दुई माओवादीको झडपमा एक दर्जन घाइते


विप्लव महर्जन
सल्यान, आश्विन १७ – एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीबीच खलंगाको पुरानो बसपार्कमा झडप भएको छ । झडपमा परी दुवै पक्षका गरी एक दर्जन घाईते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घाइतेमध्ये सल्यान-रुकुम यातायातका अध्यक्ष रहेका एमाओवादीका राज्य समिति सदस्य लोकमान बुढाथोकीको टाउकोमा चोट लागेको छ । यस्तै नेकपा माओवादीका जिल्ला ईञ्चार्ज असल क्षेत्री, श्याम भण्डारी, गणेशमान सिंह, केशवराज शर्मा, बोधिराम विष्टलगायत एक दर्जन घाईते छन् । घाईतेमध्ये श्याम भण्डारीको अवस्था गम्भीर रहेको नेकपा-माओवादीले जनाएको छ ।

दिउँसो १२ बजेतिर नेकपा माओवादी सल्यानले चार दलको पुत्ला दहन गरिरहेको समयमा एकीकृत माओवादीका कार्यकर्ता उम्मेदवारी दर्ता गर्न जानेक्रममा झडप भएको थियो । झडपका कारण सदरमुकाम खलंगा तनावग्रस्त छ ।

दुवै पक्षबाट ढुंगा प्रहार गर्दा सदरमुकाममा रहेका केही पसलहरुमा समेत क्षति पुगेको छ । झडपमा लाठी तथा ढुंगा हानाहान भएपछि सर्वसाधारणहरुको विचल्ली भएको थियो । प्रहरीले दुवै पक्षलाई झण्डै २० मिनेटको झडप पछि तितरवितर गरेको थियो ।
– See more at: http://www.ekantipur.com/np/2070/6/17/full-story/376856.html#sthash.kXfpT0oP.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.