मुक काजी (काजी) तमु, हङकङ
२६ जुलाई २०१३ का दिन तमु प्ये ल्हु संघ हङकङले जोर्डनस्थित चौतारी क्लबमा एक रात्री भोजको आयोजना गरि तमु (गुरुङ) चलचित्र छायाङ्कनकै सिलसिला (क्रम) मा हङकङ आएका तमु चलचित्र एसोशिएसनका निवर्तमान अध्यक्ष, निर्देशक तथा कलाकार माओत्से तमु र तमु चलचित्रकै निर्देशक तथा नायक भोज तमुलाई स्वागत भेट तथा सम्मान गरेका छन ।
कार्यक्रम छोटो समयमा तय गरिएको हुंदा उपस्थितिको संख्या केहि कम रहेको थियो। कार्यक्रमको प्रारम्भमा तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र योज तमुको अध्यक्षतामा छोटो औपचारिक कार्यक्रम आयोजना गरिएको थियो भने नेपालबाट तमु (गुरुङ) चलचित्र छायाङ्कनकै सिलसिलामा हङकङ आएका तमु चलचित्र एसोशिएसनका निवर्तमान अध्यक्ष, निर्देशक तथा कलाकार माओत्से तमु र तमु चलचित्रकै निर्देशक तथा नायक भोज तमुलाई प्रमुख आतिथ्य प्रदान गर्दै तमु प्ये ल्हु संघ हङकङका क्ल्हेप्री चिवा प्रेम तमु,सल्लाहकार ईन्जिनियर विजय तमु, क्याप्टेन चन्द्र तमु,संघकै लेखा परीक्षक श्याम तमु र संघका केहि बिशेष ब्यक्तित्वहरुलाई पनि यथा स्थानमा नै अतिथिको आसन ग्रहण गराएका थिए। यसै गरि नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष राम तमुलाई पनि आतिथ्य प्रदान गरिएको थियो।
संघका उपाध्यक्ष मन बहादुर तमुको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव भोजेन्द्र तमुले सञ्चालन गरेका थिए।कार्यक्रममा तमुहरुको परम्परा अनुसार तमु चलचित्र एसोशिएसनका निवर्तमान अध्यक्ष, निर्देशक तथा कलाकार माओत्से तमु र तमु चलचित्रकै निर्देशक तथा नायक भोज तमुलाई संघका अध्यक्ष जितेन्द्र योज तमु र सल्लाहकार क्याप्टेन चन्द्र बहादुर तमुले फेटा(क्रेगी) लगाई सम्मान गरे भने सल्लाहकार ईन्जिनियर विजय तमुले तमु प्ये ल्हु संघ हङकङ अंकित टिसर्ट मायाको चिनो स्वरुप प्रदान गरेका थिए। यसै गरि आमा समूहको तर्फबाट म्होरा चलचित्रका नायिका प्रमिला तमुले फूलको गुच्छा प्रदान गरेकी थिईन।
यसै गरि मञ्चमा आसिन केहि वक्ताहरु नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष राम तमु, संघका सल्लाहकार ईन्जिनियर विजय तमु,क्ल्हेप्री चिवा प्रेम तमु र लेखा परीक्षक श्याम तमुले आ-आफ्नो तर्फबाट मन्तब्य ब्यक्त गरेका थिए। मन्तब्य ब्यक्त गर्ने क्रममा वक्ताहरुले तमुहरुको लोप हुंदै गई रहेको संस्कार,संस्कृति,भाषा तथा भेषभूषा साथै परम्परालाई समेट्दै तमु चलचित्रको निर्माण गर्नको लागि निर्देशकद्वयलाई आग्रह गरे भने हङकङ भ्रमण सफल रहोस भन्दै शुभकामना ब्यक्त गरेका थिए।
मन्तब्य ब्यक्त गर्ने क्रममा सैं न्होर्बे म्र्हुस्यो,चों, हेर्बे ट साथै आक्रोदो जस्ता गुरुङ चलचित्रहरुमा निर्देशन तथा छायाङ्कन गरि सकेका निर्देशक तथा नायक भोज तमुले गुरुङ भाषा,संस्कृति,संस्कार र परम्परको संरक्षण,सम्वर्द्धन र प्रवर्द्धनको लागि चलचित्र एवं गीतसङ्गीतको माध्यमबाट संरक्षण गरि राख्नको लागि आफुले गरेको यो कामलाई आज प्रवासमा रहेर पनि तमु प्ये ल्हु संघ हङकङले प्रोत्साहन स्वरुप सम्मान गरेकोमा जिवनमा आफुले विजयी हासिल गरेको महशुस गर्दै खुशी ब्यक्त गरे भने आउंने दिनहरुमा तमुहरुको प्ये तां ल्हु तां तथा खेगीहरुको भावलाई समेत समेट्दै गुरुङ चलचित्र निर्माण गर्ने सोंच रहेको बताए र तमु प्ये ल्हु संघ हङकङका अग्रजहरुको सल्लाह सुझाव र आशीर्वाद निरन्तर पाई रहोस भन्दै तमु प्ये ल्हु संघ हङकङका सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे।
