निर्वाचन निश्पक्ष र भयरहित हुन्छ : गृहमन्त्री घिमिरे


विजय चालिसे
२३ असोज, चितवन । गृहमन्त्रि माधव प्रसाद घिमिरेले दोस्रो संविधानसभाको निर्वाचन स्वतन्त्र निश्पक्ष र भयरहित ढङ्गवाट गराउन सरकार प्रतिवद्ध रहेको वताउनुभएको छ । संविधान सभा निर्वाचन संम्वन्धि क्षेत्रिय सुरक्षा गोष्ठिको आज भरतपुरमा उद्धघाटन गर्दै मन्त्री घिमिरेले निर्वाचन सुरक्षाका लागि एकिकृत सुरक्षा योजना तयार भएर तल्लो निकाय सम्म पुर्‍याउने काम भईरहेको वताउनुभयो ।

मतदान केन्द्रलाई लक्षित सुरक्षा रणनिति तयार भईसकेकेा वताउदै उहाँले १० हजार १७ वटा मतदान केन्द्र सुरक्षित हुने स्पष्ट पार्नुभयो । केहि दलहरुले संविधान सभा निर्वाचनका विरोधमा रहेको प्रति संकेत गर्दै गृहमन्त्रि घिमिरेले प्रतिकुलतालाई अनुकुलतामा परिणत गरेर निधक्कसँग निर्वाचन गराउन सरकार लागि परेको वताउनुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न गर्न कुनै कसर वाँकि नराख्ने वताउनुभयो । आफ्नो २३ वर्षे निर्वाचन अनुभवमा अहिलेको तयारी उत्साहा जनक र विश्वासिलो पाएको भन्दै उहाले सरकारले निर्वाचनलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा पुरै तयारी गरेकेा आफुले पाएको वताउनु भयो । अवको समय मतदान केन्द्रमा जाने दुरी नाप्ने समय भएको भन्दै उप्रेतिले भन्नुभयो ‘हातमा जौ, कुश र तिल लिएर हामी प्रतिवद्ध भएर लागेका छौ । राष्ट्र निर्वाचन मय भएको छ, जसरी पनि शान्तिपूर्ण रुपमा निर्वाचन हुन्छ ।’

सो अवसरमा गृह सहसचिव शंकर प्रसाद कोईरालाले निर्वाचन केन्द्रित रणनितिलाई तल्लो निकाय सम्म पुर्याउने र प्रभावकारी वनाउने विषयमा गोष्ठि केन्द्रित हुने वताउनुभयो । कस्तो रणनिति वनाएर के के कुरामा ध्यान दिने केन्द्र, जिल्ला, क्षेत्र आदि संगको संम्मन्वय लगाएतका विषयमा पनि छलफलहुने उहाँको भनाई छ । गोष्ठिमा गृह सचिव जनार्धन नेपाल, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक कुवेर सिंह राना, शशस्त्र प्रहरीका महानिरिक्षक कोश राज वन्त नेपाली सेनाका वलाधिकृत रथि नेत्र वहादुर थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान निर्देशक मोति वहादुर गुरुङ्, लगाएको सहभागिता रहेको छ । मध्यमाञ्चलका नौ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेकेा निर्वाचन केन्द्रित गोष्ठि आजै सकिदै छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.