लालीगुराँस साँस्कृतिक परिवारको तेश्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

opening“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने नाराका साथ आफ्ना बिभिन्न प्रस्तुतिहरु कुवेतको नेपाली समाजलाई दिंदै आएको साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवार नेपाल-कुवेतले आफ्नो तेश्रो वार्षिकोत्सव कुवेतको जिलिव स्थित रिदम हलमा हिजो ०५ जुलाई २०१३ शुक्रबारका दिन भव्यताका साथ मनाएको छ ।

IMG_0010नेपाली राजदुतावास कुवेतका दित्तिय सचिव अम्बिका जोशीले दिप प्रज्वलन गर्दै केक काटेर उद्घाटन गर्नुभएको वार्षिकोत्सव समारोहमा परिवारका दित्तिय उपाध्यक्ष दिपक लिम्बुको अध्यक्षता र सल्लाहाकार सुरेश तामाङको सञ्चालन रहेको थियो भने दुतावासका दित्तिय सचिव अम्बिका जोशी, सहचारी भुवन पौडेल, सहचारी राम बिनय यादव, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका संरक्षक तथा पुर्वाध्यक्ष धर्मराज गिरी, मगर सँघ कुवेतका अध्यक्ष मित्र सिंज्याली र युएई एक्सचेन्ज कुवेत नेपाली फिल्डका मार्केटिङ इन्चार्ज राम बस्नेत लगायतले शुभकामना दिएका थिए ।

IMG_0035संस्थाका सकृय सदस्य कमल बुढाथोकीले स्वागत गरेको कार्यक्रममा सचिव माधव पौडेलले कार्यक्रमको ’boutमा प्रकाश पार्दै ३ बर्ष पहिला स्थापना भएको संस्थाको प्रतिबेदन पेश गरेका थिए । यसैगरी परिवारले सो अवसरमा नयाँ कलाकारहरु गुप्त नेपाली र खेम ठकुरीलाई छनौट गर्दै परिवारमा प्रवेश गराएको छ, नयाँ कलाकार द्वय गायक हुन । यस्तै, कार्यक्रममा बिबी मल्ल ठकुरी, डिबी लोप्चन तामाङ, रामु राई, सविन राई, प्रशान्त गुरुङ, सुरेश तामाङ, पुष्प वाईबा तामाङले गायनमा, सोम रसाइली, बबिता गुरुङ, मनिता रसाइली, रिना शाक्य, हरि राई, संजिब राजथल र किरण मल्लले नृत्यमा, बिनिता भण्डारी र प्रेम कटवालले प्रत्यक्ष लोक दोहोरीमा, गायक अनिल रसाइलीले मादलमा, गायक माधब शर्माले हार्मोनियममा, ललित बिकले बाँसुरीमा, डोलराज न्यौपाने र माया न्यौपानेले स्वरमा र कुवेत भ्रमणको क्रममा रहेका धर्मराज गिरीका सुपुत्र एवं युवा र्‍याप गायक संजय गिरीले र्‍याप गीत प्रतुत गरेर कार्यक्रमलाई निकै आकर्षक तथा मनोरञ्जनात्मक बनाएका थिए ।

969728_10200656213305499_968923719_nयसैगरी, वार्षिकोत्सव कार्यक्रमको सौजन्यमा: स्टेज ब्यानर – किराँत याक्थुङ चुम्लुङ कुवेत,  जलपान – मित्रता जोडी डिबी र बिबी, साउण्ड सिस्टम – धर्मराज गिरी, अतिथि ब्याज – दिपक खिम्दिंग लीम्बु, सेल रोटि, तरकारी – किरण आले, केक – समिरत्न शाक्य, व्यानर तथा कदर पत्र डिजाइन – पुष्प वाईबा तामाङ र लामा भाई ईस्टमान वाईबा रहनु भएको छ ।  वार्षिक उत्सव मनाउने क्रममा परिवारले “लालीगुराँस उत्कृष्ट उपाधी-२०१२”ले निम्न कलाकारहरुलाई सम्मान समेत गरेको छ । जसमा: आधुनिक गायनमा रामु राई, पप गायनमा प्रशान्त गुरुङ, नृत्यमा (केटा) किरण मल्ल, (केटि) मन्दी प्रधान र वाध्यबाधनमा  ललित बिक गरी ५ रहेका छन ।

1044439_10200656115983066_1432107395_nमध्यान्न २.३० बजेबाट शुरु भएको कार्यक्रम साँझको ७ बजेसम्म चलेको थियो भने कार्यक्रममा कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, कलाकारहरु र अन्य कुवेतवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।1010288_10200656182544730_1962926752_n21364_10200656144183771_899374543_n1017289_10200656165464303_4912938_nIMG_00511044173_10200656220545680_181978060_n601706_10200656073462003_1384263047_n1001869_10200656228665883_1392402326_n1002837_10200656221105694_8177819_nIMG_0076IMG_0084IMG_0016IMG_0062

One response to “लालीगुराँस साँस्कृतिक परिवारको तेश्रो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)

  1. Thank you sir for information

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.