घान्द्रुक समाज हङकङद्वारा आयोजित पाचौं पुरुष भलिबल प्रतियोगिता सम्पन्न!


मुक काजी गुरुङ, हङकङ

1381163_648382285193409_1889672295_n०१ अक्टोबर २०१३ का दिन घान्द्रुक समाज हङकङले चुनमुन बटरफ्लाई बिचमा पाचौं खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरि सम्पन्न गरेको छ। उक्त प्रतियोगितामा घान्द्रुक ए, घान्द्रुक बी, संखुवासभा, युनिटी क्लब, पुन क्लब, बाग्लुङ, स्याङ्जा र पाथीभरा गरि जम्मा ८ टीमको सहभागिता रहेको थियो।

घान्द्रुक समाज हङकङका अध्यक्ष मन प्रसाद गुरुङद्वारा उद्द्घाटन गरि शुरुवात गरिएको भलिबल प्रतियोगितालाई रेफ्रीहरु मन बहादुर गुरुङ र बिकास गुरुङले सञ्चालन गरेका थिए। खेलको शुरुवात पोल ए बाट घान्द्रुक ए बिरुद्ध घान्द्रुक बी, संखुवासभा बिरुद्ध युनिटी क्लब यसैगरि पोल बी बाट पुन क्लब बिरुद्ध बाग्लुङ र स्याङ्जा ए बिरुद्ध पाथीभरा रहेको थियो भने पोल ए बाट घान्द्रुक ए र संखुवासभाले सेमिफाइनलमा प्रवेश गरेका थिए। यसैगरि पोल बी बाट पुन क्लब र स्याङ्जा ए पनि सेमिफाइनलमा प्रवेश गरेका थिए।

64200_648382078526763_907560523_nक्वार्टर फाइनल सम्मको खेल वेष्ट अफ थ्रीको आधारमा खेलाइएको थियो भने सेमिफाइनल र फाइनल खेल भने वेष्ट अफ फाइवको आधारमा खेलाइएको थियो। सेमिफाइनल खेल अन्तर्गत घान्द्रुक ए बिरुद्ध संखुवासभा बीच भएको खेलमा घान्द्रुक ए ले संखुवासभा माथि विजयी हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेका थिए भने पोल बी बाट स्याङ्जा ए बिरुद्ध पुन क्लब बीच भएको खेलमा स्याङ्जाले पनि फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेका थिए।

घान्द्रुक निवासी राष्ट्रिय खेलाडी ईश्वर घमालको प्रमुख आकर्षणमा घान्द्रुक समाज बिरुद्ध स्याङ्जा ए बीच फाइनल खेल हेर्नलाई दर्शकहरुको घुईंचो नै लागेको थियो। हङकङको इतिहासमा घान्द्रुक समाज र स्याङ्जा ए निक्कै नै शक्तिशाली टीम मानिन्छ र खेल भयो पनि घमासन नै। क्रमिक रुपमा प्रतिस्पर्धात्मक खेलको सुरुमा स्याङ्जाले आफ्नो विजय यात्रा आरम्भ गरे भने दोस्रो खेल घान्द्रुकले गर्दै अन्तत: राष्ट्रिय खेलाडी ईश्वर घमालको समर्थन पाएका घान्द्रुक समाजले स्याङ्जा ए लाई ३-२ को सेटमा पराजित गर्दै आफै आयोजक रहेको पाचौं खुल्ला पुरुष भलिबलको उपाधि स्वयं घान्द्रुक समाज हङकङले नै चुम्न सफल भएका छन। उपाधिसंगै घान्द्रुक समाजले हङकङ डलर १० हजार,मेडल,प्रमाण पत्र र ट्रफी हात पारे भने उपविजेता स्याङ्जा ए ले नगद हङकङ डलर ६ हजार,मेडल,प्रमाण पत्र र ट्रफी हात पार्न सफल भएका छन।

1383512_648381901860114_1284405151_nप्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई नगत तथा ट्रफी पनि प्रदान गरिएको थियो। जसमा सेमिफाइनल अन्तर्गत भएको खेलमा म्यान अफ द म्याचको उपाधि स्याङ्जा ए का युवा खेलाडी जर्सी नम्बर ५ बिनोद कुमार गुरुङले चुम्न सफल भए। यसै गरि स्याङ्जा ए कै गंगा गुरुङ र बिष्णु गुरुङ क्रमश: बेष्ट डिफेन्स र बेष्ट लिफ्टरको उपाधि चुम्न सफल भए। उपाधिसंगै उपाधि बिजेताहरुले ट्रफी हात पारे भने घान्द्रुक समाजका जर्सी नम्बर १ प्रकास गुरुङ र राष्ट्रिय खेलाडी ईश्वर घमालले क्रमश: बेष्ट स्पाइकर तथा बेस्ट खेलाडीको उपाधिसंगै ट्रफी र नगद पनि हात पार्न सफल भए।

1380084_648381908526780_879050306_nप्रतियोगितामा बिजयी खेलाडीहरुलाई घान्द्रुक समाजका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले पुरुस्कार वितरण गरेका थिए। प्रतियोगितालाई सफल पार्न आर्थिक सहयोग गरेका प्रायोजक दाताहरुलाई सम्मान गरेका थिए। यसै सिलसिलामा घान्द्रुक समाजकै वरिष्ठ खेलाडी महेन्द्र गुरुङ र आकाश गुरुङ् पनि राष्ट्रिय खेलाडी ईश्वर घमालको हातबाट सम्मानित भए भने राष्ट्रिय खेलाडी घमाललाई पनि समाजले सम्मान गरे।कार्यक्रममा छोटो औपचारिक कार्यक्रम मार्फत कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोग दाताहरुलाई धन्यवाद ब्यक्त गरेका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.