जन्मदिनमा ज्ञानेन्द्र झन् फुर्तिला


resize_imageआइतबार ६७औं वर्षमा प्रवेश गरेका पूर्वराजा ज्ञानेन्द्र शाह पहिलेभन्दा बढी फूर्तिला देखिए। निर्मल निवास प्राङ्गणमा बिहान १०: ३० बजेदेखि लगातार पाँच घन्टा बाहिर एकत्रित शुभेच्छुकहरूको शुभकामना र अभिवादन स्वीकार्दै बिताए उनले।’राजा आऊ देश बचाऊ’, ‘मेचीकालीमा हल्ला छ, राजा आउने पक्का छ’ जस्ता नाराहरू भिडबाट यदाकदा उठिरहे भने बिहानदेखि नै उनका रोजाइका राष्ट्रिय गीतहरू (त्यसभन्दा धेरैजसो गोपाल योञ्जनका)को लाइभ गायन चलिरहे। दुबोको माला, ढाकाटोपी, निलो कोट र दौरासुरूवालमा सजिएका पूर्वराजाले कत्ति पनि थकावटको अभिव्यक्ति दिएनन्।सायद त्यो बिनाकारण थिएन। भर्खरै तराईका केही जिल्ला घुमेका, अनि नागरिक अभिनन्दनको प्रतिउत्तरमा राजसंस्थाको आवश्यकता मुलुकमा अझै रहेको दाबीपछिको पहिलो जन्मदिनमा जनताको सहभागिता र उत्सुकता पहिलाभन्दा फरक अर्थ राख्थ्यो उनका लागि। र, सायद मुलुकको तरल राजनीतिका लागि।सचेतरूपमा उनी राजसंस्थाका प्रतिनिधि, दल निरपेक्ष या तटस्थ देखिन चाहन्थे । त्यहाँ उपस्थित पत्रकारहरूको सानो टोलीसँग उनले भने,’सबैमा सद्बुद्धि आओस्, शान्तिले मुलुक छाओस्, निषेध र शर्तको राजनीतिबाट नेताहरू पन्छिउन्। प्रजातन्त्र र शान्तिका लागि माटो सुहाउँदो राजनीति हुनुपर्‍यो।’ अनि पत्रकारहरूलाई बिदा गर्नुपूर्व उनले सोधे,’पुग्यो?’निर्धारित कार्यक्रमअनुसार निर्मल निवासको ढोका खोलिनुपूर्व नै विभिन्न भेषभुषा, झाँकी र संस्कृतिलाई प्रतिनिधित्व गर्ने गरी भिड जम्मा भइरहेको थियो। कडा सुरक्षा बन्दोबस्तीका साथ शुभेच्छुकहरूलाई लामबद्ध तरिकाले पूर्वराजा बसेको कुर्सीसम्म पुर्‍याउने ब्यवस्था गरिएको थियो।राजतन्त्र समाप्तिका ५ वर्षमा देखा परेका राजनीतिक अस्थीरता, राजनीतिक दलहरू संविधान बनाउन असफल भएको सन्दर्भ र विदेशी हस्तक्षेप रोक्न राजतन्त्रको फेरि आवश्यकता रहेको त्यहाँ आउनेहरूको साझा ‘भनाइ’ थियो।यसअघिझैं पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, राप्रपा(नेपाल)का अध्यक्ष कमल थापा, पूर्व प्रधानसेनापतिहरू अर्जुननरसिंह राणा, गडुरशमशेर राणा र प्यारजङ् थापा त गए नै, नेपाली सेनाको फास्टट्रयाक ‘पोलिसी’ विरुद्ध मुद्दा हालेका र सर्वोच्चको फैसला नआई अवकाश हासिल गरेका आठजना कर्नेलहरू पनि पूर्व राजालाई शुभकामना दिन पुगेका थिए। र, तीसँगै निर्वाचन आयोगका आयुक्त तथा पूर्वराजदूत रामभक्त पिवी ठाकुरसमेत पूर्वराजालाई शुभकामना दिन पुगेका थिए ।

Source:setopati

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.