कम्बोडियाको जेलमा चीत्कार


image.phpएक निर्दोष नेपाली ३७ महिनादेखि कोठरीमा
यशोदा तिम्सिना
आवाज हुँदो हो
आवाज गुञ्जँदो हो
आवाज बज्रँदो हो
खै, केही भएन
नभएरै होला ।
झट्ट हेर्दा यी शब्दमा राणाकालीन कालकोठरीमा रहेका बन्दी नेपालीको पीडा ध्वनित हुन्छ। तर, यी हालसालै लेखिएका हुन्। काठमाडौँबाट करबि चार हजार किलोमिटर टाढा रहेको कम्बोडियाको राजधानी न्होमपेन्हस्थित प्रे सार जेलमा रहेका एक नेपालीका भावना हुन् यी। आफूमाथि अन्याय पर्दा प्रहरी र अदालतको शरण परिन्छ। तर, न्याय दिने र दिलाउने राज्यका दुवै निकायले उनीमाथि यस्तो पक्षपात गरे कि सुनाउन खोजेका कुरा सुन्दैनन्, बुझाउन खोजेका कुरा बुझ्दैनन्। देखाउन खोजेका प्रमाण गुटमुट्याएर प्रहरीले आफैँसँग राखेको छ। र, उनीमाथि लगाइएको छ, आतंककारीको हचुवा अभियोग। त्यही अभियोगमा दुई तहका अदालतले उनलाई दोषी करार गरसिकेको छ। उनी यातनापूर्ण दैनिकी गुजाररिहेका छन्, अँध्यारो कोठरीमा। ती ‘अभागी’ नेपाली हुन्, धनपति पौड्याल, ४७।

कार्कीनेटा-५, पर्वतका पौड्याल आठ वर्षअघि व्यवसायको सिलसिलामा थाइल्यान्ड हुँदै कम्बोडिया पुगे। सन् २०१० को मेमा न्होमपेन्हस्थित अमेरिकी, बेलायती र अस्ट्रेलियाली राजदूतावासमा आतंककारीले बम विस्फोट गराउँदै छन् भन्ने आशयको उजुरी गृह मन्त्रालयमा पुग्यो। उजुरीमा ६ जनाको नाम पोलिएको थियो, जसमा पौड्यालको नामसँग मिल्दोजुल्दो हिज्जे भएको नाम पनि थियो। त्यही आधारमा प्रहरीले उनलाई पक्रियो। प्रहरीकै दाबीलाई दुई तहका अदालतले जस्ताको तस्तै अनुमोदन गरे। थप तथ्य र प्रमाणको खोजी नै नगरी आठ वर्ष कैद सजाय तोकिदिए। उनी करबि ३७ महिनादेखि जेलमा छन्। सर्वोच्च अदालतले अन्यथा नभनेसम्म उनी जेलमै हुनेछन्, थप ४ वर्ष ११ महिनासम्म।

आतंककारी भनिएको समूहका सदस्यहरूको सूचीमा रहेका ६ मध्ये धनपति पौड्यालको छोटकरी नाम डीआईपी -डिप)सँग मिल्दोजुल्दो हिज्जे डीईईपी (डीप) पनि चिट्ठीमा परेको छ। उजुरी गर्ने व्यक्ति बंगलादेशी नागरकि कमाल नामका रहेछन्। उनी पनि समातिए। यसमा अर्का दुई नेपाली हरि र शिव पनि मुछिएका थिए। उनीहरू भने केही दिनको हिरासत बसाइपछि छुटे। तर, तिनका ’boutमा विस्तृतचाहिँ आफूलाई पनि थाहा नभएको पौड्याल बताउँछन्। अलकायदा नामक आतंककारी समूहसँग सम्बन्ध भएको आशंकाका आधारमा दायर गरिएको प्रहरी प्रतिवेदनका आधारमा त्यहाँको म्युनिसिपल कोर्ट -जिल्ला अदालतजस्तै)ले फैसला सुनायो। १८ असोज ०६९ मा म्युनिसिपल कोर्टको फैसला पुनरावेदन तहको अदालतले पनि सदर गरिदियो। अहिले पौड्यालको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ।

