आधुनिकता र परिवर्तनको भुमरीमा: हराएको नेपालीपन


सच्चा नेपाली भई एकपटक गम्भिर मनन गरौँ है त!

-बिनोद गिरी, बारा, डुमरवाना ,४ (भारतिचोक)

 सुन्दर, शान्त अनि विशाल यीनै तिन अभिन्न मन्त्रहरुको समिश्रण हो हाम्रो मातृभूमि नेपाल । चारजात अनि छत्तिस वर्णको फुलबारी, भिन्नभिन्न भाषाभाषि, फरक फरक जातजाति अनि आफ्नै छुट्टै संस्कृति र मौलिकपन बोकेको देश हो तपाई हामी सम्पुर्ण नेपालीको जन्मभूमि नेपाल । विश्वको मानचित्रमा सानो स्थान ओगटेको, अनि आर्थिकरुपले विपन्नताको सूचिमा रहेतापनि आफ्नो संस्कृति,  भेषभुषा , भाषा अनि सुन्दर प्राकृतिक मनोरम  दुश्यले आफुलाई विश्वसामु  चिनाउन सफल राष्ट्र हो  हाम्रो यस देश नेपाल ।भनिन्छ आजको युग भनेको २१ औँ शताब्दीको परिवर्तनशिलको युग हो । आज विश्वका हरेक मानिसहरुले यहि परिवर्तन र आधुनिकतालाई विभिन्नरुपमा अगाँलीरहेका छन् । यही आधुनिकता अनि परिवर्तनको प्रभाव हाम्रोजस्तो विकासोन्मुख मुलुक नेपालमापनि पर्दै गएको छ, हामी देख्न सक्छौ आजभोलि हामीले हाम्रो सम्पुर्ण मौलिक जीवनशैलि र संस्कृतिलाईनै विर्सेर आधुनिकतालाई निमन्त्रणा दिन तल्लिन भईरहेका छौ । हरेक क्षेत्रमा आज आधुनिकपन देख्न सकिन्छ, हाम्रो भेषभुषा, भाषा, संस्कृति, रहनसहन चारैतिर  । आज हामीले हाम्रा हरेक कृयाकलापहरुलाई परिवर्तन गर्दै गएका छौँ । तपाई हामीले देख्न सक्छौँ आझभोली  कतै पनि हाम्रो नेपालीपनबोकेको संस्कृति, भेषभुषा, भाषा पाउन सक्दैनउ, किनकी हामी  भन्छौ यो जमाना  भनेको आधुनिक जमाना हो जमाना अनुसार चल्न सिक्नुपर्दछ । त्यही जमानाअनुसार चल्नकै लागी आज हामीले हाम्रा  हरेक  कृयाकलापहरुमा परिवर्तन गरिरहेका छौ ।

लौ एकैछिन यतातर्फ ध्यान पुर्याउत अब बास्तवमै हामी कहाँ कहाँ कसरी परिवर्तित भईरहेका छौँ त ? तपाईहामी आझभोलि के देख्न सछौ भनि, तपाई हामी नेपाललीलाई सुसजित बनाई नेपाली हो भनि चिनाउने हाम्रो राष्ट्रिया  पोशाक दौाराशुराल र भादगाउँले टोपि  लगाउने भनेको कि नेता मन्त्री बन्दा सपथ खादा नत्र अब स्रङग्रालयमामात्र सजाई  राखेको मात्र पाउन सक्छौ । हामी आफ्नो देशको राष्ट्रिया  पोशाक लगाई हिड्न लाज मान्छौ तर अरुको देशको  च्यातेको, फाटेको र अर्धनग्न बनाईदिने पोशाक लगाउँदा आफुलाई ठुलो मान्छे भएको महशुस गर्दछौँ ।

के आधुनिकपन भनेको यहि हो त जहाँ आफ्नो भेषभुषालाई थन्काई विदेशी पहिरन पहिरनु पर्ने ? नेपालीपन कहाँ छ त भनेर खोजी गर्नुपर्ने बेला आएको छ आझ हाम्रो नेपालीसमाजमा  किनकी आझ यस आधुनिकपनले  चारैतिर जरा गाडिसकेको छ । यस्तै पहिलापहिला हाम्रा गाउँघरमा गाइने ती सुन्दर लोकभाकाह अनि लोकबाजाकाधुनहरु आझ कतै सुन्न पाउदैनउ हामी किनकी आझ हामीलाई आफ्नो देशको लोकभाका सुन्न भन्दा पश्चिमी संस्कृतिको गंगनम स्टाईल र मुन्नीबदनाम र डयाङ्गडयाङ्ग डुङ्ग प्रकारका धुनहरु भएका गितहरु सुन्न बढी आन्नद  लाग्छ अनि ती गीतहरुमा  रम्न  पाउँदा हामी आफुलाई ठुलो मान्छे भएको महशुस गर्न थाल्दछौँ ।

