५ खर्ब १७ अर्ब २४ करोडको बजेट, चुनाव खर्च १६ अर्ब


bajet-5बजेट वृद्धि ३९ प्रतिशत, राजस्व वृद्धि १९ प्रतिशत, घाटा बजेट १७ प्रतिशत
३० असार, काठमाण्डौ – सरकारले आगामी आर्थिक वर्ष २०७०/०७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँको बजेट घोषणा गरेको छ । सरकारले अध्यादेशमार्फत आइतबार उक्त बजेट जारी गरेको हो । यो चालू आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतको वृद्धि हो । चालू वर्षको बजेट ४ खर्ब ५ अर्ब रहेको थियो ।

अर्थमन्त्री शंकर कोइरालाले आइतवार साँझ सार्वजनिक गर्नुभएको बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । बजेटले मंसिर ४ का लागि घोषित संविधानसभाको चुनावलाई मुख्य प्राथमिकतामा राखेको छ । सरकारले संविधानसभा निर्वाचनका लागि १६ अर्ब छुट्याएको छ भने जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको छ ।

बजेटले चालू खर्चमा ३ खर्ब ५३ अर्ब ४२ करोड अर्थात ६८.३३ प्रतिशत विनियोजन गरेको छ भने पूँजीगत खर्च ८५ अर्ब १० करोड अर्थात १६.४५ प्रतिशत खर्च छुट्याएको छ । वित्तिय व्यवस्थाका लागि ७८ अर्ब ७२ करोड अर्थात १५.२२ प्रतिशत रकम छुट्याइएको छ । त्यसमध्ये विकास बजेटका लागि २ खर्ब ४१ अर्ब ५८ करोड अर्थात ४६.७ प्रतिशत र साधारण खर्चतर्फ २ खर्ब ७५ अर्ब ६६ करोड अर्थात ५३.३ प्रतिशत छुट्याइएको छ ।

बजेटको स्रोतअन्तर्गत राजश्वबाट ३ खर्ब ५४ अर्ब ५० करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । त्यस्तै साँबा फिर्ताबाट ५ अर्ब ५० करोड, वैदेशिक अनुदानबाट ६९ अर्ब ५४ करोड, वैदेशिक ऋणबाट ४३ अर्ब ७० करोड र त्यसमा नपुग ४४ अर्ब आन्तरिक ऋणबाट उठाइने लक्ष्य लिइएको छ ।

बजेटले राजस्वको दर र दायरा यथावत राखेको हुनाले राजस्व वृद्धिदर अपेक्षित न्यून रहेको छ । सरकारले ३० प्रतिशतको राजस्व वृद्धिदर राख्ने गरी बजेटको तयारी गरेको थियो । तर राजनीतिक सहमतिको क्रममा राजस्व नीतिमा परिवर्तन नगरिएको कारण वृद्धिदर घटेको हो । अर्थ मन्त्री कोइरालाले मदिरामा सामान्य कर वृद्धि गरिएको र केही क्षेत्रमा करको दायरा बढाइएको उल्लेख गर्नुभयो ।

सरकारले संबिधानसभा निर्वाचनका लागि १६ अर्ब छुट्याएको छ भने जलबिद्यूत, पर्यटन र कृषि क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको छ । सरकारले काठमाडौं उपत्यकाको सडक ममर्म्तका लागि १ अर्ब ८१ करोड छुट्याएएको छ । बजेटमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई ऋण उपलब्ध गराउने घोषणा गरिएको छ भने कलंकी कोटेश्वर सडकलाई ८ लेन बनाउन ५१ करोड ६० लाख रुपैयाँ छुट्टयाइएको छ ।

2 responses to “५ खर्ब १७ अर्ब २४ करोडको बजेट, चुनाव खर्च १६ अर्ब

  1. bideshbata LCD TV 30″sammako bhansar chhut bhanne halla matra ho ki Aahi kura ho yesmata tesko barema kunai janakari 6inata news peparko kura matra hoki resally ho???

  2. Ram Basnet-Uaeexchange Malia-Kwt

    Finace Minister Mr. Shankar Prasad Koirala released a Lucrative budget scheme onto various sectors for the fiscal year 2013/2014.This year’s budget has prioritised energy, infrastructure, agriculture, tourism, and export sectorson to achieve 5.5 per cent growth rate.It seems good addressed towards millions of many classified people in Nepal…ExcellentGod Job!!

    Budget highlight

    Rs 30 billion for energy projects
    Rs 16 billion for the Constituent Assembly elections on 19 November
    Rs 300 million for 13th SAF Games
    18 per cent rise in government staff salary
    25 per cent increase in public welfare announcements

    consequences: might come price rises ratio seems to be high and labor and service sectors are happy, and benefit goes to private sector.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.