कम्बोडियामा रहेका नेपालीहरूका अनुसार उनको नामभन्दा चिट्ठीमा लेखिएको नामको हिज्जे र त्यसले दिने अर्थ फरक छ। उनले धनपतिको छोटकरी अंग्रेजी अक्षर डीआईपी (डिप) लेख्छन् भने चिट्ठीमा समाविष्ट नाममा डीईईपी (डीप) छ। उजुरीसाथ पेस गरिएका आतंकवादी भनिएकाहरूको संगठनका नाममा भएका कागजहरूमा कतै पनि उनको हस्ताक्षर छैन। बंगलादेशीले दिएको सूचनाबाहेक प्रहरी र अदालतले न उनीमाथिको अभियोग स्थापित हुने कुनै थप तथ्य देखाएका छन्, न त चित्तबुझ्दो तर्क नै। बरू पौड्यालले आफ्नो निर्दोषिता साबित हुने गरी दिएका बयानलाई महत्त्व दिइएको छैन। भन्छन्, “मेरो अनलाइन व्यापार र त्यसको प्रयोजनमा प्रयोग हुने सबै प्रविधिहरू प्रहरीले कब्जामा लिएको छ।” आफ्नो पक्षबाट पुर्पक्ष गर्ने दक्ष कानुन व्यवसायीको सुविधा पनि नपाएको उनको गुनासो छ।

स्थानीय सरकारी निकायहरूका अभिलेख र नेपाली समुदायका अनुसार उनको विगत आतंकवादीजस्तो कतै देखिँदैन। यसअघि कुनै आपराधिक गतिविधिमा संलग्न भएको उदाहरण पनि छैन। त्यसैले उनीमाथि लागेको आतंकवादीको बिल्ला जबरजस्ती लगाइएको निष्कर्ष नेपाली समुदायको छ। गैरआवासीय नेपाली संघ (एनआरएन), कम्बोडियाकी अध्यक्ष उर्मिला गुरुङ परेरा भन्छिन्, “सबैसँग घुलमिल हुने, सक्दो सहयोग गर्ने तर अरूलाई असर नपुर्‍याउने स्वभावका व्यक्तिले आतंकवादी गतिविधि गर्ला भन्ने सोच्नै सकिन्न।” कम्बोडियामा बस्ने नेपाली रमेश क्षेत्री भने मानव अधिकार, विधिको शासन र स्वतन्त्र प्रेस नभएका कारण आलोचित मुलुक भएकाले पश्चिमाहरूलाई देखाउन बेलाबेलामा यस्तै निर्दोष व्यक्तिलाई पक्रेर थुन्ने गरिएको सुनाउँछन्। “पौड्याललाई पनि पश्चिमाहरूलाई देखाउन जेल हालेका हुन्,” उनको दाबी छ।

पौड्यालको कमजोरीचाहिँ के देखिन्छ भने प्रवेशाज्ञाको म्याद सकिएर पनि यहीँ बस्नु। तर, त्यो नियतवश नभई तत्कालीन अवस्थामा नेपालमा भइरहेको एमआरपी (मेसिन रिडेबल पासपोर्ट)को तयारी र प्रशासनिक जटिलताका कारण भएको उनी बताउँछन्। उनका अनुसार नेपालमा एमआरपी बनाउन भएको ढिलाइका कारण कम्बोडियासमेत हेर्ने म्यानमारस्थित नेपाली राजदूतावासले समयमा पासपोर्ट उपलब्ध गराउन सकेन। र, प्रवेशाज्ञाको म्याद गुजि्रयो। यसैबीच उनी पक्राउ परे। “यस कुराको प्रमाण म्यानमार -अहिले थाइल्यान्ड)स्थित दूतावाससँग सुरक्षित छ,” उनी भन्छन्।

प्रवेशाज्ञाको म्याद सकिएपछि पनि बस्नेलाई कम्बोडियाको कानुनले आठ महिना थुनामा राख्छ र सम्बन्धित देशमा फिर्ता पठाउँछ। उनका हकमा यो कानुन लागू भएन। बरू बिनाप्रवेशाज्ञा बस्नुको कारण आतंककारी गतिविधिमा संलग्नता हुन सक्ने काल्पनिक अभियोगमा अदालतले दोषी ठहर्‍याइदियो। पौड्याल पक्राउ परेपछि एनआरएन कम्बोडियाले छुटाउन पहल गर्‍यो। तर, फैसला विपक्षमा आयो।

