बहुमत दिए संसारकै विकसित मुलुक बनाउँछौँ : प्रचण्ड


गोपाल दाहाल
image.php७ कात्तिक, धरान । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले बहुमत पाए देशलाई ४० बर्षमा संसारकै सुन्दर र विकसित मुलुक बनाउने दावी गर्नु भएको छ । बिहीवार धरानको भानुचौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अघिल्लो निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले देशको विकास हुन नसकेको भन्दै एमाओवादीलाई बहुमत दिन आग्रह गर्नु भयो । उहाँले अघिल्लो संविधानसभाबाट चार बर्षमा पनि संविधान बनाउन नसकेको जिम्मेवारी आफुले लिने बताउँदै अब त्यस्तो नहुने प्रतिबद्धता जनाउनुभयो ।

एमाओवादीलाई बहुमत दिलाउन सहयोग गरे धरानमा विकासको मुल फुटाउने आश्वासन समेत दिनु भयो । स्थानीय निर्वाचनमा नगरपालिकाका मेयरका उम्मेदवारले दिने आश्वासन जस्तै गरी उहाँले धरानको खानेपानी समस्या समाधान गर्ने, धरानलाई पुर्वकै केन्द्रको रुपमा विकास गर्ने र धरानका सुकुम्बासीहरुलाई धनीपुर्जाको व्यवश्था गर्ने आश्वासन बाँडनु भयो ।

आमसभामा बोल्दै सुनसरी क्षेत्र नं १ बाट एमाओवादीका तर्फबाट प्रत्यक्ष तर्फको उमेदवार बन्नु भएका मुक्सामहाङ मेयाङवोले पनि आफुले जीते सुनसरी क्षेत्र नं. १ लाई पुर्वकै पर्यटकिय नाका बनाउने आश्वासन दिनु भयो । उहाँलेपनि धरानको खानेपानी, बसपार्क, सुकुम्बासी समस्या समधानको पहल गर्ने बताउनु भयो । प्रचण्ड आएको मौकामा एमाओवादीले विभिन्न पार्टीबाट आएका डेढ दर्जनलाई पार्टी प्रवेश गराएको छ । पार्टी प्रवेशको घोषणा गरिएका नेपाली काँग्रेसको भातृ संगठन नेपाल लिम्बु संघका केन्द्रीय अध्यक्ष अर्जुनबाबु माबुहाङ र पत्रकार जसकुमार राई भने प्रचण्डको हातबाट टिका लगाउने कार्यक्रममा सहभागी थिएनन् ।
– See more at: http://www.onlinekhabar.com/2013/10/130552/#sthash.RFfCMgnJ.dpuf

One response to “बहुमत दिए संसारकै विकसित मुलुक बनाउँछौँ : प्रचण्ड

  1. Hoina ke sunnu pareko sansarko dhani des banaune kamsekam huna sakne bhaasan garnuni.alikati sochbichar garera ta bolnu hahahhahaha hans uthdo kura sansarkai dhani???????

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.