वार्ताका लागि कुनै शर्त छैन’


image.phpवैद्य-दाहाल भेट
काठमाडौ, श्रावण ४ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वार्तामा आउनलाई कुनै शंका नगर्न नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसंग आग्रह गरेका छन् । उनले वार्ताका लागि कुनै शर्त नाराखिएको भन्दै त्यस्तो कुनै शंक नगरी वार्तामा वस्न वैद्यलाई आग्रह गरेका हुन् । वैद्य शुक्रबार बिहान भेटघाटाका लागि दाहाल निवास लाजिम्पाट पुगेका थिए ।

उच्च स्तरीय राजनीतिक समितिको फेरि संयोजकको जिम्मेवारी पाएका दाहालले सबै कुरा वार्तामै बसेर छलफल गर्न सकिने भन्दै वैद्यलाई आश्वास्त पार्न खोजेका थिए । मसिंर ४ गतेको चुनाव नसार्ने गरी वार्ता गर्न सकिने चार दलको तर्फबाट आएको प्रस्तावलाई वैद्यले पूर्व शर्तमा वार्तामा नबस्ने भन्दै आएका छन् । ‘वार्ताका लागि केही शर्त छैन । सबै विषयमा वार्तामा छलफल गरौंला,’ दाहालले भनेको उनका स्वकिय सचिव चुडामणि भट्टराईले बताए । दाहालले वार्ताबाट सहमति गरी संविधानसभाको निर्वाचनमा भाग लिन पनि वैद्यलाई आग्रह गरेका थिए ।

वैद्यले आफू दुई दिनका लागि तराईका जिल्ला जान लागेको र फर्केर आएपछि थप छलफल गर्ने बताएको भट्टराईले जनाए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.