०४२ सालको एसएलसीमा स्थानीय अन्नपूर्ण माध्यमिक विद्यालयबाट उत्तीर्ण भएका एक मात्र विद्यार्थी थिए उनी। त्यसपछि पढ्न काठमाडौँ आए। त्रिचन्द्र क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरे। कहिल्यै फेल नभएका र एसएलसीपछि काठमाडौँ आएर आफँै खर्च जुटाएर पढेका उनी केही नयाँ काम गर्न चाहन्थे। तर, एकपटक थालेका काममा कहिल्यै स्थिर भएर अडेनन्। नयाँ नयाँ प्रयोग गर्न खोज्नु उनको स्वभाव थियो। “त्यसैले यिनले हात नहालेको र पूर्ण सफल भएको क्षेत्र कुनै छैन,” उनका एक समवयी भन्छन्।

कुनै बेला उनी नेपाली कांग्रेसका सशक्त कार्यकर्ता थिए। त्यही बेला काभ्रे र काठमाडौँमा निजी विद्यालय खोले। ती दुवै विद्यालय साथीहरूलाई चलाउन दिए। यसपछि लिबरल डमोक्रेटिक पार्टी नामक दल दर्ता गराए, ०५० सालमा। अन्तर्राष्ट्रिय रूपमा राम्रो छवि भएको पार्टीको नाम राखेपछि विदेश जान पाइन्छ भन्ने यिनको सुर थियो। “०३५ सालमा केही युवाले खोलेको कम्युनिस्ट पार्टी अहिले कांग्रेसपछि ठूलो दल भयो,” उनको बुझाइ थियो, “हाम्रो पनि त्यस्तै हुन्छ।” साथीभाइलाई पनि यसै भनेर सुर्‍याउँथे। त्यो अभियान पनि उनले बीचैमा छाडे र कान्तिपुर टाइम्स नामक साप्ताहिक अखबार चलाउन थाले। अंग्रेजी र नेपाली दुवै भाषामा पकड भएका उनले त्यसलाई पनि धेरै समय निरन्तरता दिएनन्।

करबि आठ वर्षअघि यिनी अनलाइन व्यापार गर्न भन्दै कम्बोडिया हान्निएका थिए। उनले ग्यालेक्सी इन्टरनेट, स्टि्रट ६३ नामक अनलाइनमार्फत घर, कार, मोटरबाइक, फ्ल्याट, व्यापारकि घर र जग्गाको कारोबार गर्थे। कम्बोडियामा उनले रेस्टुराँ पनि खोले। त्यो पनि नेपालीलाई नै बेचे र भोएआ जब्स बुलेटिन नामक पत्रिका प्रकाशित गरे। कम्बोडिया र बाहिरी मुलुकमा समेत जागिरका लागि आवश्यकता छाप्नेदेखि अरू जानकारी उक्त अखबारमा हुन्थे। तर, उनले अदालतमा यसका कपी उपलब्ध गराउन सकेनन्। भन्छन्, “सबै कागजपत्र सरकारले जफत गरिदियो र अहिलेसम्म फिर्ता गरेको छैन।”

एनआरएन अध्यक्ष परेराले व्यक्तिगत रूपमा पनि पौड्याललाई छुटाउन धेरै समय र स्रोत खर्चिइन्। चारपटक त बैंककस्थित कार्यवाहक राजदूत डोरनाथ अर्याललाई कम्बोडिया सरकारका अधिकारीसँग कूटनीतिक पहल थाल्न अनुरोध गरनि्। भन्छिन्, “बुद्ध जन्मिएको देशका नागरकि, जो निर्दोष छ, उसलाई छुटाउन गम्भीरतापूर्वक राज्य लागेको भए पौड्यालको मुक्ति सम्भव थियो। कम्बोडियाका नागरकि बुद्धको देश भनेपछि अत्यन्त सम्मान गर्छन्। धेरै कम्बोडियाली एकपटक बुद्ध जन्मेको भूमि टेक्न चाहन्छन्। नेपालीप्रति पनि यहाँका नागरकिमा उत्तिकै सम्मानभाव छ।”