जतासुकै पनि यो आधुनिकपनले अर्थात विदेशीपनले छोएको छ हामी नेपालीहरुलाई, अरुको त कुरै छोडुम आझभोलि हामी नेपालीहरुले आफनो देशको राष्ट्रिय भाषा नेपाली भाषा आफनै देशमा बोल्नलाई हिचकिचाइरहेका छौँ हामी जानिनजानिकन भए पनि अङग्रेजी भाषा बोलि आफुलाई ठुलो मान्छै भएको देखाउन खौज्छौ अब हजुरहरु आफै सोच्नुहोस त आफनो देशमा आफनो भाषा बोल्न लाज मान्ने हामी कस्तो नेपाली  ? त्यस्तै आझभोलि हाम्रा चाडपर्वहरुमा  पनि नेपाली मौलिकपन पाउन छाडीसकेको छ, आझ हामी चाडपर्वका बहानाम नचाहिँदो खर्च अनि तडकभडक देखाई मस्तिले चाडपर्व मनाउदै छौँ, यतिसम्मकी एकातर्फ भगवानको पुजा भईरहेको हुन्छ तर त्यहा भगवान को भजनको साटो विदेशी संगित जोड जोडले बझाई नशामा मातिरहेका हुन्छन युवावर्गहरु, ए भाई किन यस्तो गरेको भनि बुढापाखाले भने भनि उनिहरुको जवाफ के हुन्छ थाहा छ, हया यो आधुनिक जमाना हो बाजे अब कहाँ पहिलेको कुरा गरिरहनुभाको, पलिेका कुरा त खुईलेरे । हामी नेपालीको चाडपर्व मनाउने आफनै छुटै मौलिक नेपाली तरिका छनि तर खै त हामीले त्यसलाई मनन गर्नृ खोजेको ।

परिवर्तन हुनु संसारको नियम नै हो तर परिवर्तन पनि सकारात्मक हुनुपर्दछ हामीले राम्रो कामको लागि आफुलाई परिवर्तन गरि अघि बढ्न सक्नुपर्छ । म नेपाली, तपाई नेपाली, हामी सम्पुर्ण नेपाली दाजुभाईदिदीबहिनी तपाईहामी साह्रै भाग्यमानि छौ किनकी हामी नेपालजस्तो महान देशमा जन्मिएका छौँ, अब तपाईहामी सम्पुर्ण नेपालीहरुको मनमष्तिकमा नेपालीपनको भावना जागकृत हुनु जरुरी छ र हामी सबैलै मिलेर हाम्रो देशको मौलिक पहिचानलाई लोभहुनबाट बचाउनुपर्छ, नत्रभनि भोलिका भावि सन्ततीहरुले हामी नेपाली हुनुको पहिचान नै विर्सिनिछन र धिकार्नेछन तपाईहामीलाई ।

तपाई सम्पूर्णलाई मेरो के अनुरोध छ की कृपया हजुरहरुले सानै उमेरबाट आफना नानिबाबुहरुलाई देशभक्तिको भावना जागित हुने कुराहरु सिकाउनुहोस, अनि गम्भिर भई सौचौँ के हामी नेपालीआमाको कोखमा जन्मलिई आझ तीनै आमा र तीनै आमाको मौलिकपनलाई आधुनिकता अनि परिवर्तन गर्ने बहानामा आफ्नो मौलिक नेपालीपनलाई परिवर्तन अनि विर्सेर खुसी रहन सक्छौँ त ?

            जय देश, जय नेपाल, जय संस्कृति, जय स्वाभिमान, जय नेपाल आमा

One response to “आधुनिकता र परिवर्तनको भुमरीमा: हराएको नेपालीपन

  1. thank u so much for publsih my articles on your website i am so happy if anyone want to make me facebook friends then add me :
    http://www.faebook.com/binod.giri102
    or contact me 9845646620

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.