सर्वोच्चले सोध्यो- ‘विदेशमा बस्नेलाई भोट हाल्न किन नदिने ?’


विदेशमा बस्ने नेपालीलाई मत खसाल्न नदिनुको कारण पेस गर्न सरकारलाई आदेश
काठमाडौं , आश्विन १४ – संविधानसभा चुनावमा विदेशमा बस्ने नेपाली नागरिकलाई पनि सहभागी गराउनुपर्ने भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले सरकारका नाममा आइतबार कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश तर्कराज भट्टको एकल इजलासले जारी गरेको आदेशमा विदेशमा बस्ने नेपालीलाई मत खसाल्न नदिनुको कारण पेस गर्न सरकारलाई भनिएको छ ।

अमेरिकाको भर्जिनिया राज्यको फेयर फ्याक्समा १९९८ देखि बसोबास गर्दै आएका श्यामध्वज कार्कीले गत साता आफूजस्तै विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउनुपर्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।

५६ लाखभन्दा बढी नेपाली विदेशमा बसोबास गर्दै आएकाले तिनलाई संविधान निर्माण प्रक्रियाको पहिलो बिन्दु चुनावमै सहभागी हुनबाट रोक्नु असंवैधानिक भएको उनको तर्क छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.