तमु प्ये ल्हु संघ हङकङद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न !


मुक काजी गुरुङ, हङकङ

hknews6गत ०१ सेप्टेम्बर २०१३ का दिन तमु प्ये ल्हु संघ हङकङद्वारा याउ मा तेईस्थित “हेनरी जी ल्योङ” कम्यूनिटी हलमा तमु जातिको धर्म, संस्कृति, संस्कार र परम्परा (तमु प्ये तां ल्हु तां) बिषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा संघकै उपाध्यक्ष तथा अन्तरक्रिया कार्यक्रमका संयोजक मन बहादुर तमुको प्रमुख आतिथ्यमा तमु प्ये ल्हु संघ युके र तमु प्ये ल्हु संघ केन्द्रबाट आमन्त्रित तमु जातिको धर्म, संस्कृति, संस्कार र परम्परामा दखल राख्ने पच्यु,पैंडी चिबा यारजङ क्रोम्छे तमु, सह-प्राध्यापक नारायण ल्हेगें तमु, इतिहासविद भोवर पाल्जै तमु,संस्कृतविद लेफ्टिनेन्ट ईन्द्र बहादुर केप्छे तमु र केन्द्रिय प्रशिक्षण सचिव एवं क्ल्हेप्री अध्यक्ष देब टु तमु बिशेष अतिथी तथा वक्ताको रुपमा आसिन थिए। यसै गरि बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई पनि आतिथ्य प्रदान गरिएको थियो।

hknews3संयोजक मन बहादुर तमुको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र तमुले सञ्चालन गरेका थिए भने संघकै सल्लाहकार ईन्जिनियर विजय तमुको संयोजकत्वमा संघका लेखा परीक्षक श्याम तमु, सल्लाहकार तुलाजङ तमु,सल्लाहकार ईन्द्र बहादुर तमु र प्रवक्ता चौ तमु सञ्चालक समूहको रुपमा रहेका थिए।

नेपाल लगायत प्रवासको बिभिन्न ठाउंहरुमा तमुहरुको बिभिन्न समाजहरु जस्तै तमु छोंजधी,तमु धीं, अर्घौं सदन यसै गरि तमु ट्हो ह्युल हङकङ स्थापित भएको हामी देख्दछौं र त्यस मध्ये तमु प्ये ल्हु संघ पनि एक हो। तमुहरुको ती समाजहरु मध्ये तमु छोंजधी,तमु धीं, अर्घौं सदन यसै गरि तमु ट्हो ह्युल हङकङ समाजको बिकास गर्ने उद्धेश्यले स्थापित सामाजिक संस्थाको रुपमा लिन सकिन्छ भने तमु प्ये ल्हु संघ तमुहरुको विशुद्ध धर्म,संस्कार,संस्कृति,भेषभूषा र भाषा ’bout मात्र एक रुपता दिएर त्यसलाई कसरी उत्थान र बिकास गर्ने भन्ने उद्धेश्यले स्थापना गरिएको संस्था हो। यसैको खातिर हङकङमा रहेका तमुहरुलाई तमु जातिको धर्म,सँस्कृति संस्कार र परम्परा (तमु प्येताँ ल्हुताँ ) सम्बन्धमा बिस्तृत रुपमा जानकारी गराउंने अभिप्रायले बेलायत र नेपालबाट तमु वक्ताहरुलाई आमन्त्रण गरिएको हो।

hknews2कार्यक्रमको शुरुवातसंगै नेपालबाट आमन्त्रित संस्कृतविद लेफ्टिनेन्ट ईन्द्र बहादुर तमुले तमु जातिको परिचय, क्होला सोप्रे ट्हो,क्होलाको स्थापना,क्होलामा घटेका बिभिन्न घटनाहरु,सपुति क्ह्याल्साबाट क्होलासम्मको बसाई,क्होला भ्रमण,क्होलालाई तमुहरुको ऐतिहासिक,धार्मिक र पर्यटकीय आकर्षणको केन्द्रबिन्दुको रुपमा बिकास गर्ने र क्होला तमु एकताको आखिरी ठाउंको रुपमा मान्नु पर्ने ’boutमा आफ्नो बिचार ब्यक्त गरेका थिए भने तमु जातिको मुख्य धर्म बोन धर्म र चाड-पर्वको ’boutमा पनि बिस्तृत रुपमा जानकारी गराएका थिए।

