लिगा फुटबलमामा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिलाई पराजित गरेको छ । शनिबार राति भएको सिजनको पहिलो इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १९ औं मिनेटमा नेयमारले गोलबाट अग्रता लिएको थियो । ब्राजिलियन स्टार नेयरमारले इएल क्लासिको डेब्यू खेलमा नै गोल गरेका हुन् । लगतै लिओनल मेस्सीले करिव वान भर्सेज वानमा सुन्दर मौका गुमाए । बार्सिलोनाले पहिलो हाप पूर्ण बल नियन्त्रणमा राखेको थियो ।

दोस्रो हापमा रियल मड्रिडले केही सुधारिएको खेल खेलेपनि खेलमा फर्कन सकेन । ७८ औं मिनेटमा एलेक्स सान्चेजले गोल गर्दै अग्रता दोब्बर पारे ।

रियलका लागि खेलको इन्जुरी समयमा जोसे रोड्रिगेजले एक मात्र सान्त्वना गोल गरेका हुन् । त्यसअघि करिम बेन्जिमाको प्रहार बारमा लागेर फर्किएको थियो भने रोनाल्डोको प्रहार बार्सिलोनाका गोलरक्षक भिक्टर भाल्डेसले उत्कृष्ट बचाउ गरेका थिए ।

जितपछि १० खेलबाट २८ अंक जोडेको बार्सिलोना अंक तालिकाको शिर्ष स्थानमा छ र उसले रियल मड्रिडसंग ६ अंकको दुरी बनाएको छ । समान खेलबाट २२ अंक जोडेको रियल तेस्रो स्थानमा छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.