वैद्यको मुख्य निसाना एमाओवादी


बालकृष्ण बस्नेत
image.phpनेत्रविक्रम चन्दले पीएसओ छाडे
काठमाडौं, कार्तिक ७ – नेकपा-माओवादीले एकीकृत माओवादीलाई मुख्य निसाना बनाई चुनाव बहिष्कार कार्यक्रम तय गर्न मातहत निकायलाई निर्देशन दिएको छ । चुनावको सक्रिय बहिष्कारसँगै एमाओवादीका उम्मेदवारलाई हराउन मुख्य प्रतिस्पर्धीलाई सघाउनेसम्मका रणनीति उसले बनाएको छ ।

त्यसका लागि एमाओवादीका शीर्ष नेता सहभागी जिल्लामा विरोध प्रदर्शन गर्नेदेखि प्रमुख नेतालाई चुनावमा हराउनेसम्मको कार्यक्रम बनाउन केन्द्रले निर्देशन दिएको हो । सोहीअनुसार माओवादी कार्यकर्ताले सुदूरपश्चिममा एमाओवादी अध्यक्ष्ा पुष्पकमल दाहालको चुनावी अभियानमा अवरोध गरेका थिए । बुधबार पनि पोखरा, रसुवालगायत ठाउँमा एमाओवादीका उम्मेदवारलाई प्रचारप्रसारमा उनीहरूले रोकेका थिए ।

‘३३ दलीय मोर्चाको निर्णयअनुसार बहिष्कारलाई सशक्त पार्ने हाम्राे पहिलो काम हो,’ पार्टी केन्द्रले हालै दिएको निर्देशनलाई उद्धृत गर्दै सुदूरपश्चिमका एक केन्द्रीय नेताले बुधबार कान्तिपुरसँग भने, ‘त्यससँगै एमाओवादीका उम्मेदवारलाई हराउनसमेत हामी क्रियाशील हुन्छौं ।’

मोहन वैद्यले नेतृत्व गरेको एउटा हिस्साले १५ महिनाअघि सैद्धान्तिक प्रश्न उठाउँदै एमाओवादीबाट अलग भई नेकपा-माओवादी गठन गरेको हो । पार्टीले बोकेका सिद्धान्त, कार्यदिशाभन्दा बाहिर गई काम गरेकाले अलग हुनुपरेको दाबी गर्दै आएको माओवादीले मंसिर ४ को चुनावमा एमाओवादीलाई नै असहयोग गर्ने रणनीति तय गरेको हो ।

‘अहिलेलाई नेतृत्वले मौखिक रूपमा मात्र असहयोगका लागि निर्देशन दिएको छ । सोहीअनुसार काम पनि भइरहेको छ,’ माओवादी स्राेतले भन्यो, ‘हामी आफ्ना कार्यकर्तालाई सकेसम्म मतदानमै सहभागी नगराउन र जानेहरूलाई पनि एमाओवादीको मुख्य प्रतिस्पर्धीलाई सघाउन केन्दि्रत हुन्छौं ।’

औपचारिक रूपमा भने ३३ दलीय मोर्चाले बहिष्कारलाई सशक्त र सक्रिय बनाउने अभियान मात्र सार्वजनिक गरेको छ । त्यही क्रममा मध्यपश्चिम, सुदूरपश्चिमका जिल्लाहरूमा उसका गतिविधि बढी केन्दि्रत छन् । त्यसबाहेक चितवन, कास्की, रूपन्देही, काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोकजस्ता जिल्लालाई प्राथमिकता दिई चुनाव बहिष्कार र असहयोग कार्यक्रमलाई तीव्रता दिने स्राेतले जानकारी दियो ।

अर्धभूमिगत शैली

काठमाडौं- चुनाव बहिष्कार र बिथोल्ने नीति लिएको नेकपा-माओवादीका नेताहरू अर्धभूमिगत शैलीमा देशव्यापी कार्यक्रममा जुट्ने भएका छन् । नेताहरूमाथि सरकारको निगरानी बढेपछि उनीहरूले फरक शैली अपनाउन लागेका हुन् । सचिव नेत्रविक्रम चन्दले सरकारले उपलब्ध गराएको सुरक्षा अधिकारीलाई समेत फिर्ता पठाएका छन् । ‘सुरक्षाका लागि सरकारले दिने पीएसओ आवश्यक नभएको भन्दै उनले फिर्ता पठाएको’ जानकारी पार्टी स्रोतले दियो ।

चन्दले बुधबार टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा चुनाव बिथोलेरै छाड्ने दाबी गरेका थिए । ‘अहिलेको निर्वाचन असफल पार्न पार्टीको सम्पूर्ण शक्ति र जनता परिचालन गर्नेछौं,’ चन्दले भने, ‘हाम्रो अभियान सक्रिय, सशक्त र प्रतिरोधात्मक हुन्छ ।’

अन्य नेताहरूसमेत चुनाव बिथोल्ने कार्यक्रममा व्यस्त हुन थालेपछि सरकारी सुरक्षा घेराबाट बच्न उनीहरूले अर्धभूमिगत शैली अपनाएका हुन् । जिल्ला नेतृत्वलाई समेत उस्तै शैली अपनाउन निर्देशन पठाइएको छ ।
– See more at: http://www.ekantipur.com/np/2070/7/7/full-story/377935.html#sthash.E4ROxSl5.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.