हाइजनिक मासु ‘अल्पाइन मटन’ बजारमा नौ करोडको लगानीमा खुल्यो आधुनिक बधशाला


a1२९ असार, काठमाडौं । राजधानी काठमाडौंमा अस्वस्थ मासु चर्चामा आइरहने विषय हो । पशुपंक्षी राख्ने, काट्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने र बिक्री गर्ने कुनै पनि चरणमा मापदण्ड पूरा नगरिएको सरकारी अनुगमन टोलीले औंल्याउँदै आएका छन् । सरकारले जति निर्देशन दिए पनि व्यवसायी सुधि्रएका छैनन् र अटेर व्यवसायीलाई सरकारले सजाय गर्न सकेको छैन । अल्पाइन लाइभस्टक एण्ड बायोटेक प्रालिले अल्पाइन ब्राण्डको हाइजनिक मासु बिक्री सुरु गरेपछि राजधानीबासीले विकल्प पाएका छन् । धादिङको भूमेश्वरमा खसी बोकाको आधुनिक बधशाला निर्माण गरी सम्पूर्ण परीक्षण सम्पन्न गरेर असार १७ गते व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले हाल बसुन्धारा, सामाखुसी र थापागाउँमा आफ्नै बिक्री कक्ष खोलेको छ । त्यसबाहेक एक सयभन्दा बढी ग्रोसरी र डिपार्टमेन्ट स्टोरबाट अल्पाइन ब्राण्डको मासु खरिद गर्न सकिन्छ । कम्पनीले ४०० ग्राम र ८०० ग्राम तौलका प्याकमा मासु उपलब्ध गराएको छ ।

a2

बैंक ऋणसहित नौ करोड रुपैयाँ लगानीमा १४ प्रवर्द्धक मिलेर व्यवसाय सुरु गरिएको कम्पनीका अध्यक्ष माधव अर्यालले जानकारी दिनुभयो । यस परियोजनामा किष्ट बैंकले साढे ४ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । किसानलाई बाख्रा पालनमा पनि सहयोग गरी उत्पादन वृद्धि गराउने र क्रमशः बजार विस्तार गर्ने योजना रहेको अध्यक्ष अर्यालले बताउनुभयो ।

आफूहरुले सोझै किसानबाट खसी खरिद गर्ने हुँदा किसानले उचित मूल्य पाउने उहाँको दाबी छ । ‘अहिले बिचौलियाले किसानलाई थोरै मूल्य दिने र उपभोक्ताबाट बढी मूल्य असुली गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘हामीले सोझै किसानसँग खसीबोका खरिद गर्ने हुँदा बिचौलियाले खाने मार्जिन पनि किसानले नै पाउनेछन् ।’ अहिले दाङ, चितवन, तनहुँ, रसुवा, धादिङलगायत जिल्लाबाट खसी आपूर्ति गरिरहेको उहाँले जानकारी दिनुभयो ।

हाइजनिक विधि

खसीबोका काट्नुअघि चिकित्सकबाट परीक्षण गरी निरोगिताको सुनिश्चित गरिन्छ । बध गर्नुअघि खसीबोकालाई १२ घण्टासम्म पानी मात्र खुवाएर राखिन्छ । जसले गर्दा खसीबोकाको पेट सफा भैसक्छ । आधुनिक प्रविधिबाट खसी बोहोस पारेपछि टाउको काटिन्छ । शुद्ध पानी र निर्मलीकरण गरिएको उपकरणबाट छाला निकालिन्छ ।  आन्द्राभुडी, फोक्सो, मुटु र कलेजो अलग गरी मासु सफा गरेर ५ डिग्री तापक्रममा २४ घण्टा राखी फ्रोजन गरिन्छ । फ्रोजनले बाहिरी सतहमा रहेको पानी सोसेर सुख्खा बनाउँछ भने मासुमा रहेको पौष्टिक तत्व लामो समय नष्ट हुन र मासुको गुणस्तर बिग्रनबाट रोक्छ ।

त्यसपछि उपयुक्त तौलअनुसार टुक्रा बनाई भ्याकुम प्याक गरिन्छ । माइनस १८ डिग्री तापक्रमको चिस्यानमा संचित गरी रेफ्रिजेरेटर भ्यानमा काठमाडौं ल्याई चिस्यान केन्द्रमै राखेर बिक्री गरिन्छ । यस प्रक्रियाले जुनोटिक रोगहरुको संक्रमणलाई न्यूनीकरण गर्न सहयोग पुग्छ । यस्तो मासु बध भएको मितिबाट १ वर्षसम्म उपभोग गर्न स्वस्थकर मानिन्छ ।

महँगो छ मूल्य

अल्पाइन हाइजनिक मिट उपभोग गर्न उपभोक्ताले सामान्य बजारमा उपलब्ध मासुको तुलनामा बढी मूल्य तिर्नुपर्छ । मटनको उपभोक्ता मूल्य प्रतिकेजी ९७५ रुपैयाँ तय गरिएको छ । आधुनिक प्रविधि प्रयोग गरी मासुलाई स्वस्थकर र स्वादिलो बनाइएको हुनाले केही महँगो भएको तर वस्तुको गुणस्तरको तुलनामा सस्तो नै भएको दाबी कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश काफ्लेले गर्नुभयो । कम्पनीले ४०० ग्रामको उपभोक्ता मूल्य ३९५ रुपैयाँ र ८०० ग्रामको ७८० रुपैयाँ तोकिएको छ ।ALL
Source: onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.