उच्चस्तरीय समिति पुनर्गठन गर्ने चार दलको निश्कर्ष


untitledकाठमाडौ, असार २२ – मुलुकका प्रमुख चार राजनीतिक शक्तिले नेकपा-माओवादी आगामी मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनमा भाग लिन तयार भएको खण्डमा सर्वदलीय सम्मेलन, उच्चस्तरीय राजनीतिक समिति को पुनर्गठन र वर्तमान सरकार गठनका सन्दर्भमा  चैत ३० गते  भएको सहमति परिमार्जन गर्न सकिने जनाउ दिएको छ ।

उच्चस्तरीय राजनीतिक समिति को आज नयाँ बानेश्वरस्थित समितिको सचिवालयमा बसेको बैठकमा नेकपा-माओवादीलगायतका राजनीतिक दलहरु तोकिएको मितिमा हुने संविधानसभाको निर्वाचनमा भाग लिन तयार भएको अवस्थामा सर्वदलीय सम्मेलनको आयोजना गरी अघि बढ्न सकिने निष्कर्षमा नेताहरु पुगेका हुन् ।

यसरी अघि बढ्ने क्रममा उच्चस्तरीय राजनीतिक समिति मा अन्य पक्षलाई थप्ने, समावेश गर्ने भन्दा पनि सम्मेलनबाट हुने निर्णयअनुसार  समितिलाई नै पुनर्गठनसमेत गर्न सकिने एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा-माओवादीले निर्वाचनमा भाग लिने सुनिश्चित गरेर वार्तामा आएमा चुनावी सरकार गठनका सन्दर्भमा प्रमुख चार शक्तिबीच भएको एघारबाुदे सहमति र राष्ट्रपतिद्वारा संविधानका केही धाराको  बाधाअड्काउ फुकाउका लागि जारी भएको आदेशको मूलपक्षलाई अघि बढाएर कतिपय  कुरामा आवश्यक परिमार्जनसमेत गर्न सकिने उनले बताए ।

नेकपा-माओवादीले उच्चस्तरीय राजनीतिक दलसाग औपचारिक रुपमा वार्ता र छलफल नगरे पनि अन्य कुनै विधि र प्रक्रिया अपनाएर वार्ता गर्न सकिने बताउदै उपाध्यक्ष श्रेष्ठले  मुलुकको अहिलेको विशिष्ट परिस्थितिमा तोकिएको मितिमा निर्वाचन गर्ने सर्तमा अन्य विषयमा खुला, उदार र लचकतापूर्वक  वार्ता गरेर निर्वाचनमैत्री वातावरणको सन्देश प्रवाह गर्ने बैठकमा सहमति भएको जानकारी दिए ।

अहिलेको सरकारले नै संविधानसभाको दोस्रो निर्वाचन निर्धारित मितिमा सम्पन्न गराउने भएकाले त्यसका लागि दलहरु दृढताका साथ लाग्ने बैठकले निर्णय गरेको छ ।

लामो समयदेखि नेपाली जनताको चाहनाअनुरुप संविधानसभाबाटै नयाा संविधान जारी गर्नु बाहेक अर्काे विकल्प नरहेकाले असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागी गराउन अन्य दलहरुसाग लचकतापूर्ण वार्ता अघि बढाउने निर्णय भएको नेपाली कााग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

निर्वाचनका सम्बन्धमा जतासुकै छाएको अन्योलतालाई हटाउन र  प्रष्ट पार्न राजनीतिक दल र आम जनतालाई निर्वाचनका लागि तयारी रहन आग्रह गर्ने तथा सरकार र निर्वाचन आयोगलाई पनि निर्वाचनका लागि सम्पूर्ण तयारी गरेर अघि बढ्न सुझाउ दिने बैठकले निर्णय गरेको उनले बताए ।

राजनीतिक र संवैधानिक गतिरोधको अहिलेको निकास नै   निर्वाचन हो भन्दै उपसभापति पौडेलले निर्वाचनको विकल्प नरहेकाले यही सरकारको मातहतमा निर्वाचन सम्पन्न हुनेमा कसैलाई द्विविधा नलिन अनुरोध गरे ।

नेकपा (एमाले)का नेता रघुजी पन्तले जनताबाट निर्वाचित संविधानसभाबाटै संविधान जारी गर्न आगामी मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचन सम्पन्न गर्ने दिशामा दृढताका साथ अघि बढ्ने निर्णय भएको जानकारी दिए ।

निर्वाचनमा भाग लिने सिलसिलामा फरकमत राख्दै आएका दलहरुसाग लचिलो भएर वार्ता गर्ने तथा निर्वाचनमैत्री वातावरण बनाउन सरकार र निर्वाचन आयोगलाई आफ्ना काम कारबाहीलाई तीव्रता प्रदान गर्न सुझाउ दिने सहमति भएको उनले बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारको अध्यक्षतामा सो बैठक बसेको हो ।

बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल तथा नेताद्वय पन्त र अग्नि खरेल सहभागी थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.