एनआरएनको सम्मेलनमा प्रचण्डसँग चर्काचर्की
५ कात्तिक, काठमाडौं – गैरआवासीय नेपालीहरुको विश्व सम्मेलनमा एमाओवादीका अध्यक्ष प्रचण्ड र केही सहभागीबीच द्वन्द्वकालीन घटनालाई लिएर चर्काचकी भएको छ । चर्काचर्की गर्नेहरुलाई जवाफ दिँदै प्रचण्डले आफूले गल्ती गरेको भए फाँसीमा लड्कन तयार रहेको बताउनुभएको छ ।
कांग्रेस समर्थित सहभागीले १७ हजार गरिव जनता मारेर शक्तिमा आएको भन्दै त्यसको जिम्मेवारी लिनुहुन्छ ? त्यो रगतको मूल्य के ? भनी प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले देशमा वलिदानी गर्ने बेला पलायन हुने अनि अहिले आएर ठूला कुरा गर्ने ? भनी प्रतिप्रश्न गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्