गैरआवासीय नेपाली सम्मेलन सुरु


image.phpमहतो, हिराचन र लामिछानेद्वारा उदघाटन
काठमाडौं, कार्तिक २ – ‘गैरआवासीय नेपाली र नेपालः समृद्धिका साझेदार’ भन्ने नाराका साथ छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सुरु भएको छ । राजधानीको होटल सोल्टीमा एनआरएन संस्थापक डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष देवमान हिराचन र अध्यक्ष जीवा लामिछानेले संयुक्तरुपमा उदघाटन गरे ।

अध्यक्ष लामिछानेले सामूहिक लगानीको एजेन्डा लिएर गैरआवासीय नेपालीहरु यहाँ आएको बताए । उनले आफ्नो कार्यकालमा एनआरएनलाई दोहोरो नागरिकता दिलाउने विषयमा सवै दलहरु सकारात्मक रहेको बताए ।

एनआरएन संस्था दर्ता प्रक्रियामा रहेको उल्लेख गर्दै उनले नेपाल सरकारको ऐनका कारण प्राविधिक समस्या आएको बताए ।

संस्थापक अध्यक्ष महतोले एनआरएनलाई व्यक्तिको संस्था बनाउन नहुनेमा जोड दिए । उनले भने, ‘एनआरएनलाई व्यक्तिको संस्था बनाउनु हुँदैन, व्यक्तिव्यक्ति लागेर एनआरएनलाई सामूहिक संस्था बनाउनुपर्छ ।’

पूर्वअध्यक्ष हिराचनले विगतका त्रुटि सच्याउँदै एनआरएन अघि बढ्नुपर्नेमा जोड दिए । उनले पनि संस्था दर्ता प्रक्रियामा भएको ढिलाइप्रति सचेत रहनुपर्ने बताए ।

सम्मेलनमा शनिबार सांगठानिक, आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ । आइतबार नयाँ नेतृत्व चयन भएपछि सोमबार र मङ्गलबार गैरआवासीय विश्व सम्मेलन हुने जनाइएको छ ।

राष्ट्रपति रामवरण यादवले सोमबार विश्व सम्मेलनको समुद्घाटन गर्ने तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सम्मेलनको समापन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

सम्मेलनमा विश्वका ५० मुलुकमा रहेका १ हजार ३ सय गैरआवासीय नेपाली सहभागी छन् । संघले हालसम्म ६५ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

गैरआवासीय नेपालीको लगानीमा लमजुङको सर्दी खोलामा २७ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण सुरु गरिएको छ ।
– See more at: http://www.ekantipur.com/np/2070/7/2/full-story/377671.html#sthash.7nT18XGO.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.