दलहरुबीच चुनावी जोड-घटाउ सुरु


माधब अर्याल
image.phpपाल्पा, आश्विन ३० – संविधानसभाको दोस्रो निर्वाचन मिति नजिकिदैं गर्दा पाल्पामा राजनीतिक दलहरुबीच चुनावी जोड-घटाउ सुरु भएको छ । विगतमा कुन क्षेत्रमा को बलियो र अब कसले आफ्नो पोल्टा भर्नेसम्मका रणनीति तयार हुन थालेका छन् ।

२०४८ सालको निर्वाचनमा बलियो कांग्रेसले २०५१ मा आफ्नो नतिजा जोगाउन सकेन । तर, ०४८ को निर्वाचनमा एमालेको मत पनि यस जिल्लामा बलियो नै थियो । दुई पार्टी बीच मतमा खासै फरक देखिएको थिएन । ‘मतमा दुबै पार्टीबीच विगतका चुनाबदेखि नै खास अन्तर देखिएको छैन’ बुद्धीजीवी एवं विश्लेषक निर्मल श्रेष्ठले भने, ‘पाल्पामा पहिले एमाले कांग्रेसकै प्रतिष्पर्धा हो ।’ उहाँले पुरानै मुद्दामा दुबै पार्टी अडिक छन् र अबको निर्वाचनमा पनि खासै नयाँ कुरा आउनेजस्तो नलागेको बताए । तर, घोषणा पत्रमा आफ्ना कुरा ल्याउन खोजेकाले नयाँ कुरा केही आउछ कि भन्ने आफूलाई लागेको उनले बताए ।

एमाले र कांग्रेसको २०५१ र २०५६ को निर्वाचनमा पनि प्रतिष्पर्धा नै भएको देखिएको थियो । तर, तीनवटै निर्वाचनमा एमालेले विजयी हासिल गर्न सफल भएको थियो । ०६४ को संविधानसभा निर्वाचनमा भने तेस्रो र प्रतिष्पर्धीशक्तिका रुपमा माओवादी देखा पर्यो । तीन मध्ये क्षेत्र नं २ माओवादीले निर्वाचन जित्यो । यस जिल्लामा ०६४ सालमा समानुपातिकतर्फ भने पहिलो मत एमालेकै थियो । सबै क्षेत्रमा हार बेहोरेपनि दोस्रो शक्ति भने कांग्रेस नै बन्यो । विगतको निर्वाचनलाई हेर्दा ०४८ बाहेक एमाले पहिलो शक्ति बन्दै आएको अवस्था हो ।

तर, अहिलेको निर्वाचनमा भने को कसले मत धेरै ल्याउन सक्छन् भन्ने अड्कल बाजी गर्न नसकिने अवस्था छ । ‘अहिलेको अवस्था हेर्ने हो भने तीन वटै क्षेत्रमा ती दल (एमाले, कांग्रेस र माओवादी) प्रतिष्पर्धी नै छन्’ बुद्धीजीवी एवं विश्लेषक श्रेष्ठले भने, ‘एमाले र कांग्रेसको खासै नयाँ कुरा आउलाजस्तो छैन तर, एमाओवादीले पहिचानसहितको संघीयताको कुरा ल्याएको छ त्यसले फरक पार्न सक्छ ।’ यस जिल्लामा मगर समुदायको बाहुल छ । तर, एमाओवादी र कांग्रेसले एक-एकजना मगर उम्मेदवार उठाएका छन् । एमालेले भने पहिलो पटक मगर उम्मेदवार नदिएर तीनजना नै ब्राम्हण समुदायका छन् ।

विगतमा जनजातिको आन्दोलनले केही चेतना ल्याएकाले पनि एमाले कांग्रेसलाई हल्का मुद्दाले फरक पार्न सक्ने उहााको विश्लेषण छ । अर्को कुरा एमाले, कांग्रेस र माओवादीमा पनि मगर उम्मेदवार मागेका थिए । झण्डै ६ वर्षअघि भएको संविधानसभा निर्वाचन र त्यसपछिको खुला राजनीतिक अवस्था साथै सबै पार्टीभित्रको नेतृत्व चयनले पनि असर गर्न सक्ने अड्कल बाजी भइरहेका छन् । यति मात्र होइन, मुख्य तीन दलले नै अहिलेको अवस्थामा आफ्नो पोल्टामा मतदातालाई ल्याउन हरकसरत गरको अवस्था हो ।