अर्का निर्देशक तथा तमु चलचित्र एसोशिएसनका निवर्तमान अध्यक्ष माओत्से तमुले पनि तमु प्ये ल्हु संघ हङकङद्वारा आयोजित सम्मान कार्यक्रमलाई आफ्नो ब्यक्तिगत तथा तमु चलचित्र एसोशिएसनको तर्फबाट धन्यवाद ब्यक्त गरे। सात समुन्द्र पारि बसेर पनि आफ्नो जातिको, समुदायको लागि तमु प्ये ल्हु संघ स्थापना गरि आफ्नो संस्कार,संस्कृतिलाई संरक्षण गर्नको लागि जुन कदम चालेको छ, त्यस किसिमको सरहनिय कार्यलाई सलाम ठोक्न पनि पछि परेनन माओत्से गुरुङ। यसै गरि चलचित्र निर्माण गर्दा सोंच (बिषय बस्तु) प्रति बिशेष ध्यान दिनु पर्ने भन्दै स्वयं चलचित्र कर्मी भएर पनि तमु चलचित्र कर्मीहरुले जुन किसिमको चलचित्र बनाउंनु पर्ने हो, त्यस किसिमको चलचित्रहरु निर्माण गर्न सकि रहेको छैन भन्दै दुख प्रकट गरे र अहिलेको परिवेशमा प्ये तां ल्हु तांको मात्रै होइन, भाषा र भेषभूषाको चलचित्रहरु पनि कमै मात्रामा निर्माण भईरहेका छन। झनै हाम्रो अधिकारको बिषयमा त चलचित्र नै निर्माण नभएकोमा दुख ब्यक्त गरे।
मन्तब्यकै क्रममा निर्देशक माओत्से गुरुङले जसले भाषालाई उत्थान गरेर संस्कार र संस्कृतिलाई उत्थान गर्छ। त्यस्ता चलचित्रहरुलाई मात्र सम्वर्द्धन,प्रवर्द्धन र सहयोग गर्दा राम्रो हुने भनाई ब्यक्त गरे। आज यसरी छोटो समयमा यहांहरुले आयोजना गर्नु भएको सम्मान कार्यक्रममा हामीलाई सम्मानको भागीदार सम्झेर सम्मानित हुने जुन किसिमको मौका प्रदान गर्नु भयो,सिंगो तमु प्ये ल्हु संघ हङकङप्रति ज्यादै नै नतमस्तक छौं भन्दै हर्ष प्रकट ब्यक्त गरे र प्रसंगमा दुई पंक्ति गीत पनि ब्यक्त गरे।
त्यसै त नुंगेको डाली,
झनै नुंग्यो चरीले टेकेर,,
भने जस्तै तमु प्ये ल्हु संघ प्रति त्यसै त नतमस्तक थिएं झन तपाईहरुले यति छोटो समयमा पनि यस किसिमको वातावरण मिलाएर यो शिर निहुरिएको छ तपाईहरु प्रति भन्दै आफ्नो भनाईहरु ब्यक्त गरेका थिए। आगामी दिनहरुमा यहांहरुबाट माया,गाली,सल्लाह सुझाव तथा आलोचनाहरुको अपेक्षा गर्दै अन्य समयमा पनि गुरुङ चलचित्र कर्मीहरुलाई सहि मार्ग निर्देशनको लागि यसरी नै सल्लाह सुझाव तथा यस किसिमको सम्मानको मौका दिंदै जानेछ भन्दै तमु प्ये ल्हु संघ हङकङले आफ्नो लक्ष्य प्राप्त गरोस भन्दै शुभकामना ब्यक्त गरेका थिए।
अन्तमा, संघका अध्यक्ष जितेन्द्र तमुले छोटो समयमा तय गरिएको कार्यक्रममा उपस्थित तमु प्ये ल्हु संघ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु लगायत तमु प्ये ल्हु संघ हङकङद्वारा आयोजित भेट्घाट तथा सम्मान कार्यक्रमको निमन्त्रणालाई सहर्ष स्वीकारी उपस्थित जनाई दिनु भएकोमा प्रमुख अतिथिजनहरुलाई पनि धन्यवाद ब्यक्त गरे। मन्तब्यकै क्रममा अध्यक्ष तमुले तमु चलचित्र निर्देशकद्वयलाई तमुहरुको लोप हुंदै गईरहेको संस्कार,संस्कृति तथा परम्परा र पे तां ल्हु तांको ’boutमा पनि तमु चलचित्र निर्माण गर्न आग्रह गर्दै हङकङ भ्रमण उपलब्धिपूर्ण होस भन्दै शुभकामना ब्यक्त गरेका थिए।