राजदूत नियुक्तिमा घिमिरेको स्वार्थ


Madhav-Pd-Ghimireकाठमाडौं- सरकारले राजदूत नियुक्तिको कामलाई बेवास्ता गरेपछि परराष्ट्र मन्त्रालयमा छटपटी सुरु भएको छ। केही महिनापछि नै नेपालका आधाभन्दा बढी कूटनीतिक नियोगहरू राजदूतविहीन हुँदैछन् भने आधा दर्जन मुलुक दुई वर्षदेखि राजदूतविहीन छन्। विश्वको २७ मुलुकमा नेपालको राजदूतावास रहेको छ भने जेनेभा र न्युयोर्कमा राष्ट्रसंघीय स्थायी नियोग तथा हङकङ, ल्हासा र कोलकातामा महावाणिज्य दूतावास रहेको छ। सरकारले अहिले बहराइन र ओमानमा पनि कार्यवाहक राजदूत स्तरको दूतावास खोल्ने निर्णय लिँदै दुई उपसचिवको पोस्टिङसमेत गरिसकेको छ। यसअघिको सरकारले कानुनी जटिलताको कारण राजदूत नियुक्त गर्न सकेको थिएन। तर अहिले
कुनै त्यस्तो जटिलता छैन। नयाँ सरकार बनाउने क्रममा राष्ट्रपतिबाट बाधाअड्काउ फुकाउँदा सबै जटिलताको अन्त्य गरिएको छ। राजदूत नियुक्तिमा ढिलाई हुँदा राष्ट्रपति कार्यालयले समेत चासो देखाइरहेको छ। तर पनि नियुक्ति प्रक्रिया अघि नबढाउनुले पैसाको बार्गेनिड हो कि भन्ने आशंका पैदा भएको छ। राजदूत हुनको लागि १० देखि ४० लाखसम्म रकम बुझाएको खबर अघिल्ला नियुक्तिताका चलेकोले त्यस्तै चाँजो मिलाउन दिन उनले यस्तो अवस्था सिर्जना गरेको हुन सक्ने स्रोतको दाबी छ। वर्तमान परराष्ट्र मन्त्री माधवप्रसाद घिमिरेको भागमा धान्नै नसक्ने खालको मन्त्रालयहरू परेकोले पनि यो समस्या व्यहोर्नु परेको कतिपयको बुझाइ छ। देखाउनको लागि बाह्य नियुक्तिबाट सहयोगीसमेत नराख्ने तर कुनै पनि निर्णय आफ्नो स्वविवेकले गर्न नसकि दक्षिण वा बल्खु सोध्ने उनको कार्यशैली देखेर उनका सहयोगी मुख्यसचिव तथा सचिवहरू नै असन्तुष्ट बनेको वताइन्छ।
साताव्यापी जेनेभा सयर गरेर फर्केपछि घिमिरेले राजदूत नियुक्ति राष्ट्रिय एजेन्डा बनेको छ भनेको पनि एक साता भइसकेको छ। तर पनि उनले यो विषय क्यबिनेटमा उठाएका छैनन्। यसले गर्दा परराष्ट्रकै कर्मचारीहरू उनीप्रति क्रुद्ध बनेको अवस्था छ। ’cause यो मौकामा राजदूत हुन पाए कर्मचारीको भागमा धेरै दूतावास पर्ने उनीहरूको आकलन छ। तर, कर्मचारीहरुको आकलन विपरित राजदूत नियुक्तीको विषयमा एमाले मुख्यालयतर्फ जवाफदेही बन्ने सुरसार कसेपछि पनि कर्मचारीहरू अत्तालिएको वताइन्छ। ‘उहाँ यतिबेला आफ्ना जिल्लावासी र एमाले निकटका व्यक्तिलाई राजदूत बनाउन लागि पर्नुभएको जस्तो देखिन्छ’, एकजना रुष्ट कर्मचारीले भने, ‘तर त्यस्तो सन्देश बाहिर नजाओस् भनेर मिलाउन खोज्दाखोज्दै समय लागेको छ।’  स्रोतका अनुसार घिमिरे भारतमा कार्यवाहक राजदूतको रूपमा रहेका उनका जिल्लावासी परराष्ट्र सहसचिव खगनाथ अधिकारीलाई राजदूत बनाउने दाउमा छन्। तर परराष्ट्र मन्त्रालयले बनाएको राजदूतको योग्यता तथा मन्त्रालयको वरिष्ठता मस्यौदामा कार्यवाहक रहेकालाई राजदूत दिन नमिल्ने तथा एक स्थानमा राजदूत रहेकोलाई अर्को मुलुकमा सरुवा गर्न नमिल्ने व्यवस्था छ। मापदण्ड बनाउने क्रममा मापदण्ड निर्धारण समितिका संयोजक परराष्ट्र मन्त्रालयका अर्का सहसचिव अर्जुनबहादुर थापाले आफू अनुकूल पार्न यस्तो व्यवस्था गरेकाले घिमिरे उनीप्रति चिढीएको चर्चा मन्त्रालयमा व्याप्त छ।