जापानमा १५ वर्ष थुनिएका गोविन्द मैनाली छुटेपछि पौड्यालमा पनि आशा पलाएको छ। अहिले उनको स्वास्थ्यस्थिति नाजुक बन्दै छ। आर्सेनिक मिसिएको पानीका कारण अधिकांश दाँत झरसिकेका छन्। ६ फुट अग्लो ज्यानमा ५२ किलो मात्रै तौल छ। मानसिक स्थिति पनि खलबलिएको छ। जेल प्रशासनले खाना पर्याप्त दिँदैन। त्यहाँका नेपालीले चन्दा उठाएको केही रकमले अत्यावश्यक वस्तु किन्छन्। त्यो पनि आधा प्रहरीलाई घूस दिनुपर्छ। कतिसम्म भने एउटा पौने दुई मिटर पनि चौडाइ नभएको कोठामा ४५ जना बन्दी राखिएका छन्। भन्छन्, “सुत्न मिल्दैन, उभिने मात्रै हो। पढ्नलाई खमेर भाषाका सामग्री मात्रै उपलब्ध छन्, न अंगे्रजी न नेपाली।”

पौड्याललाई आफ्नो सास जेलबाट बाहिर आउँदैन कि भन्ने पनि लाग्न थालेको छ। सुस्त मनस्थिति भएकी छोरीको उपचारका लागि भए पनि एकपटक नेपाल पुग्न पाए हुन्थ्यो भनेर उनलाई छटपटी हुन्छ। भन्छन्, “मैले गलत गरेको छैन। मेरो उर्वर समय जेलमा बितेको छ। क्षतिपूर्ति भराएर मलाई जेलमुक्त गर्ने पहल मेरो राज्यले गर्छ भन्ने आश छ।” पौड्याललाई नजिकबाट चिनेका नेपाली विभु पाण्डे भन्छन्, “अब एक-दुई वर्षभित्रमा उनलाई निकाल्न सकिएन भने जिउँदै र्फकने सम्भावना छैन।”

उनीसँगै पक्राउ परेका आफ्ना नागरकिलाई भेट्न बंगाली राजदूत थाइल्यान्डबाट तीनपटक कम्बोडिया पुगे। चिट्ठी लेख्नेबाहेक सबैलाई छुटाउन उनी सफल भए। चिट्ठी लेख्ने व्यक्तिलाई पनि छुटाउने पहल भइरहेको छ। तर, पौड्याल भने बेवारिसे जस्तै छन्, उनको कुनै राज्य नै नभएजस्तो। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा कम्बोडिया पुगेका थिए। नेपालीहरूले पौड्यालको समस्या सुनाएपछि स्वदेश फर्केर पहल गर्ने आश्वासन दिए। तर, उनले के पहल गरे, कसैलाई थाहा छैन। न्होमपेन्हमा रेस्टुराँ व्यवसाय गररिहेका लालसिंह खड्का भन्छन्, “माधव नेपालले गरििदएको एउटा काम हो, म्यानमारस्थित दूतावासले कम्बोडियालाई हेररिहेकामा अबदेखि थाई दूतावासले हेर्ने भन्ने निर्णय।” नेपालको परराष्ट्र मन्त्रालय पनि यस’bout बेखबर छ। प्रवक्ता अर्जुनबहादुर थापाचाहिँ यस’bout आफूलाई जानकारी नभएको बताउँछन्।

भक्तपुरमा बस्ने पौड्यालकी श्रीमती ढोकाढोका चहारेर सामान बेच्छिन्। तीन सन्तानकी आमा उनलाई श्रीमान् छुटाउने अभियानमा लाग्न समय छैन। तर, श्रीमान् सकुशल आउलान् र छोराछोरी पाल्ने दायित्व बहन गर्लान् भनेर बाटो हेररिहेकी छन्। भन्छिन्, “मर्न पनि सक्दिनँ। यस्तो नारकीय जीवन त कसैले पनि नपाओस्।” उता श्रीमान्को यस्तो चीत्कार सुन्ने कसले ?

यहाँ

वर्षौंको प्रतीक्षा

दिन आए, गए

रात भयो, गयो

रह्यो उही

केवल उही

शून्य

केवल शून्य।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.