गोली हानिएका एमाले उम्मेदवार मृत घोषणा


image.phpकाठमाडौ, आश्विन २४ – एमाले बारा क्षेत्र नं.- ४ का उम्मेदवार एवं केन्द्रीय सदस्य महमुद आलमलाई मृत घोषणा गरिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको आलमको अस्पतालले केहीबेर अघि मृत्यु भइसकेको घोषणा गरेको छ ।  

एमाले नेता नजीर मियाँले  उनको शव शिक्षण अस्पतालबाट निकालेर पार्टी कार्यालयमा लैजाने  छलफल भइरहेको बताएका छन् । आलमको शव गृहजिल्ला बारा स्थित परवानीपुरमै लगेर अन्त्येष्टि गरिने मियाँले जानकारी दिए ।  उनको शवलाई एमाले मुख्यालय बल्खुमा केही घण्टा राखेर बारा लैजाने तयारी भइरहेको छ ।

संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिएकै भोलिपल्ट असोज १८ गते बाराको परवानीपुरस्थित चसावती मिल अगाडि आलमलाई गोली हानिएको थियो । गोली लागेर गम्भीर घाइते भएका उनलाई  बिहीबार अस्पतालले मृत घोषणा गरेको हो ।

एमाले निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्षसमेत रहेका आलमलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।

– See more at: http://www.ekantipur.com/np/2070/6/24/full-story/377307.html#sthash.34ieo2tl.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.