यसै गरि दोस्रो वक्ताको रुपमा तमु प्ये ल्हु संघ केन्द्रिय प्रशिक्षण सचिव एवं क्ल्हेप्री अध्यक्ष देब टु क्ल्हेप्री तमुले आफ्नो बिषय वस्तुको कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र अनुसार सर्बप्रथम तमु जातिको सो म्ही के (जीवित हुंदा गरिने कार्य),विवाह संस्कार, सम्बन्ध बिच्छेद,सी म्ही के (मृत्यु अवस्थामा गरिने कार्य)सम्बन्धमा उपस्थितजनहरुलाई जानकारी गराएका थिए। यसै सन्दर्भमा तमु जातिमा मृत्यु भएपछि दाहसंस्कार र अर्घुंसंस्कारको ’boutमा पनि ब्याख्या गरेका थिए।

तेस्रो वक्ताको रुपमा भोवर पाल्जे तमुले पनि तमु जातिको अवस्था ’bout, तमु जातिको पहिचान र धर्मको ’boutमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। यसै सन्दर्भमा तमु जातिको ऐतिहासिक आधार भनेको तमु खेगी,पुरोहित,धर्मगुरुमा संरक्षित तमु प्ये तां ल्हु तां मात्र भएको जानकारी गराए।

क्रमिक रुपमा चौथो वक्ताको रुपमा सहप्राध्यापक नारायण ल्हेगें तमुले वर्तमान परिवेशमा प्ये तां ल्हु तां र प्हैवो(गुरुपुरोहित)हरुको भूमिका ’boutमा आफ्नो कार्यपत्र पेश गरेका थिए र तमु जातिलाई बिशेषरुपले चिनाउंने उनीहरुको आफ्नै मौलिक धर्म(बोन धर्म),भाषा र संस्कृति भएको बताए। जस्तै प्ये तां ल्हु तांलाई जीवित राख्नको लागि आफ्नै जातीय भाषाको गुरुपुरोहित (पच्यु,क्ल्हेप्री,बोन लम र पौडीवन)भएको बताए। यसैगरि गुरुपुरोहितहरुको भूमिका ’bout पनि ब्याख्या गरेका थिए।

अन्तिम वक्ताको रुपमा पच्यु पंडी चिबा यारजङ क्रोम्छे तमुले बोंन धर्मको बिध्या र विधि अनुसार मृत्यु संस्कारमा जान्नै पर्ने १७ संस्कारको ’boutमा आफ्नो कार्यपत्र प्रस्तुत गरे।
पच्यु पैंडी चिबाले प्ये शास्त्रमा उल्लेख भए अनुसार तमु जातिको मुख्य धर्म भन्नु नै “प्राकृतिक बोंन धर्म” हो र जस्ले धर्मको नाममा ठूलो र सानोको बिबाद ल्याएर झगडाको विज रोपण गर्दछन। आखिर धर्म भन्ने कुरा सानो र ठुलो हुंदैन। चाहे जस्तो सुकै धर्म होस आ-आफ्नो ठाउंमा महान हुन्छन। धर्म भनेको त प्राकृतिक नियमको पालना गर्नु हो र जसले ईस्वर,देवता,भगवान,प्रभु र परमेश्वरलाई पुज्छन, उनीहरुलाई मुर्ख्याइको संज्ञा दिन्छन। किनकी प्राकृतिक शक्ति बिना कुनै मानिसले केहि पनि गर्न सक्दैनन। यहां यसैको ’boutमा यस प्रकारले ब्याख्या गर्छन पच्यु पैंडी चिबा यारजङ तमु, तमु जातिमा जुन क्ल्हेसोंदी प्र्हेसोंदी भन्ने शक्तिशाली मातापिता छन। क्ल्हेसोंदी भन्नाले प्राकृतिक माता जसले धर्तीलाई मानिन्छ भने प्र्हेसोंदी भन्नाले प्राकृतिक पिता आकाशलाई मानिन्छ। यी २ शक्तिबिना ब्राहमणमा कुनै चीज र जीव बस्न,जिउंन र रहन सम्भव छैन। यिनै क्ल्हेसोंदी प्र्हेसोंदीको शक्तिबाट नै पृथ्वीमा अनेक प्रकारका जीवजन्तुहरुको शृष्टि भएको पनि पुष्टि गर्छन।

hknew51सी म्हि (मृतक) को लागि जान्नै पर्ने १७ कुराहरु, जुन यस प्रकारले उल्लेख गरेको पाइन्छ।”तमु प्ये क्ष्या”(तमु धर्म शास्त्र” अनुसार जब मानिस स्वर्ग हुन्छ भने आस्यों(मावली)को अति आवश्यक पर्दछ तर तमु समाजमा दुई प्रकारको आस्यों प्रयोग गरेको पाइन्छ।

