क्यान्सर पीडित चिकित्सक वाग्लेको निधन


७ कात्तिक, काठमाण्डौ – लामो समयदेखि एपेन्डिसको क्यान्सरवाट पीडित चिकित्सक चित्रप्रसाद वाग्लेको निधन भएको छ । आइतवार राजधानीको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका वाग्लेको विहीवार मध्यान्ह उपचारका क्रममा निधन भएको हो । अस्पताल स्रोतले वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ ।

गत आइतबार नियमित परीक्षण गराउन गएका उनलाई आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। अर्घाखाँचीमा १२ वर्ष चिकित्सका रुपमा सेवा गरेका उनको उपचारका लागि देश र विदेशबाट लाखौ रकम उठाइएको थियो।

चिकित्सक वाग्लेले १३ महिनासम्म भारतको गान्धी अस्पताल उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नभएपछि थप उपचार गराउन सो अस्पतालले अमेरिका र क्यानडामध्ये एक अस्पतालमा रिफर गरेको थियो ।

१ करोड ३० लाख बढी लाग्ने उपचार खर्च जुटाउन नसक्दा वाग्ले काठमाडौ‌  फर्कनुभएको थियो । वाग्लेको उपचारका लागि देश विदेशमा रहेका नेपालीले अभियान चलाइरहेका थिए । उनको मृत्यु हुनुअघिसम्म पनि सहयोगीहरू रकम लिएर अस्पतालमै पुगेका थिए । वाग्लेको  उपचारका लागि जुटेको २० लाख बढी रूपैयाँ पनि जम्मा भइसकेको थियो ।

चिकित्सक वाग्लेको मृत्यु भएको समयमा ग्रान्डी अस्पतालमा उनकी छोरी र परिवारका सदस्यहरुसमेत उपस्थित थिए । वाग्लेका  ६ र ८ वर्षीय दुई छोरी र ११ वर्षीय अपाङ्ग छोरा छन् ।
– See more at: http://www.onlinekhabar.com/2013/10/130546/#sthash.qhaMCtXa.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.