माओवादीले बहिस्कारको अनुरोध गर्ने तर हस्तक्षेप नगर्ने


माओवादीको ‘भद्र बहिस्कार’ नीति
दुर्गालाल केसी
दाङ, आश्विन २४ – नेकपा-माओवादीले संबिधानसभा निर्वाचन भद्र तरिकाले  बहिस्कार गर्ने रणनीति लिएको छ । माओवादीको हिजो र आज लमहीमा भएको पदाधिकारी बैठकले लचिलो बहिस्कार नीति तय गरेको हो

जनतालाई निर्वाचन बहिस्कारका लागि अनुरोध गर्ने तर भोट हाल्नबाट जर्वजस्ती  नरोक्ने योजना बनाएको अध्यक्ष मोहन बैद्यले बताए । निर्वाचन बहिस्कार’bout जनतालाई सचेत पार्न अब गाउँ गाउँमा जागरण अभियान चलाउने निर्णय भएको बैद्यले जानकारी दिए । आफै कतै पनि आक्रमण गर्न नजाने तर दमन भए प्रतिकार गरिने उनले बताए ।

बैठकमा हालै सम्पन्न पोलिटव्युरो बैठकका निर्णय र हालसम्मको अन्य दलहरुसँगको वार्ता प्रक्रिया’bout समीक्ष्ाा तथा मूल्यांकन भएको उहाले बताए । बैठकमा अध्यक्ष बैद्यका साथै उपाध्यक्ष सीपी गजुरेल,  महासचिव रामबहादुर थापा, सचिव नेत्रविक्रम चन्द, पोलिटव्युरो सदस्य कुलप्रसाद केसीका साथै अन्य कन्द्रीय नेताहरुको सहभागिता थियो ।

निर्वाचन बहिस्कारको योजना र जनतामाझ बहिस्कारका कार्यक्रम सञ्चालनसम्बन्धी छलफल गर्न अबध, थारुवान, मगरात, भेरी-कणर्ाली र सेती-महाकाली राज्य समितिका नेताहरु पनि लमहीमा जुटेका छन् । उनीहरुले केन्द्रीय पदाधिकारी बैठकको मर्म अनुसार कार्यक्रम तयार पार्ने माओवादीले जानकारी दिएको छ ।
– See more at: http://www.ekantipur.com/np/2070/6/24/full-story/377313.html#sthash.s8ozGMDD.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.