१,स्योंला आस्यों-मामा आस्यों,
२,ङेला आस्यों-कुटुम्ब आस्यों,
३,च्हों (मृतक राख्ने गुंड)
४,-हों (शव)
५,ओंई नोब (शवको रक्ष)
६,मे ल्हिब(धनुष हान्ने)
७,-हो होंर थेंब ओंसों(शव खाडलमा राख्नु अघि)
८,प्हर्जे ख्रोंब(पाप पोल्नु)
९,टिह कोंई,स्यो कोंई(कात्रो कपडा)
१०,म्रेनोब(किरिया बोक्नु)
११,म्रे कद् नोब(किरिया कति बोक्ने)
१२,थासो वाब(दोख फाल्ने)
१३,-हो स्यार्मै(मलामीहरु)
१४,म्रे वाब(दुख फाल्ने,फुकाउने)
१५,सिक्रं म्होंसिं(मृतकलाई प्रेताय्माबाट छुट्ठ्याइने)
१६,कैंफै ट्ह फै पिंब र
१७,त्हुराटिब(सान्त्वना दिन बस्ने) आदि।

यसरी सबै वक्ताहरुले आ-आफ्नो कार्यपत्रहरु पेश गरि सके पश्चात हरेक वक्ताहरु समक्ष केहि उपस्थितजनहरुले जिज्ञासा तथा प्रश्न साथै सुझाबहरु राखेका थिए भने वक्ताहरुले पनि प्रश्नकर्ताहरुको चित्ता बुझ्ने गरि नै प्रतिउत्तर दिएका थिए। यसैगरि सञ्चालक समूहको तर्फबाट संघकै सल्लाहकार तुलाजङ तमुले समीक्षा पेश गरेका थिए।

हङकङकै इतिहासमा तमु प्ये ल्हु संघ हङकङले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रम वास्तबमै सफल भएको महशुस गरिएको छ भने तमु जातिको लागि मात्रै नभएर अन्य जातिको लागि पनि यो एउटा उदाहरणीय बनेको छ। यो अन्तरक्रिया कार्यक्रम पश्चात अधिकांश तमु जातिहरुले आफ्नो धर्म,संस्कार,संस्कृति र परम्परा ’bout धेरै मात्रामा बुझ्ने सुअवसर प्राप्त गरेको छ। धन्य छ आमन्त्रित तमु वक्ता(विद्दान)हरुलाई।

अन्तमा, तमु प्ये ल्हु संघ हङकङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बेलायत र नेपालबाट आमन्त्रित तमु वक्ताहरुको सहभागीलाई सलाम गर्दै तमु प्ये ल्हु संघ हङकङ कार्यसमिति लगायत सम्पूर्ण तमु प्ये ल्हु शुभचिन्तकहरुलाई पनि कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिएकोमा अध्यक्ष तमुले धन्यवाद ब्यक्त गरेका थिए। यसै गरि तमु वक्ताहरुले तमु जातिको धर्म,संस्कार,संस्कृति र परम्परा ’bout पनि बिस्तृत रुपमा उपस्थितजनहरुलाई जानकारी दिन सफल भएकोमा पुन: तमु वक्ताहरुलाई धन्यवाद ब्यक्त गर्दै अध्यक्ष जितेन्द्र योज तमुले अन्तरक्रिया कार्यक्रम समापन गरेका थिए।

कार्यक्रमलाई सामाजिक सञ्जाल स्काईपी मार्फत प्रत्यक्ष प्रसारण गर्नमा संघका कोषाध्यक्ष पितम्बर तमु र सह-कोषाध्यक्ष सिता तमु लागि परेका थिए।

One response to “तमु प्ये ल्हु संघ हङकङद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न !

  1. mitra haru nepali kati haru ghar bata bhagara yauxan ani bagali sag basni garxan ka eni harulai tapai hamro samag or sata la kuni kar bhye garna saktina? yadi sakxa bani koge koge karbae grnu paro bhana chahan xu ma hami napaliko bajat kati haru bata dari bhayako xani sir haru hoki hoena hola yaso niyalara haru hosata .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.