Daily Archives: 04/07/2013

इजिप्टका राष्ट्रपति मुर्सी अपदस्त


कायरो – इजिप्टका राष्ट्रपति मोहोम्मद मुर्सीलाई त्यहाँको आर्मीले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको छ। साथै उनलाई नजरबन्द समेत गरिएको छ। हप्तौदेखि उनी समर्थित कार्यकर्ता र विपक्षीबीचको झडप र विपक्षीको व्यापक जनप्रदर्शनपछि आर्मीले यो कदम चालेको हो। उक्त झडपमा ५० भन्द बढीको ज्यान गएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

एक चौथाइ टाउकाको मूल्य साढे ५ अरब


112एउटा मान्छेको टाउकाको मूल्य कति होला ? त्यो मुल्य तोक्नेले जान्लान्, किनकी मान्छेको टाउको अमूल्य हुन्छ । पूरै टाउकाको मूल्य आखिर कुन आधारमा तोक्ने ? हुनत हाम्रै देशमा पनि विगतमा नेताहरुका टाउकाको मूल्य नतोकिएको होइन । तर अमेरिकामा भने एकजना मान्छेको एक चौथाइ टाउकाको मूल्य तोकिएको छ । त्यो पनि अदालतले । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वको दुर्लभ रुख सिंहदरबारमा


२० असार, काठमाण्डौं – मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र संसारकै दुर्लभ मानिने दुईवटा रुख अझै बाँचिरहेका छन् । विश्वबाटै लोप हुने खतरामा रहेको ‘भोटेचाँप’ का दुईवटा रुख सिंहदरबारमा देख्न पाइन्छ । सिंहदरबारमै रहेको एउटा रुख भने नेपाली सेनाले महत्व नबुझेर करिब १० बर्षअघि काटेको थियो । प्रधानमन्त्री कार्यालय भएको मुख्य भवन आगाडी र पुरानो संसदीय भवन परिसरमा भोटेचाँपका दुइवटा रुख छन् । पढ्नेक्रम जारी राख्नुहोस्

निगमले जहाज उडाउने पाइलट नै पाएन


the-tribhuvan-airport-of-nepal२० असार, काठमाण्डौं । टि्वनअटर चलाउन १५ जना मुख्य चालक -क्याप्टेन) माग्दै नेपाल वायुसेवा निगमले करिब दुई महिनाअघि विज्ञापन निकाल्यो । एकमहिने म्याद सकियो तर एउटै आवेदन परेन । अर्को सूचना सार्वजनिक गर्‍यो । त्यसलाई पनि कसैले वास्ता गरेन । अनि यसले तेस्रो पटक आवेदन माग्यो । पढ्नेक्रम जारी राख्नुहोस्