चिया पसलदेखि प्रधानमन्त्री पदको दाबेदारीसम्म


एजेन्सी
imagesनयाँदिल्ली , भाद्र ३० – बालक हुँदा उनी भारतको गुजरातको रेल्वे स्टेसनमा चिया बेच्थे । चियाको ग्लास पुर्‍याउने र उठाउने त्यो कलिला हातले एक दिन भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) को कमान सम्हाल्ने छ भन्ने कसैले कल्पना पनि गरेका थिएन ।

न उनले सोचेका थिए न उनको हातबाट चिया पिउनेहरूले नै उनी प्रधानमन्त्री पदकै दाबेदार हुने सोचेका थिए । तर, नरेन्द्र दामोदर मोदी नामका यी चमात्कारिक छविका बालकले गुजरातको मुख्यमन्त्रीदेखि शक्तिशाली विपक्षी भाजपाका तर्फबाट प्रधानमन्त्रीको दाबेदारसम्मको यात्रा तय गर्दै अगाडि बढिसकेका छन् ।

सन् २००२ मा गुजरातमा हिन्दु-मुस्लिम दंगा हुँदा उनलाई मृत्युको व्यापारी भनियो । उनलाई यो विशेषणले केही फरक परेन । उनले चीन, जापान र सिंगापुर जस्ता मुलुकको भ्रमण गरेर गुजरातमा विदेशी लगानीलाई बढाए । गुजरातमा उनले गरेको विकासलाई पूरा भारत र विश्वले सम्मान गर्‍यो । उनको नकारात्मकभन्दा विकास-पुरुषको छवि सर्वत्र हाबी रह्यो । भाजपाका संस्थापक मानिने दिग्गज नेता ८२ वर्षे लालकृष्ण आडवानीको चर्को विरोधले पनि उनको यात्रा रोकिएन । बोलीबाट भीडलाई मोहित गर्न सक्ने उनका अगाडि सबैले घुँडा टेके ।

उनीसँग कुनै ठूलो पारिवारिक पृष्ठभूमि वा बलियो आधारशिला थिएन । सन् १९५० को १७ सेप्टेम्बरमा गुजरातको मेहसाना जिल्लाको वादनगरमा निम्न मध्यमवर्गीय परिवारमा जन्मेका मोदीको पिता दामोदरदास मुलचन्दको एक सानो चिया पसल थियो । मोदा आफैं केटलीमा चिया भरेर रेल्वे स्टेसनका यात्रुहरूलाई बेच्थे । उनको एउटा सानो घर थियो । उनी पढाइमा पनि ठिकै थिए । विश्वले वैज्ञानिक र मानवतावादी प्रणालीको रूपमा स्वीकारेको उनी हिन्दुधर्मका इमानदार अनुयायी थिए । उनी चार दशकसम्म नवरात्रिका दिन उपवास बसे ।

निकै कम उमेरमा बिहे भए पनि उनले दुलहीलाई घरमा ल्याएनन् । धर्मसम्बन्धी गतिविधिमा असर पर्ने हुनाले उनले बिहेलाई सदैव गोप्य राखे । सामान्य मान्छेले बुझ्नै नसक्ने खालको उनको अनौठो चरित्र थियो । उनी महिनौंसम्म घरबाट बेपत्ता हुन्थे, जसका ’boutमा निकटकाहरूलाई पनि थाहा हुँदैन्थ्यो । उनी दुर्गम क्षेत्र वा हिमालयमा गएर एकान्तबासमा बस्ने गर्थे । उनले एक सानो मन्दिरमा पनि जीवनका केही वर्ष बिताए । उनले केही वर्ष साधुको भेषमा घरदैलोमा पुगेर भीक्षा मागेर पनि जीवन निर्वाह गरे ।

सन् १९६७ मा उनले परिवारबाट अलग्गिने निर्णय गरे । १९७१ को भारत-पाकिस्तान युद्धपछि उनी हिन्दु राष्ट्रवादी समूह राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा आबद्ध भए । यसलाई भाजपाको निर्णयमा प्रभावकारी भूमिका खेल्ने सहयोगी संगठन पनि मानिन्छ । दिल्लीको आरएसएस कार्यालयमा आबद्ध हुँदा उनको दैनिकी कठिनपूर्ण थियो । उनी बिहान चार बजे उठ्थे । वरिष्ठ मित्रहरूका लागि चिया-नास्ताको प्रबन्ध गर्थे । चिठीपत्रहरूको जवाफ दिन्थे । भाँडा मस्काउने र कुल्चो लगाउने जिम्मेवारी पनि उनकै थियो ।

सुरुदेखि हिन्दु विचारधाराप्रति झुकाब राख्ने ६३ वर्षे मोदीले सदैव आफ्नो लक्ष्यलाई महत्त्व दिए । कठिन समयलाई पनि अवसरका रूपमा परिवर्तन गर्न सक्ने खुबी उनमा छ । उनी हिन्दुवादी दक्षिणपन्थी राजनीतिको प्रचारक बनेर १३ वर्षमै मुख्यमन्त्रीको पद सम्हाले । अनुहार, रंग र पदभन्दा कामको पहिचान गर्ने भारतीय माटोेको विशेषताले गर्दा मोदीले सडकदेखि सत्तासम्म पुगे । कुनै प्रशासनिक अनुभव नहुँदा पनि पार्टीले विश्वास गरेर उनलाई गुजरातको जिम्मेवारी सुम्पियो ।

उनी दृढ, इमानदार र मिहिनेती भएको निकटहरू बताउँछन् । परिणाम जे आए पनि सम्झौता नगरी अगाडि बढ्ने उनको जुझारु व्यक्तित्व छ । आलोचकहरूले जे भने पनि अद्भुत कार्यक्षमता र आत्मविश्वासले मोदी भारतको राजनीति वृत्तमा सूर्यझैं चम्किरहेका छन् । सर्वेक्षणहरूले पनि उनलाई प्रधामन्त्री पदका लागि सबभन्दा बढी रुचाइएको व्यक्तित्व मानेको छ । शाकाहारी मोदी मितव्ययी जीवनमा विश्वास राख्छन् । एकोहोरो काममा लाग्न र अन्तर्मुखी स्वभावका मोदी गुजराती कवि पनि हुन् ।
– See more at: http://www.ekantipur.com/np/2070/5/29/full-story/375766.html#sthash.2JKKYvmO.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.