४ हजार बढी बस्तुको भन्सार बढ्यो


राजु चौधरी
काठमाडौं, आश्विन ३१ – सरकारले भारत र तेस्रो मुलुकबाट आयात हुने ४ हजारभन्दा बढी वस्तुको भन्सार मूल्यांकन बढाएको छ । आयात हुने वस्तुको मूल्यवृद्धि र बजारको मूल्यलाई आधार मानेर ५ प्रतिशतदेखि दोब्बरसम्म बढाइएको छ ।

‘वस्तु आयात गर्दा एमआरपी लेखेर नआउने भएकाले कडाइ गर्न मूल्यांकन बढाएका छौं,’ भन्सार विभागका निर्देशक नारायणप्रसाद शर्माले भने । भारतबाट आयात हुने करिब ३ हजार र तेस्रो मुलुकको १ हजार २ सय वस्तुको मूल्य मूल्यांकन बढाइएको छ । विभागका अनुसार भारतबाट ६ हजार ५ सय र तेस्रो मुलुकबाट २ हजार वस्तु आयात

हुने हुन्छ ।

भन्सार मूल्यांकन भनेको आयात हुने वस्तुको अनुमानित मूल्य हो । मूल्य खुलेर नआएका वस्तुमा यसरी नै तोकिएको मूल्यलाई आधार मानी भन्सार दरबन्दी लगाउने गरिन्छ । यो भन्सार बिन्दुमा लाग्ने विभिन्न करका लागि आधार मूल्य हो । अनौपचारिक व्यापार गर्नेलाई हतोत्साहित र औपचारिक व्यापार प्रोत्साहन गर्न मूल्य समायोजन गरिएको निर्देशक शर्माको भनाइ छ । ‘यो मूल्य समायोजन हो, बढाइएको होइन,’ उनले भने, ‘भन्सार मूल्याकन वृद्धिले एमआरपी मूल्यमा केही असर

पर्दैन ।’  उनका अनुसार सरकार, व्यवसायी र अन्य सरोकारवाला निकायसँगको छलफलपछि भन्सार मूल्यांकन बढेको हो ।

केही आयातकर्ताले बढी मूल्यको वस्तु आयात गरे पनि कम मूल्य देखाएर भन्सार महसुल छल्ने गरेको गुनासो बढेपछि विभागलाई मूल्यांकन बढाउनुपर्ने दबाब पनि पर्दै आएको थियो । बढाएको भन्सार मूल्य वृद्धिले न्यून विजकीकरण भए रोक्न सहयोग पुग्ने शर्माले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिलाई आधार मानेरसमेत भन्सार मूल्यबृद्धि गरेको हो ।

‘समयअनुसार वस्तुको मूल्य परिवर्तन हुन्छ,’ उनले भने, ‘वस्तुको मूल्य बढेपछि भन्सार महसुल पनि बढाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड

छ । त्यहीअनुसार मूल्यवृद्धि गरिएको हो ।’ खेलकुदका सामग्री, ड्राई फुड, गलैंचा, तयारी पोसाक, भान्साका सामग्री, कस्मेटिक, लुबि्रकेन्ट्स, साबुन, ब्याग, पेपर, घडीका सामान, क्यामेरामा, फर्निचर, इनर्जी डि्रंक्स, जुत्ता लगायतका वस्तुको भन्सार मूल्यवृद्धि गरिएको विभागले जनाएको छ ।

निर्देशक शर्माका अनुसार भारतबाट आयात हुने वस्तुमा असोज ९ गतेदेखि नयाँ भन्सार मूल्य लागू भएको छ । यस्तै, तेस्रो मुलुकबाट आयात हुने सामानमा भने असोज १५ गतेदेखि लागू गरिएको छ । ‘भन्सार मूल्याकन वृद्धिले व्यापारीको नाफा घट्छ । तर, वस्तुको मूल्य बढ्दैन,’ निर्देशक शर्माले भने ।

विभागका अनुसार भारत र तेस्रो मुलुकबाट आयात हुने वस्तुमा न्यून विजकीकरण रोक्न र राजस्व वृद्धि गर्ने उद्देश्यले बढाएको हो । विभागले सम्पूर्ण कार्यालयले बढेको भन्सार मूल्यअनुसार काम गर्न निर्देशन दिइसकेको छ । विभागका अनुसार १५ प्रतिशतभन्दा बढी भन्सार महसुल भए व्यवसायीले ५० प्रतिशतसम्म बढाएर बिक्री गर्न पाउँछन् ।  तर, १५ प्रतिशतभन्दा कम भन्सार भए ४० प्रतिशतसम्म मात्रै बढाएर बेच्ने पाउन  शर्माले बताए ।

‘त्योभन्दा बढी मूल्यमा बिक्री गर्नु ठगी हो,’ उनले भने, ‘ठगी गर्नेलाई कालाबजारी नियन्त्रण ऐन अनुसार कारबाही हुन्छ ।’ आयातकर्ताले भन्सार छल्नका लागि निर्धारण गरेको भन्सार महसुलभन्दा वस्तुको मूल्य कम देखाए उनीहरू माथि अनुसन्धान गर्न सहयोग हुने विभागले जनाएको छ । भन्सार राजस्वको प्रमुख आधार रहँदै आएको छ ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले दिनदिनै भाउ तलमाथि भएको अवस्थामा भन्सार मूल्यांकन बढाउनु गलत भएको बताए । ‘व्यापारीले ठगेको शंका लागे सरकारले अनुगमन गरी ठगी गर्नेलाई कारबाही गर्नुपर्छ कि त भन्सार स्वयंले नै बवतु खरिद गर्नुपर्छ,’ उनले भने, ‘तर सैद्धान्तिक रूपमा भन्सार मूल्यांकन बढाउन मिल्दैन ।’ भन्सार मूल्यांकन वृद्धिले न्यून विजकीकरण रोक्नुभन्दा अधिकीकरण ल्याउने उनले बताए । मूल्यांकनले भाउ बढ्दा व्यवसायीलाई धेरै नोक्सान हुने उनको भनाइ छ । ‘यसका लागि पोस्ट क्लियर अडिट हुनुपर्छ,’ उनले भने ।
– See more at: http://www.ekantipur.com/np/2070/6/31/full-story/377497.html#sthash.vnSCd4bq.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.