साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा


पहिलो खेल पाकिस्तानसँग
१५ साउन, काठमाडौं । आगामी भदौ १६ गतेबाट काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ । मंगलबार सार्वजनिक ड्र मा नेपाल डिफेण्डिङ च्याम्पियन भारतसहितको समूहमा परेको हो ।

समूह एमा नेपाल र भारतसँगै बंगलादेश र पाकिस्तान छन् भने समूह बीमा उपविजेता अफगानिस्तानसँगै माल्दिभ्स, श्रीलंका र भुटान रहेका छन् । भारत सर्वाधिक ५ पटकको विजेता हो भने माल्दिभ्स र ब्रंगलादेशले एक–एक पटक उपाधि जितेका छन् ।

नेपालले आफ्नो पहिलो खेल भदौ १७ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल भारतसँग १८ गते खेल्नेछ भने समूह चरणको अन्तिम खेल २१ गते बंगलादेशसँग छ ।

नेपाल भने सेमिफाइनलभन्दा माथि जान सकेको छैन । गत वर्ष भारतमा भएको सातौं संकरणमा नेपाल अन्तिम चारसम्म पुगेको थियो । १९९९ मा पनि नेपाल सेमिफाइनल सम्म पुगेको थियो । नेपालले साफ च्याम्पियनसिप अयोजना गर्न लागेको यो पहिलो पटक हो । नेपालले २०५४ सालमा भएको पहिलो संस्करणको सफलतापूर्वक आयोजना गरेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.