एमालेले आफूलाई यस जिल्लामा शक्तिशाली पार्टीका रुपमा दाबी गर्दै आएको छ । अहिले एमाओवादी (पहिला माओवादी) र कांग्रेसले पनि प्रतिष्पर्धामा आफूहरु भएको दाबी गर्दै आएका छन् । नेकपा-माओवादी पनि कमजोर छैन । विगतको निर्वाचनलाई केलाएर हेर्ने हो भने साना दल प्रतिष्पर्धामा आउने स्थिति नै देखा पर्दैन । उनीहरुको जनमत धेरै कमजोर छ । जसले गर्दा ती दलहरु आफ्नो अस्तित्वको लडाई लड्न अझै धेरै मेहनत गर्नुपर्ने देखिन्छ । राजनीतिक विश्लेषकहरु भन्छन्, ‘अन्य जिल्लाजस्तो यस होइन तर, अहिले चेतना स्तरमा आएको परिवर्तनले के गर्छ भन्ने कसैलाई पनि अड्कल गर्न मुश्किल छ ।’

आफ्ना लोकपि्रय कार्यक्रमलाई सधै बिक्री गर्ने एमालेले पार्टीले सरकारमा हुँदा गरेका सुधारहरुले ठूलो भूमिका खेलेको पाइन्छ । विगतमा गाविसलाई अनुदानको व्यवस्था, गाविसमा महिलाको प्रतिनिधित्व, वृद्धभत्ताजस्ता व्यवस्था गरेर आफ्नो प्रगतिशील छविलाई बलियो पारेको थियो । मुलुकै जेठो पार्टी कांग्रेस आफ्नो नीतिमा परिवर्तन गर्न नसक्दा मतदाता तान्न समस्या देखिएको छ । तर, बुढो, भरपर्दो र विश्वासिलो पार्टीका रुपमा कांग्रेसलाई मतदाताले लिने भएकाले मत पाउनेमा विश्वस्त छन् । एमाओवादीले पनि आफ्नो संगठन बलियो बनाएको दाबी गर्दै आएको छ । साना पार्टीसँगको एकीकरणले केही मत बढ्ने अनुमान गर्न सकिन्छ ।

२०४८ सालमा पाल्पा क्षेत्र नम्बर १ मा ४८ हजार १ सय ९१ मतदाता थिए । जसमा ३३ हजार ४१ मत खसेको थियो । जसमध्ये १ हजार ७ सय ६६ मत बदर भएको थियो । नेपाली कांग्रेसका कालुराम रानाले १५ हजार ९ सय ८० मत ल्याएका थिए भने प्रमुख प्रतिद्वन्द्वी एमालेका दलबहादुर रानाले १५ हजार १ मत ल्याएका हुन् । यस्तै तेस्रो शक्तिका रुपमा राप्रपा (थापा) का छकलाल चौहानले २ सय ९४ मत ल्याएका थिए । क्षेत्र नम्बर २ मा ५१ हजार ८ सय ५२ मतदाता थिए । जसमा ३२ हजार ८ सय ५२ मतदाता थिए । जसमा ३२ हजार ८ सय ४३ मत खसेको थियो । जसमध्ये १ हजार ६ सय १ मत बदर भएको थियो । कांग्रेसका गम्भीरजंग कार्की क्षेत्रीले १७ हजार २ सय ४८ मत प्राप्त गरेका थिए भने प्रमुख प्रतिद्वन्द्वी एमालेका दयाराज बस्यालले १३ हजार २ सय ८२ मत ल्याएका थिए । यस्तै तेस्रो शक्ति राप्रपा (थापा) का टिकाबहादुर थापाले ४ सय ९२ र स्वतन्त्र उम्मेदवार शिवप्रसाद भट्टराइले २ सय २० मत प्राप्त गरेका थिए ।

क्षेत्र नम्बर ३ मा ५१ हजार २ सय २४ मतदाता थिए । जसमा ३२ हजार ६ सय ३० खसेको थियो भने १ हजार १ सय ८८ मत बदर भएको थियो । जसमा कांग्रेसका हरिप्रसाद नेपालले १६ हजार ७सय ८६ मत पाएका थिए । उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका कुलप्रसाद नेपालले १३ हजार २ सय ६४ मत पाएका थिए । यस्तै राप्रपा (थापा)का थर्कबहादुर कार्कीले ७ सय ६ र जनता दल -सप्र) का डा. केशरजंग रायमाझीले ६ सय ८६ मत प्राप्त गरेका थिए ।

