बिदेशमा पिडीत श्रमिकका लागि एनआरएनद्वारा राहत कोष स्थापना


shesh-ghale-3घलेले एक्लैले राहत कोष र भवन निर्माणका लागि १-१ करोड दिए

९ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले खाडी मुलुक र मलेसियामा रोजगारीमा गई ज्यान गुमाएका, अंगभंग भएका तथा अलपत्र परेका पिडीत नेपाली कामदारको सहयोगका लागि आपतकालिन राहत कोष स्थापना गरेको छ ।
गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार काठमाण्डौमा बसेको पहिलो वैठकले राहत कोष स्थापना गर्ने निर्णय गरेको संघका महासचिव कुमार पन्तले जानकारी दिनुभयो ।
एनआएरनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शेष घले ।
‘कोषमा अध्यक्ष घले एक्लैले १ करोड रुपैयाँ उपलब्ध गराउनुभएको छ ।’ पन्तले भन्नुभयो-’ अन्य ठाउँबाट पनि सहयोग जुटाउने क्रम सुरु भएको छ ।’ राहत कोष स्थापना तथा परिचालनको नेतृत्व घलेले नै गर्नुहुने छ । ‘बैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा कोष संचालन गरिने छ’ घलेले भन्नुभयो-’कोषको संचालन स्वतन्त्र निकायले गर्ने र त्यसमा हाम्रो पनि प्रतिनिधित्व हुने बिधि सही हुन सक्छ ।’
कस्ता कामदारलाई राहत दिने, कति दिने, त्यसको संचालन कसले गर्ने लगायतका कार्यबिधि बनाउने काम सुरु भएको घलेले बताउनुभयो । कोषको आकार कम्तीमा ५ करोडको बनाउने आफ्नो योजना रहेको घलेले सुनाउनुभयो ।
एनआरएन भवन निर्माण सुरु हुने
यसैबीच, नयाँ कार्यसमितिले काठमाण्डौंमा गैरआवासीय नेपाली संघको आफ्नै भवन बनाउने कार्यलाई तिब्रता दिने भएको छ । केही दिनअघि मात्रै संघ दर्ता भएपछि भवन निर्माण प्रकृयालाई नयाँ कार्यसमितिले मुख्य प्राथमिकतामा राखेको छ ।
अध्यक्ष घलेको नेतृत्वमा भवन निर्माण समिति बनाइएको छ जसका लागि स्वयं घलेले १ करोड रुपैयाँ सहयोग गर्नुभएको छ । ‘एनआरएन पहिलो वैठकमै अन्य पदाधिकारीसहित गरेर दुई करोड रुपैयाँ रकम उठिसकेको छ’ संघका कोषाध्यक्ष डा. बदि्र केसीले भन्नुभयो-’पहिले नै एक करोड ५० लाख उठिसकेको थियो, अहिलेसम्म कुल ३ करोड ५० लाख रकम जुटिसकेको छ ।’
भवन निर्माण सम्पन्न गर्न थप रकम आवश्यक पर्ने भएकाले विश्वभर छरिएर रहेका सवै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्लाई सहयोग जुटाउने कार्यमा केन्द्रीत हुन बैठकले आग्रह गरेको छ ।
– See more at: http://www.onlinekhabar.com/2013/10/131190/#sthash.I0vDYBRo.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.