खासगरी सहसचिवको यस्तो निर्णय परराष्ट्रमा आफूलाई सहसचिवभन्दा माथि मान्ने केही उपसचिवको काम भएको समेत स्रोतको भनाइ छ। परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले यी सबै कुरा बुझे पनि उनी यसका विरुद्ध केही गर्न सक्ने अवस्थामा छैनन्। तर पनि अब सुधारको कार्य गर्नेतर्फ उनले आफूलाई अग्रसर गराउने स्रोतको दाबी छ। भट्टराईलाई सरकारले राजदूत नियुक्त नै नगरे पनि उनले जेनेभा रहेका शंकर बैरागीलाई मन्त्रालयमा बोलाउने र उनको सहयोगी हातमा मन्त्रालयको सुधार प्रक्रिया अघि बढाउने तयारी गरेको पनि स्रोतको दाबी छ। मन्त्रालय नै उपसचिवहरुले चलाउने अवस्था सिर्जना भएपछि भट्टराई यस्तो कदम उठाउने निधोमा पुगेको स्रोतले वतायो। यता परराष्ट्र मन्त्रीले राजदूत नियुक्तिमा गरेको ढिलाईलाई लिएर मन्त्रालयमा यतिबेला अर्को आशंका पनि उब्जिएको छ। मुख्य सचिवबाट सेवानिवृत्त हुने समयमा राजदूत हुनकै लागि परराष्ट्र मन्त्रालयको चाकडीमा लागेका तर पछि मन्त्रालयको नेतृत्वमा आएका घिमिरे अहिले सरकारको जिम्मा राजनीति दलसमक्ष पुर्‍याउन सके वा नसके पनि दसैंपछि न्युयोर्कमा स्थायी प्रतिनिधि भएर आफैं जानको लागि नियुक्तिहरू अल्झाइराखेको चर्चा परराष्ट्र मन्त्रालयमा छ। उनले पहिलेदेखि नै राष्ट्रसंघ जाने चाहना राख्दै आएको भए पनि परराष्ट्र सचिवले नै रोकेको भन्ने भान उनलाई परेकोले समेत यस्तो अवस्था सिर्जना भएको स्रोतले वतायो। अहिले उनले परराष्ट्र सचिवलाई मन्त्रालयमा बस्न दबाब दिएका छन्। घिमिरे र भट्टराई एकै ब्याजी हुन् भने सहसचिवमा घिमिरेलाई पछि पार्दै भट्टराई परराष्ट्र मन्त्रालय प्रवेश गरेका हुन्। पछिल्ला परराष्ट्र सचिवहरू सबै आफ्नो पूरा कार्यकाल नसकी राजदूत भएर गएका छन्। यद्यपि यसअघिका सचिव डा. मदनकुमार भट्टराई भने उमेरका हदका कारण अवकाश पछिमात्र जापानको लागि राजदूत भएका थिए। अहिले भारत, मलेसिया, न्युयोर्क, थाइल्यान्ड, इजिप्ट र जर्मनीमा राजदूत पद खाली छन् भने सार्कमा नेपालले आफ्नो तर्फबाट महासचिव नियुक्ति गर्नुपर्ने हु्न्छ। अब ६ महिनाभित्र अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, ब्राजिल, कुवेत, श्रीलंका खाली हुँदैछन्। भारतले मुखै खोलेर राजदूत पठाउन भनिसकेको छ भने मलेसियाले नेपालले राजदूत नपठाएसम्म हामी पनि नपठाउने भनेर कार्यवाहकबाट काम चलाएको अवस्था छ। त्यस्तै थाई राजदूतले पनि राजदूत लामो समयदेखि खाली राख्दा हामीलाई महत्व नदिएको भन्ने संकेत आफूहरूले पाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। राष्ट्रसंघस्थित नियोग पनि लथालिंग भएको छ।

One response to “राजदूत नियुक्तिमा घिमिरेको स्वार्थ

  1. sabai bhanda pahila kuwait ko rajdut jawos,,,sakbhar purai rajdutabas ko karmachari change hos.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.