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ मा ५२ हजार ६ सय ७६ मतदाता थिए । जसमा ३६ हजार ६ सय ३९ मत खसेको थियो । जसमध्ये ८ सय १५ मत बदर भएको थियो । एमालेका दलबहादुर रानाले १९ हजार ६ सय ९० मत ल्याएका थिए भने प्रमुख प्रतिद्वन्द्वी कांग्रेसका कालुराम रानाले १४ हजार ८ सय १५ मत ल्याएका हुन् । यस्तै तेस्रो शक्तिका रुपमा राप्रपाका लीलाबहादुर थापाले ६ सय ८१ मत ल्याएका थिए । राष्टिय जनमुक्ति पार्टीका गमबहादुर थापा (सारु)ले ४ सय ३० र स्वतन्त्र उम्मेदवार मानबहादुर बयम्बुले २ सय ८ मत पाएका थिए ।

क्षेत्र नम्बर २ मा ५६ हजार ३ सय ६९ मतदाता थिए । जसमा ३४ हजार ३ सय ३० मत खसेको थियो । जसमध्ये ६ सय ३० मत बदर भएको थियो । एमालेका सोमप्रसाद पाण्डेयले १७ हजार ८ सय ५१ मत प्राप्त गरेका थिए भने प्रमुख प्रतिद्वन्द्वी कांग्रेसका गम्भीर जंग कार्कीले १२ हजार १ सय ४७ मत ल्याएका थिए । यस्तै तेस्रो शक्ति राप्रपाका हरिबहादुर थापाले १ हजार ७ सय ४४, प्रजातान्त्रिक लोकदलका देवेन्द्रराज पाण्डेयले १ हजार १ सय १६ र राष्टिय जनमुक्ति पार्टीका खेमानसिंह रानाले ८ सय ४२ मत प्राप्त गरेका थिए ।

क्षेत्र नम्बर ३ मा ६० हजार ५६ मतदाता थिए । जसमा ३४ हजार ३ सय ७३ मत खसेको थियो भने ७ सय ७६ मत बदर भएको थियो । जसमा एमालेका विष्णुप्रसाद पौडेलले १५ हजार ७ सय ६६ मत पाएका थिए । उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हरिप्र्रसाद नेपालले १२ हजार ६ सय ९७ मत पाएका थिए । यस्तै राप्रपाका यादवसिंह रायमाझीले ३ हजार ५ सय ९२, राष्टिय जनमुक्ति पार्टीका केहरसिंह रानाले १ हजार १५, संयुक्त जनमोर्चाका डोलबहादुर रानाले ३ सय र स्वतन्त्र उम्मेदवार शालिकराम पौडेलले २ सय २७ मत पाएका थिए ।

२०५६ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ मा ५८ हजार ४ सय ९१ मतदाता थिए । जसमा ३९ हजार २ सय ३९ मत खसेको थियो भने ७ सय १८ मत बदर भएको थियो । बिजयी उम्मेदवार एमालेका भद्रबहादुर थापाले १९ हजार ४ सय ७७ मत पाएका थिए । उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विजयराज घिमिरेले १ हजार ३ सय ९३ मत पाएका थिए । नेकपा मालेबाट उम्मेदवार बनेका दलबहादुर रानाले भने १ हजार ४ सय ३१ मत ल्याएर तेस्रो शक्ति बनेका थिए । यस्तै राष्टिय जनमुक्ति पार्टीका गमबहादुर थापा सारुले ५ सय ९०, राष्टिय जनमोर्चाका भीमबहादुर जर्घाले ४ सय ३, राप्रपाका अमृतबहादुर रानाले १ सय १८, राप्रपा (चन्द) का रविनारायण श्रेष्ठले ८०, शिवसेना नेपालका भरतराज सुवेदीले २९ मत पाएका थिए ।

क्षेत्रनम्बर २ मा ५७ हजार ९ सय ४ मतदाता थिए । जसमा ३७ हजार ८ मत खसेको थियो भने ७ सय ६४ मत बदर भएको थियो । बिजयी उम्मेदवार एमालेका सोप्रसाद पाण्डेयले १५ हजार ९ सय ५ र उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राजनप्रसाद पन्तले १५ हजार १ सय ५१ मत पाएका थिए । तेस्रो शक्ति बनेको राष्टिय जनमुक्ति पार्टीको गोरेबहादुर खपांगीले ३ हजार ५ सय ४२ मत ल्याएका थिए । यस्तै, नेकपा मालेका सोमनाथ अर्यालले १ हजार ११, राप्रपाका टीकाबहादुर थापाले ३ सय ८७, संयुक्त जनमोर्चा नेपालका यज्ञप्रसाद आचार्यले १ सय ८५, राप्रपा (चन्द) का कोमलप्रसाद रानाले ६३ मत पाएका थिए ।

