दाहालको प्रचार बिथोल्न ठाउँठाउँमा बम


देव नारायण साह

untitledदुई स्थानमा तीन सकेट बम

सिरहा, कार्तिक ८ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको सिरहा क्षेत्र नम्बर ५ मा आजबाट चुनावी प्रचार थाल्ने भनिएको जम्दह र मुक्सार गाबिसमा तीन वटा सकेट बम भेटिएको छ । जमदह-३ स्थित सरस्वती माध्यमिक विद्यालय नजिकको चौतारामा कालो झोलाभित्र एउटा र मुक्सार ३ स्थित एमाओवादीको गाउँ कमिटीको पार्टी कार्यालय अगाडि बाटोमा प्लाष्टिक झोलाभित्र दुई वटा बम फेला परेका प्रहरी निरीक्षक बिमल पराजुलीले बताए । ठाउँठाउँमा बम फेला पर्न थालेपछि सो क्षेत्रका बासिन्दा आतंकित छन् ।

स्थानीयबासीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई जानकारी गराएलगतै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक पराजुलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । बम डिस्पोजका लागि नयाँ श्री नाथ गण चोहर्बालाई जानकारी गराइसकिएको र बम भेटिएको स्थलमा प्रहरीले घेरा हालेर बसेको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए ।

ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक विमल पराजुलीले बम फेला परेको स्थानमा कालो झण्डासमेत राखिएको बताए । उनले भने,’बम कसले राखेको हो भन्ने वषयमा अहिलेसम्म कुनै जानकारी छैन् ।’

अध्यक्ष दाहालले जम्दह, मुक्सार, लालपुर, बेतौना र असनपुरमा चुनावी प्रचारका लागि घरदैलो कार्यक्रम निर्धारण गरिएको थियो । उक्त कार्यक्रम बिथोल्न ठाउँठाउँमा बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसैबीच, एमाओवादी अध्यक्ष प्रचण्डले घरदैलो कार्यक्रमका लागि सिरहा आउने पक्का भएकोले वैद्य नेतृत्वको नेकपा-माओवादीले एकदिने जिल्ला बन्दको घोषणा गरेका छन् । माओवादी ईन्चार्ज जितेन्द्र सिंहले प्रेस विज्ञप्ती जारी गरी बन्दको घोषणा गरेका हुन् । बन्दको घोषणा गरेपनि पूर्वपश्चिम राजमार्गलगायतका जिल्लाका मुख्य सडकखण्ड र बजारमा बन्दको असर छैन् ।

 Source: Kantipuronline

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.