पाइलट बिरामी भएपछि यात्रुले उडाए जहाज


3ce52c9f0fdff1e66225a5e6022ce9e2_Lएजेन्सी लन्डन– एक पटक सोच्नुस् त ! तपाई हवाइ यात्रामा हुनुहुन्छ, विमानका पाइलट अचानक विरामी भए के तपाई अब जहाजलाई अवतरण गर्ने हिम्मत गर्न सक्नु हुन्छ? बेलायतको हम्बरसाइड विमानस्थलमा यस्तै भएको छ। उडिरहेको विमानका पाइलट विरामी भएपछी एक यात्रीले जहाजको सफलतापूर्वक अवतरण गर्न सफल भएका छन्।
पाइलट अचानक विरामी भएपछि विमानस्थलमा आपतकालीन सन्देश पठाइएको थियो। यसपछि दुई उडान प्रशिक्षकले जहाजको ककपिटमा बसेका यात्रीलाई विमान तल झार्ने निर्देशन दिएका थिए। ‘यात्रुको उडान सम्बन्धी कुनै अनुभव थिएन तर उनले उल्लेखनीय काम गरे’ हवाइ उडानको प्रशिक्षण दिने राय मरेले भने– ‘वास्तवमा उनले राम्रो अवतरण गरे।’

यात्रीलाई हवाइ जहाजको लेआउट ’bout कुनै जानकारी थिएन। ‘रातको समयमा उज्यालो पनि कम थियो एक प्रकारले भन्दा विमान नेत्रहीन भएको थियो’, मरेले भनेका छन्।

जहाज उडाउने यात्रुले यस भन्दा पहिला एक पटक मात्र यात्रीका रुपमा जहाजमा उडान गरेका थिए तर उनले कहिल्यै जहाज उडाएका थिएनन्।

मरेले आपतकालीन अवस्थामा जहाज उडाइरहेका यी यात्रुलाई विमान अवतरण गर्ने प्रक्रिया सिकाइरहेका थिए र उनलाई शान्त रहन आग्रह गरेका थिए।

चौथो कोसिसमा विमान सुरक्षित अवतरण भएपछि विमानस्थलको नियन्त्रणकक्षमा ताली बजेको थियो। विमानले सेनफोट विमानस्थलबाट उडान भरेको थियो। उक्त समयमा विमानमा पाइलट र उनै यात्री मात्र थिए। पाइलटको अवस्थाको ’boutमा कुनै जानकारी दिइएको छैन।

One response to “पाइलट बिरामी भएपछि यात्रुले उडाए जहाज

  1. nahune kura waihat,k plane ma aru staff hudainan? jastai ko pitot air hostes etc,maile sune ansar harek plane ma 2 pilot hunxan.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.