क्षेत्रनम्बर ३ मा ६० हजार ४ सय ७४ मतदाता थिए । जसमा ३८ हजार १ सय ८८ मत खसेको थियो भने ५ सय ४७ मत बदर भएको थियो । बिजयी उम्मेदवार नेकपा एमालेका यादव बहादुर रायमाझीले १८ हजार ६८ र उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भगवतीध्वज राजलवटले १६ हजार ७ सय १६ मत प्राप्त गरेका थिए । नेकपा मालेका दुर्गाप्रसाद खनालले १ हजार २ सय ३७, राष्टिय जनमुक्तिका केहरसिंह रानाले ९ सय ५५, राष्टिय जनमोर्चाका माधव ज्ञवालीले ३ सय १६, राप्रपाका यादवसिंह रायमाझीले १ सय ८४ र राप्रपा चन्दका मीनबहादुर कुंवरले १ सय ६५ मत पाएका थिए ।

पछिल्लो पटक भएको २०६४ सालको संविधानसभा निर्वाचनमा भने क्षेत्र नं १ मा निर्वाचित नेकपा एमालेका दलबहादुर रानाले १९ हजार १ सय ८५, प्रमुख प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर रानाले १२ हजार ८ सय ७५ मत पाएका थिए । यस्तै, तेस्रो भएको नेकपा माओवादीका तुलाराम घर्तीमगरले ६ हजार ५ सय १३ मत पाएका हुन् । यस्तै, सोही निर्वाचनमा राप्रपाकी परमेश्वरी देवी घिमिरेले ५ सय ९२, जनमोर्चा नेपालकी लक्ष्मी ज्ञवालीले ४ सय ७८, नेकपा एकीकृतका  भीमबहादुर नामजाली २ सय ८०, राष्टिय जनमोर्चा दानबहादुर गाहाले २ सय ४० र राजमुका उज्जरसिंह दर्लामीले १ सय ५५ मत पाएका थिए ।

यस्तै, क्षेत्र नं २ मा निर्वाचित भएका नेकपा माओवादीकी लीलाकुमार बगालेले १२ हजार ७ सय ५० र प्रमुख प्रतिद्वन्द्वी एमालेका सोमप्रसाद पाण्डेयले १० हजार ९ सय २९ मत प्राप्त गरेका थिए । तेस्रो भएको कांग्रेसका राजनप्रसाद पन्तले १० हजार ८ सय २० मत पाएका थिए । यस्तै, राष्टिय जनमुक्ति पार्टीका टोपबहादुर अस्लामीले १हजार ७ सय ६, राप्रपाका तुलसीप्रसाद श्रेष्ठले ६ सय १३, जनमोर्चा नेपालका राजेश श्रेष्ठले ४ सय १०, राष्टिय जनमोर्चाका विरबहादुर मगरले १ सय ८७, राष्टिय जनशक्ति पार्टीका त्रिलोचन गौतमले १ सय ३२ र राष्टिय प्रजातन्त्र पार्टी नेपालका धातानन्द भटराइले ३९ मत पाएका थिए ।

यस्तै, क्षेत्र नम्बर ३ मा निर्वाचित एमालेका कुलप्रसाद नेपालले १२ हजार ९ सय ५१ र प्रमुख प्रतिद्वन्द्वी कांग्रेसका हरिप्रसाद नेपालले १२ हजार ६ सय १९ मत पाएका थिए । दुबै खस्यौली गाविसका हुन् । तेस्रो भएको नेकपा माओवादीका नेत्रप्रसाद पाण्डेयले १२ हजार २ सय ३२ मत प्राप्त गरेका थिए । यस्तै,  राप्रपाका डुलबहादुर कुँवरले ७ सय ६५, जनमोर्चा नेपालका यज्ञप्रसाद आचार्यले ४ सय १७, राष्टिय जनमुक्ति पार्टीका बालकिशोर रानाले ३ सय ८४, राष्टिय जनमोर्चाका सोमबहदुर कार्कीले ३ सय ४५, नेकपा एकीकृतका नविन थापाले १ सय ७२, नेकपा संयुक्त माक्र्सवादीका उमबहादुर सोमैले १ सय ४२ र राप्रपा नेपालका कर्णबहादुर थापामगरले ५१ मत पाएका थिए । यस जिल्लामा एमाओवादी, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
– See more at: http://www.ekantipur.com/np/2070/6/30/full-story/377489.html#sthash.Lev97xbx.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.