एमालेको प्रचार सामाग्री जलाउने ४ लिम्बुवान कार्यकर्ता पक्राउ


 सुवास नेम्वाङ सहभागी कार्यक्रममा बहिस्कारवादीसँग झडप

६, कात्तिक, इलाम । पूर्वसभामुख एवं इलाम-२ का एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङको चुनावी प्रचार कार्यक्रममा मञ्चसम्वद्ध लिम्बुवानका कार्यकर्ताले हस्तक्षेप गरी प्रचार सामाग्री जलाइदिएका छन् । चुनाव विथोल्ने कार्यमा सहभागी ४ लिम्बुवान कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको एकतप्पा गाविस वडा नं ९ दोकानडाडा भन्ने ठाउँमा सुवास नेम्वाङसमेत सहभागी कार्यक्रममा चुनाव बहिस्कारवादी लिम्बुवान कार्यकर्ताले हस्तक्षेप गरेका हुन् । चुनावी प्रचार सामाग्री जलाउनुका साथै कार्यक्रममा हस्तक्षेप गरेपछि केहीवेर झडप भएको र आफ्ना चारजना कार्यकर्ता पक्राउ परेको परिषदका अध्यक्ष कुमार लिङदेनले अनलाइनखबरलाई बताउनुभयो । पक्राउ पर्नेमा गोविन्द योङयाङ, सिद्धी योङयाङ, दीपक योङयाङ र भूपेन्द्र योङयाङ रहेका छन् ।

मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चामा आवद्ध परिषदका अध्यक्ष लिङदेनले लिम्बुवान क्षेत्रमा चुनाव हुन नदिने बताउनुभएको छ । दुई दिन अघिमात्रै उहाँले प्रेस विज्ञप्ति जारी गरेर सेनाको गोली छातीमा थाप्न तयार रहेको बताउनुभएको थियो ।

यसैवीच विहीबार मोरङको उर्लाबारी र झापाको पाडाजुँगीबाट चुनाव बहिस्कार अभिमानका लागि १० हजार लिम्बुवान भोलेन्टियरलाई सडकमा उतार्ने र दमकमा सभा गर्ने परिषदको कार्यक्रम रहेको छ । पूर्वी नेपालमा सक्रिय गतिविधि गरिरहेको परिषद्ले मंगलबार धरानमा महिला संगठनको राष्ट्रिय सम्मेलन गरी अर्मता थेवेको अध्यक्षतामा ३३ सदस्यीय कमिटी गठन गरेको छ । – See more at: http://www.onlinekhabar.com/2013/10/130337/#sthash.7NLVyrJL.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.