बिथोल्नेविरुद्ध सरकार कडा


मनोज वस्नेत, मकर श्रेष्ठ
काभ्रे/काठमाडौ, कार्तिक ९ – सरकारले निर्वाचन बिथोल्ने अभियानमा रहेका नेकपा-माओवादी लगायतलाई राजनीतिक दलका रूपमा नभई चुनावविरोधी तत्त्वका रूपमा व्यवहार गर्ने भएको छ । साथै त्यस्ता दल र समूहमाथि कडा कारबाहीको रणनीति लिने भएको छ ।
गृहमन्त्री माधवप्रसाद घिमिरेले ‘चुनावविरुद्ध रहेको नेकपा-माओवादी राजनीतिक दल नै नभएको’ भन्दै निर्वाचन बिथोल्न खोज्ने सबैलाई कानुनबमोजिम कडा कारबाही गर्ने बताएका छन् ।
गृह मन्त्रालयको आयोजनामा शुक्रबार धुलिखेलमा भएको मध्यमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा घिमिरेले कुनै बेला संविधानसभाको निर्वाचन हुनुपर्छ भनेर कुर्लिने नेकपा-माओवादीले चुनावविरोधी गतिविधिमा लागेर अराजनीतिक व्यवहार प्रदर्शन गरेको र जनताको मताधिकार कुण्ठित पार्ने काम गरेको बताए । उनले चुनावविरोधी कार्यक्रमहरू कुनै हालतमा सरकारलाई स्वीकार्य नहुने पनि जनाए । ‘राजनीतिक दल हुन निर्वाचन आयोगमा दर्ता हुनुपर्छ । उहाँहरूले दल दर्तासमेत गर्नुभएको छैन,’ उनले भने, ‘फेरि उहाँहरूले राजनीतिक व्यवहारसमेत गरेको पाएनौं । जनताका लागि भन्ने अनि जनताको मताधिकार कुण्ठित पार्ने काम भइरहेको पायौं ।’
गृहमन्त्रीले कायरतापूर्वक धम्कीको भाषा प्रयोग गर्नेलाई कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । उनले त्यस्ताविरुद्ध कारबाहीका लागि तयार रहन सुरक्षा निकायलाई निर्देशन दिए ।
मध्य क्षेत्रका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले नेकपा-माओवादी चुनावी सुरक्षाको प्रमुख चुनौती रहेको प्रतिवेदन दिएपछि गृहमन्त्री आक्रोशित भएका हुन् । सरकारले कुनै दललाई काखा वा अर्को दललाई पाखाको व्यवहार नगर्ने भन्दै मन्त्री घिमिरेले सबै राजनीतिक दलहरूलाई समान व्यवहार गर्ने बताए । निर्वाचनमा शान्ति सुरक्षा खलल पार्ने काम गरे चुनावमा सहभागी दलका कार्यकर्तालाई समेत कारबाही गर्ने उनले बताए ।
– See more at: http://www.ekantipur.com/np/2070/7/9/full-story/378058.html#sthash.EVRRHF47.dpuf

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.