रेग्मीले भने ‘चुनावी अवरोध पानीको फोका’


काठमाडौ, आश्विन १६ – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंसिर ४ का लागि निर्धारित संविधानसभा चुनावका अवरोधहरू ‘पानीका थोपाजसरी बिलाएर जाने’ दाबी गरेका छन् । राष्ट्रसंघको ६८ औं महासभामा संक्षिप्त सहभागिता जनाएर मंगलबार फर्केका उनले  तोकिएकै मितिमा चुनाव हुने बताए । ‘कुनै त्यस्तो द्विविधा र घटनाक्रम छैन, जसले गर्दा चुनाव नहोस् । सानातिना कुरा आउँछन् पानीको फोका जसरी बिलाएर जान्छन्,’ सार्वजनिक अभिव्यक्तिमा कम रुचि राख्ने रेग्मीले काठमाडौं विमानस्थलमा सञ्चारकर्मीसँग भने ।

मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि निर्वाचनको विकल्प नभएको बताउँदै उनले सरकारको प्रतिबद्धताअनुरूप निर्वाचन तयारी सहजरूपले भइरहेको उल्लेख गरे । ‘दुई दिनमै अब उम्मेदवारी दर्ता छ । यसै गरी अगाडि बढ्छ,’ उनले भने ।

प्रधानन्यायाधीशको पदमा रहँदारहँदै कार्यपालिका प्रमुख बन्न पुगेका रेग्मीले मन्त्रिपरिषद् अध्यक्ष भएयताकै सबैभन्दा प्रस्ट र आत्मविश्वासपूर्ण सार्वजनिक अभिव्यक्ति राष्ट्रसंघबाट फर्केर दिएका हुन् । माओवादीलाई चुनावमा ल्याउन आफूलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउने विषयसम्बन्धी चर्चालाई उनले ‘समाचारका लागि आएको समाचार’ भन्ने संज्ञा दिए । ‘अहिलेसम्म जुन प्रक्रियाबाट चलेर आयो, चुनावसम्म त्यही रहन्छ,’ उनले भने । स्रोतका अनुसार न्युयोर्कबाट फर्केर सञ्चारमाध्यमसँग बोल्न रेग्मी स्वयंले विशेष इच्छा जाहेर गरेका हुन् । उनले मुन र सिंहसँग भेट’bout पनि प्रकाश पारे ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.