उम्मेदवारको पोस्टर च्यातेको भन्दै सर्लाहीमा खुकुरी हानाहान, १७ जना घाइते


सन्तोष सिंह
2878f23aed53876a86c5a15efbbdbb20_Lसर्लाही- सर्लाहीको गोडैतामा पर्चा च्यातेको विषयमा तमलोपा र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भएको छ। झडपमा दुबै पक्षका करिब १७ जनाभन्दा बढी घाइते भएको सर्लाही जिल्ला अस्पताल मलंगवाका स्वास्थ्यकर्मी नथुनि महतोले बताए।
घरेलु हतियारको आक्रमबाट उनीहरु घाइते भएका छन्। भाला, खुकुरी र फर्साले दुबै पक्ष बिहीबार बिहानै एक अर्कामाथि आक्रमण गरेको जनाइएको छ। सर्लाही क्षेत्र नं. ५ मा तमलोपाका उम्मेदवार जंगिलाल रायको पर्चा फोरम लोकतान्त्रिकका उम्मेदवार रामेश्वर रायका कार्यकर्ताले च्याते पछि आज बिहानै मुस्लीम बस्तीमा दुइ तर्फी झडप भएको छ।

आक्रमणमा फोरम लोकतान्त्रिकका ५ जना गम्भिर घाइते भएका छन्। झडपमा गोडैता–५ मुस्लीम टोलका अबदुल्ला महमद, महम्द फिरोज, खुर्सैद आलम, सकिला खातुन र मोहमद कलाम गम्भिर घाइते भएका हुन्। उनीहरुको उपचार सर्लाही जिल्ला अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। आक्रमणमा तमलोपा नेपालका १२ जना समान्य घाइते भएका छन्। उनीहरु समान्य उपचार गराइ घर फर्केका छन्। घाइतेहरुको शरीरको विभिन्न भाग धारिलो हतियारले काटिएको छ।

तमलोपा उम्मेदवार जंगिलाल रायको गोडैत गाउमा घरको भित्तामा टाँसिएको पोस्टर(पर्चा) फोरम लोकतान्त्रिका कार्याकर्ताले च्याते पछि बिहानै देखि गौडैतामा तनाव शुरु भएको तमलोपा गाउ कमिटिका उपाध्यक्ष तौकीर दर्जीले बताए।

मुस्लीम बस्ती झडप विषयमा अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक रबिन्द्र बहादुर धानुकले बताए। गोडैतामा सद्‍भावना, तमलोपा र फोरम लोकतान्त्रिक बिच झडप भएको एसपी धानुकले भने।
– See more at: http://nagariknews.com/main-story/story/8773#sthash.Er0iHFi5.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.