राजदूत मायाकुमारीले गल्ती स्विकारिन्


सुन्दर खनाल
image.phpकाठमाडौ, श्रावण ३ – कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले सामाजिक सञ्जालमा नेपाली श्रमिकका पीडासम्बन्धी लेखहरू लेखेकै भरमा नेपाली नागरिक दीपेन्द्र भेटवाललाई कतारबाट निष्कासन गर्न पत्राचार गरेको स्विकारेकी छन् । भेटवाललाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्राचार गरेको विषयमा परराष्ट्र मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफमा उनले यस्तो स्वीकार गरेकी हुन् । उनले परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई सम्बोधन गर्दै यही असार १६ गते जवाफ लेखेकी हुन् ।

सामाजिक सञ्जालमा लेखेकै भरमा आफ्ना नागरिकलाई देश निकालासम्मकै कदम उठाउन शर्माले कतारी सरकारलाई औपचारिक आग्रह गरेकी थिइन् । त्यस’bout उनले नेपालको परराष्ट्र मन्त्रालयलाई पूर्वजानकारी समेत गराएकी थिइनन् ।

मन्त्रालयले पूर्वजानकारी किन नगराएको भनेर सोधेकामा उनको जवाफी पत्रमा त्यस’bout केही उल्लेख छैन । शर्माले पत्रमा भेटवालद्वारा सामाजिक सञ्जालमा ‘पोस्ट’ गरेका वाक्यहरू पनि उल्लेख गरेकी छन् । ‘वर्षौंदेखि आफ्नै देशका शासक/प्रशासकबाट ठगिँदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्,’ एउटा वाक्य यस्तो छ । अन्य वाक्यमा नेपालीको शिर झुकेको, नेपाली मजदुरले आत्मदाहसमेत गरेको लगायत प्रसंग छन् ।

शर्माको जवाफ पढ्दा उनले भेटवाललाई व्यक्तिगत रिसइवीका कारण कतारबाट निकाला गराउन खोजेको प्रस्ट बुझिने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् । ‘सामाजिक सञ्जालमा मानिसले जिम्मेवार ढंगले आफ्नो मनमा लागेको कुरा लेख्न सक्छ । त्यसमाथि उनले सामाजिक सञ्जालमा लेखेको भनेर उल्लेख गरिएका वाक्यहरू पढेर कोही आत्मदाहका लागि प्रेरित हुने भन्ने तर्क पनि हावादारी छ,’ उनीहरू भन्छन् ।

शर्माको जवाफी पत्रमा भेटवालसँगका आफ्ना व्यक्तिगतस्तरका मतभिन्नताहरूलाई पनि उनलाई देशै निकाला गर्नका लागि आवश्यक आधारका रूपमा प्रस्तुत गरेकी छन् । ‘यो पत्रका कुराहरू अध्ययन गर्दा उनलाई कारबाही गर्नुपर्ने देखिन्छ । कम्तीमा नसिहत,’ मन्त्रालयका एक वरिष्ठ अधिकारी भन्छन् ।

मन्त्रालयले उनको पत्र र त्यसको विषयलाई अहिलेसम्म औपचारिक रूपमा बाहिर ल्याएको छैन । राजदूत शर्माले कतारी विदेश मन्त्रालयस्थित एसिया विभागमा गएर प्रस्टीकरण दिएको विषयमा पनि जवाफमा उल्लेख गरेकी छन् । उनले बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा बोलेको विषयलाई मिडियाले बंग्याएको दाबीसमेत गरेकी छन् । कतारी विदेश मन्त्रालय गएर माफी मागेको, त्यो घटनाबाट आफूलाई मार्गनिर्देशन भएको पनि उनले जनाएकी छन् ।

साझा सवाल कार्यक्रममा शर्माले कतार नेपाली नागरिकका लागि खुला जेल भएको भन्दै टिप्पणी गरेको समाचार सञ्चार माध्यमहरूले प्रसार गरेका थिए ।

विदेश मन्त्रालयमा स्पष्टीकरण दिएर हिँड्दा त्यहाँका अधिकारीले आफूलाई लिफ्टसम्म आएर बिदा गरेको प्रसंग पनि उनले उल्लेख गरेकी छन् । शर्माले कतारी सरकारलाई पत्र लेखेपछि त्यहाँको नेपाली समुदायको विरोधका कारण परराष्ट्र मन्त्रालयले उक्त पत्र फिर्ता लिन निर्देशन दिएको थियो । शर्मा एनेकपा (माओवादी) को सिफारिसमा कतारमा राजदूत नियुक्त भएकी हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.