कतारमा नेपालीको शोषण भएको छैन : दूतावास


अन्तराष्ट्रिय दबावपछि भनियो- ‘नेपाली पूर्ण सम्मानित र सुरक्षित’
१५ असोज, काठमाण्डौ – कतारमा नेपाली कामदारको चरम शोषण गरिएको र दैनिक एकजना भन्दा बढी नेपाली मृत्यु भइरहेको भन्दै अन्तराष्ट्रिय सञ्चारमाध्यममा आइरहेका समाचारलाई कतारस्थित नेपाली राजदूतावासले खण्डन गरेको छ ।विश्वकप आयोजनाका लागि तयार गर्न लागिएका भौतिक संरचना निर्माणमा कतारले नेपाली कामदारलाई निकै दयनीय अबस्थामा काम लगाइरहेको भन्दै बेलायतको गार्जियन दैनिकले ‘आधुनिक दासता’को संज्ञा दिएको थियो ।

अन्तराष्ट्रिय जगतमा कतारको बेइज्यत भएपछि सोमबार कतार र नेपालका अधिकारीहरुले संयुक्त पत्रकार सम्मेलन गरी ‘कामदार पूर्ण सम्मानित र सुरक्षित’ रहेको दाबी गरे ।
नेपाली राजदूतावासका कर्मचारी एवं समस्यामा परेका नेपालीहरुलाई कानुनी सहायता उपलब्ध गराउने कतारी नागरिक मोहम्मद रमादानले भने-’त्यो झुठो रिपोर्टमा उल्लेख गरिएका सवै तथ्यलाई हामी अस्वीकार गर्छौं र रिपोर्ट छाप्नेहरुलाई हामी आग्रह गर्दछौं कि आफ्नो निहीत स्वार्थ प्राप्तिका लागि नेपाली कामदारको दुरुपयोग नगर्नुस् ।’

उनले नेपाली कामदार कतारमा पूर्ण सम्मानित र सुरक्षित भएको दावी गरे । अघिल्लो वर्ष कतारमा २ सय ७६ जना नेपाली कामदारको ज्यान गएको नेपाली राजदूतावासको तथ्याङ्क उदृत गर्दै रमादानले त्यसमध्ये २० प्रतिशतको मात्रै कार्यक्षेत्रमा ज्यान गएको दावी गरे । यो बर्षको ८ महिनामा १ सय ५१ जना नेपालीको ज्यान गएको र त्यसमध्ये जम्मा १० प्रतिशतको मात्र निर्माण क्षेत्रमा काम गर्दा ज्यान गएको उनको दाबी छ । गार्जियनको रिपोर्टमा नेपाली राजदूतावासलाई हवाला दिँदै जुन ४ देखि अगष्ट ८ तारिखसम्म ४४ नेपाली कामदारको ज्यान गएको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर, कतारी पक्षले सो तथ्याङ्क नै गलत भएको दावी गरेको छ ।

कतारको राष्ट्रिय मानवअधिकार समितिका अध्यक्ष अलि अल मारीले भने-’वास्तविक तथ्याङ्क र त्यहाँ उल्लेख गरिएको तथ्याङ्कमा निकै ठूलो अन्तर छ ।’कतारमा नेपाली कामदारको मानवअधिकारको अवस्था दयनीय रहेकोतर्फ इंगित गर्दै कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले बीबीसीसँगको अन्र्तवार्तामा कतारलाई खुला जेलको संज्ञा दिएकी थिइन् । त्यसप्रति असन्तुष्ट कतारले शर्मालाई फिर्ता बोलाउन नेपाललाई दबाब दिएको थियो । सोही आधारमा शर्मालाई नेपाल सरकारले पिर्ता बोलाइसकेको छ ।
पश्चिमा सञ्चारमाध्यमले उजागर गरिदिएको नेपाली कामदारको दयनीय अवस्थापछि कतार निकै ठूलो अन्तराष्ट्रिय दवावमा परेको छ । सन् २०२२ को विश्वकप अयोजना नै कतारले नपाउने खतरा बढेपछि अहिले फेरी नेपाली राजदूतावासलाई नै प्रयोग गरेर कतारमा नेपाली कामदार पूर्ण सुरक्षित र सम्मानित रहेको भन्न लगाइएको छ ।

-रोयटर्सको रिपोर्टमा आधारित

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.