माउण्ट एभरेष्ट क्लवको ‘रमादान बिशेष अन्तर नेपाली भलिवल प्रतियोगिता’ खैतानको स्टेडियममा हुने


जय आले, कुवेत

dsc08632मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व रमादानको अवसरमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आयोजना गर्न गैरहेको अन्तर नेपाली भलिवल प्रतियोगिता कुवेतको खैतान स्पोर्टस क्लवको एअर कन्डिशनयुक्त कभर्ड हलमा हुने तय भएको छ । आगामी ०९ अगष्त २०१३ शुक्रबारका दिन, बिहानको ठिक ७.०० बजेदेखी शुरु गरिने अन्तर नेपाली भलिवल प्रतियोगितामा क्लवले कुवेतमा रहेका सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई सहभागीताको लागि आव्हान गरेको छ ।

बिगत १४ बर्षदेखी लगातार रुपमा बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद तथा अन्य कार्यक्रमहरुको आयोजना गरेर प्रबासी नेपालीहरुलाई मनोरञ्जन दिंदै आएको क्लवको यो भलिवल प्रतियोगिता भने कुनै वार्षिक प्याकेज या कार्यक्रम नभएर पवित्र पर्व रमादानको अवसरमा सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई खेलकुदको माध्यमबाटै भएपनी एकजुट बनाई शुभकामना आदान-प्रदान गराउने र आपसी भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्य रहेको क्लवले बताएको छ । उचित तापक्रम, पर्याप्त प्रकाशको ब्यबस्था र दर्शकहरुको निम्ती खुल्ला मेचको व्यवस्था रहेको एअर कन्डिशनयुक्त हलमा सम्पूर्ण खेलाडी तथा खेपप्रेमी दर्शकहरुले भरपुर खेलको मनोरञ्जन लिंदै, एउटा सौहार्दपूर्ण बातावरणमा कार्यक्रम सफल पार्न आयोजकलाई सम्पूर्ण खेलाडी, खेलप्रेमी दर्शकवृन्द, नेपाली सँघ-संस्था तथा पत्रकारहरुको सहयोगको आयोजकले अपेक्षा गरेको छ ।

क्लवका खेलकुद बिभाग प्रमुख तथा भलिवल प्रतियोगिताका संयोजक नवराज श्रेष्ठले यस भलिवल प्रतियोगितामा सहभागी हुने टिमहरुलाई खासगरी गर्मिको कारण पर्याप्त मात्रमा तयारीको अवसर नमिल्ने भएपनी हार-जितलाई टाढै राखेर प्रबासमा नेपाली बीचको आपसी भाईचारालाई प्रगाढ पार्न र रमादानमा शुभकामना आदान-प्रदान गराउन आयोजना गरिएको कार्यक्रम भएकोले सम्पूर्ण टिमहरुलाई सहभागी हुन संयोजक श्रेष्ठले अनुरोध गर्दै, प्रतियोगितमा सहभागीताको लागि आयोजकको तर्फबाट निम्न विवरणहरु उपलब्ध गराउनु भएको छ ।

१) टिम दर्ता गराउने अन्तिम मिति: ०२ अगष्त २०१३, अपरान्ह  ४ बजे सम्म ।
२) टाई सीट घोषणा गरिने मिति: ०२ अगष्त २०१३, साँझ ५ बजे (मालिया सिटी)
३) टिम दर्ता शुल्क: ३५ कुवेती दिनार ।
४) खेल मैदान: खैतान स्पोर्ट्स क्लवको कभर्ड हल ।
५) खेल हुने मिति र समय: ०९ अगष्त २०१३ शुक्रबार, बिहानको ठीक ७.०० बजेदेखी ।

प्रथम पुरस्कार: ट्रफी, मेडल, प्रमाण-पत्र र नगदी
दित्तिय पुरस्कार: ट्रफी, मेडल, प्रमाण-पत्र र नगदी
अंपायर: ट्रफी र प्रमाण-पत्र
उत्कृष्ट टिम: ट्रफी र प्रमाण-पत्र
उत्कृष्ट खेलाडी: ट्रफी र प्रमाण-पत्र

प्रतियोगिता सम्बन्धी नियमावलीहरु:
१) खेलाडीहरुले कभर्ड हलमा खेल्दा केबल स्पोर्ट्स जुत्ता मात्र लगाएर खेल्नु पर्नेछ ।

२) पैतलामा गोटी भएका र कलर जाने खालका जुत्ताहरु लगाएर खेल खेल्न र हल भित्र जान खेतान स्पोर्टस समितिले मनाही गरेको छ ।

३) खेल मैदान भित्र केबल  ९   जना खेलाडीहरु र १ जना टिम मेनेजर मात्र प्रवेश गर्न सकिने छ । बाँकी दर्शक एवं बुद्दिजिबी वर्गहरु आ-आफ्नै स्थानमा रहेर बिना कुनै उछ्रिङ्खल गतिविधि एवं हो-हल्ला खेल हेर्न सकिने छ ।

४) उपस्थित सबैले कभर्ड हल बाहिर क्यान्टिनमा बसेर जलपान गर्न सकिने छ । तर कभर्ड हल भित्र लगेर खान, पिउन मनाही गरिएको छ । जलपानको लागि क्याटेरिङ्गको व्यवस्था सुपथ मुल्यमा आयोजक समितिले गर्नेछ ।

५) धुम्रपान, मध्यपान सेवन गर्न कभर्ट हल वरीपरी तथा भित्र कसैलाई पनि मनाही गरिएको छ ।

६) सबै टिमका खेलाडीहरु खेल मैदानमा बिहानको ७.०० बजे पुगेर आयोजकलाई सूचित गराउनु पर्नेछ ।

७) प्रतियोगिता बिहानको ठिक ७.३० बजेदेखी शुरु हुनेछ । समयको हेलचक्र्याईं गरी कथं-कदाचित तोकिएको समयमा उपस्थित नहुने टिमहरुलाई प्रतियोगितामा समावेश गराउन आयोजक समिति असमर्थ रहने छ र क्षतिपूर्तीको भागीदार स्वयं टिमलाई नै गराईने छ ।

प्रतियोगिता स्थल खैतान स्टेडियममा जानको लागि खैतानको रोड नं. २१० मा बसहरु KPTC: १३, १६, ३१, २०, ३९, ३६, ४०, ४१, १०५ र ९९ । सिटी बस: १३, १६, ४४ र ९९ र KGL को १६ नं. बस लाग्ने जानकारी गराइन्छ ।

यस सन्दर्भमा अधिक जानकारीको लागि आयोजक समितिका निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने छ ।

धर्मराज गिरी–६६०६८९२५, नवराज श्रेष्ठ-६६४२०१९१, जितेन थिङ–९७४७३७५५, सविन राउत-६६१९३५६०, आनन्द श्रेष्ठ-६७०१००६५, जगत मगर–९९२८८३२०, शिवराम पौडेल-६६९८३१३८

One response to “माउण्ट एभरेष्ट क्लवको ‘रमादान बिशेष अन्तर नेपाली भलिवल प्रतियोगिता’ खैतानको स्टेडियममा हुने

  1. good job mount Everest u r the best always.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.