चुनावमा हेलचेक्र्याईं गर्ने कर्मचारीलाई कारबाही गर्न रेग्मीको निर्देशन ‘सुरक्षामा अवरोध पुर्‍याउनेलाई कारबाही गर्नू’


imageकाठमाडौं, कार्तिक ६ – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले चुनावमा हेलचेक्र्याईं गर्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सिंहदरवारमा आयोजित कार्यक्रममा बुधबार उनले निर्वाचनका काममा हेलचेक्र्याईं गर्ने कर्मचारीलाई विभागीय कारवाही गर्न र शान्ति सुरक्षामा वाधा अवरोध पुर्‍याउनेलाई कानूनी कारवाही गर्न निर्देशन दिएका हुन् ।

आसन्न संविधानसभाको निर्वाचन निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आˆनो क्षेत्रवाट पुर्‍याउनु पर्ने योगदानमा कुनै कसर बाँकी नराख्ने गरी काम गर्न नेपाल सरकारका सबै मन्त्री र सचिवहरुलाई विशेष निर्देशन दिए ।

अध्यक्ष रेग्मीले एउटा विशिष्ट परिस्थितिमा वर्तमान सरकार गठन भएको उल्लेख गर्दै सबै मन्त्री, राष्ट्रसेवक कर्मचारी, राजनैतिक दल, नागरिक समाज, सबै वर्ग र क्षेत्रका आम जनताले देश र सार्वभौम जनताप्रतिको निष्ठा प्रदर्शन गरी आसन्न संविधानसभा निर्वाचनलाई सफल तुल्याउन आग्रह गरे ।

सिंगो मुलुक निर्वाचनमा होमिएको उल्लेख गर्दै रेग्मीले १० हजार १७ वटै मतदान केन्द्रको पूर्ण सुरक्षा गर्नुका साथै उम्मेदवार र मतदाताले महशुस गर्ने गरी भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था गरिसकिएको बताए । अवको २७ दिनमा मतदान हुने भएकाले राष्ट्रसेवक कर्मचारीहरुले निष्पक्ष निर्वाचनको अनुभूति दिने वातावरण निर्माण हुने गरी काम गर्न निर्देशन दिए ।

अवको केही दिनबाटै ठूलो संख्यामा कर्मचारी मतदान केन्द्रमा खटिने उल्लेख गर्दै उनले आˆनो पूरै क्षमता प्रदर्शन गरी निर्वाचन सफल पार्न पूर्ण योगदान गर्न आग्रह गरे ।

रेग्मीले यस अवधिमा खाद्यान्न, पेट्रोलियम पदार्थ, औषधि, दैनिक उपभोग्य वस्तु लगायतको आपूर्ति व्यवस्थालाई चुस्त दुरुस्त राख्न निर्देशन दिए ।

वैठकमा गृहमन्त्री माधव घिमिरेले हालसम्म भए गरेका काम र सुरक्षाको उपयुक्त प्रबन्धवारे आस्वस्त तुल्याएका थिए भने मुख्य सचिव लिलामणि पौड्यालले पनि निर्वाचनका लागि आवश्यक सबै प्रवन्ध गरी सकिएको बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.