चुनावमा सबै सुरक्षा संयन्त्र परिचालन हुन्छन् : गृहमन्त्री घिमिरे


आरपी सुवेदी
sammelan२२ असोज, नेपालगन्ज । गृहमन्त्री माधवप्रसाद घिमिरेले सरकारले निर्वाचनको सुरक्षाको लागि चारवटै सुरक्षा संयन्त्रलाई परिचालन गर्ने गरी एकीकृत सुरक्षा प्रणाली तयार पारिएको जानकारी दिनु भएको छ । उहाँले निर्वाचनका लागि सबै राजनीतिक दलको सहभागिता सुरनिश्चित गर्नको लागि अथक प्रयास गरेको भए पनि केही दल विषेशले निर्वाचनमा भाग नलिएकोले सुरक्षामा चुनौति आउन सक्ने अनुमान गरी आईपर्ने चुनौतीको सामना गर्नेगरी तयारी अगाडि बढाएको स्पष्ट पार्नु भयो ।
निर्वाचन सुरक्षासम्बन्धि एकदिने मध्यपश्चिमाञ्चल क्षेत्रीय सुरक्षा सम्मेलनलाई बाँकेको नेपालगन्जमा सम्बोधन गर्दै उहाँले भन्नुभयो-’ एकीकृत सुरक्षा प्रणलीलाई अवलम्बन गर्दै उम्मेदवार तथा चुनावी अभियानमा रहेका राजनीतिक दलहरुको समेत सुरक्षा प्रबन्ध मिलाउने गरी तयारी गरिएको छ ।’ उहाँले कुनै दल विषेशको नाम नै नलिएर चुनाव विथोल्ने घोषणा गरेका दलहरुको कारण सुरक्षामा चुनौती आउने भएपनि सरकारले आफ्नो एकमात्र प्रमुख कार्यभार चुनाव सम्पन्न गराउने भएको र सोही कार्यलाई प्राथामिकतामा राखेर गठन भएकोले जुनसुकै अवस्थामा पनि चुनाव हुने गरी सुरक्षा व्यवस्था मिलाईने बताउनु भयो ।

उहाँले निपष्क्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान हुन सक्ने गरी सुरक्षा बातावरण बनाईने दावी गर्नु भयो । कार्यक्रममा गृहसहसचिव शंकर कोइरालाले निर्वाचनको सुरक्षा अवसर र चुनौतिको विषय भएकोले निर्वाचन क्षेत्र, जिल्ला र क्षेत्रगत तहमा बनाईएको सुरक्षा योजनाको ’boutमा एकीकृत रणनीति बनाउनको लागि सो सम्मेलनको आयोजना गरिएको स्पष्ट पार्नु भयो ।

सम्मेलनमा निर्वाचन आयुक्त डा. रामभक्त पिबि ठाकुर, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक कुवेरसिंह राना, सशस्त्र प्रहररकारका महानिरिक्षक कोषराज वन्त, नेपाली सेनाका बलाधिकृत रथी नेत्रबहादुर थापा, राष्ट्रिय अनुसंधानका प्रमुख मोती गुरुङ्गलगायतका सुरक्षा निकाय अधिकारीहरुको सहभागितो छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.